eNepal

विदेशमा घुम्न र पढ्न सहज नहुने, राष्ट्र बैंकले लियो यस्तो नीति

अध्ययन,सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।’ यो बुँदा नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ । १४३ नम्बरमा रहेको यस बुँदाले अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीलाई कडाइ गरिने संकेत दिएको छ । 

बर्षेनी भ्रमण तथा अध्ययनका लागि मोटो रकम बाहिरिने गरेको छ । जसले गर्दा विदेशी मुद्राको सञ्चितीमा समेत चाप परेको छ । कुन प्रयोजनका लागि पढ्न तथा घुम्न विदेश जान लागिएको हो सोको उपयुक्तता बुझेर सोही अनुसार नियमन गर्ने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले विदेश जान कडाइ गर्दै यसअघि नै केही नीति लिइसकेको थियो । उसले विदेश भ्रमणमा जाँदा लिने सटही सुविधा १५ सय डलरमा झारिसकेको छ । एक व्यक्ति २५ सय डलरसम्म सटही गर्न सक्ने सुविधालाई राष्ट्र बैंकले यसअघि नै घटाएको हो । 

गत बर्ष विदेश भ्रमण र अध्ययनका लागि मात्र ८० अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याँकमा छ ।  मौद्रिक नीतिको यो बुँदा कार्यान्वयनका लागि राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।  

साभार

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349