eNepal

आज नाग पण्चमी

सनातन वैदिक परम्परामा नागलाई देवताको रूपमा सम्मान गरिन्छ। यस मान्यताको मूल खोज्दै जाँदा वेद, पुराण, स्मृति, इतिहास, धर्मशास्त्र, सङ्गीत, कला, साहित्य लगायत हरेक ठाउँमा विभिन्न रूपमा नागदेवताको उपस्थिति पाइन्छ। ती सबैको उल्लेख यहाँ सम्भव छैन।

ती सबै छुट्टाछुट्टै अध्ययनका विषय हुन सक्छन्। यहाँ संक्षिप्त रूपमा नागसम्बन्धी वैदिक मान्यताको दिग्दर्शन र त्यसको दार्शनिक पक्षको सङ्केत मात्र गरिएको छ।

नागशब्दका अर्थ धेरै छन्, पाणिनीय व्याकरणमा नागशब्द तीन तरिकाबाट सिद्ध गरिन्छ।

क) नगे भव नागः। न हिँड्ने स्थावरलाई नग भनिन्छ। नग भनेको पर्वत हो। त्यहाँ हुने, अर्थात् पर्वतमा बस्नेलाई नाग भनिन्छ। तर यो व्युत्पत्ति गर्दा पुंलिङ्गी नागशब्दले सर्प र नपुंसकलिङ्गी नागशब्दले राङ्, सीसा जस्ता धातुलाई पनि बताउँदो रहेछ। 

ख) न गच्छति यति अगः। न अगः नागः। यो व्युत्पत्ति गर्दा नागशब्दले गतिशील भन्ने अर्थ दिन्छ। 

ग) दहति अस्मात् विषाग्निना इति नागः। अर्थात् जसले  विषरूप अग्निद्वारा दहन गराउँछ वा जलाउँछ, त्यसलाई नाग भनिन्छ। यस व्युत्पत्तिअनुसार दहधातुबाट उणादिमा रहेको दहेर्गो लोपो दश्च न भन्ने सूत्रले दहधातुदेखि ग प्रत्यय, अन्त्यको लोप र दको न गराउँदा नागशब्द बन्छ। त्यसको सामान्य अर्थ सर्प भन्ने हुन्छ। विशेष अर्थ गर्दा प्राण आदि विभिन्न अर्थ पनि निस्किन्छ। 

घ) नागशब्दका वाच्यार्थमा सर्प, हात्ती, मेघ, नागकेसर, पुन्नाग (चिलौनी), नागदन्तिका, मुस्तक, प्राणवायु, क्रूरआकार, देशविशेष, ताम्बूल,  नक्षत्र, बङ्ग, सीसक, करण आदि प्रसिद्ध छन्। 

ङ) नाग शब्दको अर्थ सर्प मान्दा सर्पका पर्याय नागका पनि पर्याय हुन जान्छन्। अमरकोषमा सर्प शब्दका पर्यायहरू यसरी बताइएका छन्। सर्प, पृदाकु, भुजग, भुजङ्ग, अहि, भुजङ्ग, आशीविष, विषधर, चक्री, व्याल, सरीसृप, कुण्डली, गूढपात्, चक्षुश्श्रवा, काकोदर, फणी, दर्वीकर, दीर्घपृष्ठ, दन्दशूक, विलेशय, उरग, पन्नग, भोगी, जिह्मग, पवनाशन, लेलिहान, द्विरसन, गोकर्ण, कञ्चुकी, कुम्भीनस, फणधर, हरि, भोगधर आदि। यस्तै शेष, अनन्त, वासुकी, सर्पराज, तक्षक आदि शब्दको विशेष प्रयोग पाइन्छ। गोनस, अलगर्द, जलव्याल पानी सर्पहुन् भने राजिल र डुण्डुभ दुइमुखे सर्प हुन्। संस्कृतसाहित्यमा सर्पका नाम र भेदहरू सैकडौँ पाइन्छन्। जसको छुट्टै अध्ययन हुन सक्छ।

श्रावणशुक्ल पञ्चमीका दिन घरको ढोकामा नागको चित्र टाँस्ने र नागपूजा गर्ने परम्पराले पनि प्रकृतिसँगको हाम्रो प्रकृतिसँग सुमधुर सम्बन्ध भएको र त्यसलाई कायम राख्नुपर्ने कुरालाई सङ्केत गर्छ।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349