eNepal

मातृभुमि महिला समाज द्वारा श्रष्टा सम्मान तथा पुस्तक लोकार्पणकार्यक्रम सम्पन्न

मातृभुमि महिला समाज रानीबारी काठमान्डौ द्वारा बिहिबार रास्ट्रीय सभा गृह काठमाण्डौमा एक भब्य कार्यक्रम का बीच समाज का प्रतिष्ठित व्यक्ति हरुलाई सम्मान तथा पुस्तक बिमोचन कार्यक्रम गरि सम्पन्न गरियको छ! सो कार्यक्रम सस्था कि अध्यक्ष्य सरस्वती खनाल पौडेल को सभापतित्वो मा संचालन भयको थियो

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सीना प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्वमन्त्रीहरू, संसदहरू, वैज्ञानिक रविन्द्र ढकाल, शताब्दीपुरूष सत्यमोहन जोशी बरिष्ट समाजसेवी सामाजिक अभियन्ता आशा ओझा दाहाल लगायत विभिन्न समाजसेवी तथा काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

विभिन्न औपचारिक कार्यक्रमका साथमा संस्थामा आश्रित बालबालिकाहरुले नृत्य प्रस्तुत आ आफ्नो प्रतिभा देखायका थिए । संस्थाका सल्लाहाकार हृदयपाणी अधिकारीको शुभकामना, बधाई र धन्यवाद कवितात्मक प्रस्तुति पनि कार्यक्रमको आकर्षण बनेको थियो। कार्यक्रमका प्रमुख अतिथिले इतिहास तथा संस्कृतिविद सत्यमोहन जोशी, पूर्वमन्त्री दुर्गा श्रेष्ठ, पूर्वसहायक मन्त्री भद्रकुमारी घले, वैज्ञानिक रविन्द्र ढकाल बरिस्ट संचार् कर्मी भागिरथ पोखरेल तथा बिभिन्न श्रष्टाहरुलाई प्रमाणपत्र दिई सम्मान प्रदान गरेका थिए । त्यस्तै काठमाडौं महानगरपालिकाका सबै वडाअध्यक्षलाई प्रमुख अतिथिबाट पुस्तक फूल माला प्रदान तथा सत्यमोहन जोशीबाट टीका लगाई सम्मान प्रदान गरिएको थियो ।

यसै गरि मातृभुमि महिला समाजले हाम्रो समाज मा रहेको बुहारी प्रतिको नकारात्मक हेराई ब्याप्त कुरीति हरु चिर्दै बुहारीलाई पनि छोरी सरह माया ममता सदभाब तथा सहयोग दिन सके उनि हरु पनि छोरी सरह सामाजिक काम गर्न सक्छन भन्दै घरकी बुहारीलाई प्रेरणा र हौसला दिने तथा समाजका अन्य बुहारी लाई समेत पनि हौसला दिदै सहयोग गर्नु भयको कारण उहाको योगदान लाई कदर गर्दै मातृ भुमि महिला समाज ले नौलो आयाम का साथ ससुरालाई पनि सम्मान गर्नु पर्छ भन्ने फरक उदाहरण पेश गरेको छ प्रतिनिधि उत्क्रट ससुरा को उदाहरण को लागि मातृ भुमि महिला सामाज द्वारा भक्तपुर कटुन्जे निबासी पृथिबी नाराण कार्की लाई समान्न गरेको छ यस्तो प्रकारको समान ले समाजलाई सकारात्मक संदेश दिने र आगामी दिन मा समाज मा रहेका अन्य ससुराले पनि पनि यसरि नै सहयोग गर्ने छन भन्ने आयोजको भनाई छ। 

काठमाडौंमा मात्र नभएर देशका विभिन्न ५ वटा जिल्लामा शाखा विस्तार गरेको मातृभूमि समाजले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तथा संघिय व्यवस्था नामक पुस्तक प्रकाशित गरेको छ । संस्थाकै सचिव रमादेवी बानियाले संकलन तथा सम्पादन गरेको उक्त पुस्तकमा काठमाडौं महानगरपालिकाको विवरण तथा मेयर, उपमेयर तथा वडाअध्यक्षको परिचय,योगदान तथा कार्ययोजना लगायतका विषयहरू समावेश गरिएको छ ।कार्यक्रमका सभापति सरस्वती खनालले यस संस्थाले गरेका कार्य तथा उद्देश्यहरूको बारेमाट बोल्दै संस्थालाई अगाडी बढाउन सबैबाट सहयोगको समेत अपेक्षा राखेकी थिइन् । ६० जना आमाबाबु गुमाएका तथा पहिचान नखुलेका बालबालिकाको संरक्षण गर्दै आइरहेको यस संस्थाको औपचारिक स्थापना २०६५ सालमा भएको थियो ।

संस्थाले अनाथ बालबालिकालाई सहयोग गरी देशको कर्णधार बनाउने प्रतिबद्धता लिएको छ । साथै महिलालाई समेटी बालबालिकाको संरक्षण गर्नका लागि आय आर्जनको बिभिन्न कार्यक्रम गर्नु यस संस्थाको उद्देश्य रहेको छ । मोरङ् जिल्लाको ४ वटा नगरपालिकामा काम गरेको यस संस्थाले धनकुटामा १ घर १ बाख्रा, अर्गानिक मल लगायत अन्य विकासको क्षेत्रमा काम गरेको छ । त्यस्तै सुर्खेतमा ढाकाटोपी, हस्तकला तथा मोबाइल मर्मतको तालिम लगायतका विभिन्न सिपमुलक कार्यक्रम पनि गर्दै आएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349