अस्ट्रेलीया छिरेको एक युवाको सङ्घर्षको कथा

Get real time updates directly on you device, subscribe now.

करिब १० बर्ष अगाडी एउटा युवा बिदेश पलायन भयो। देशको बिकराल स्थिती, राजनिती खिचातानी, घुसपैठले ग्रस्त समाज, महङ्गी,हडताल,नाकाबन्दी,लुट, हत्याको जङ्घुलबाट उसलाई कसरि हुन्छ निस्कनु थियो। पढाईमा नि अव्वल केटो लौन त केही गरौ यही देशमा भन्दै के चाँहि गरेन, काम पाउनको लागि कतिको गुलामी गरेन र! कति नेताको घर घच्घचाएन होला र! अन्तत: जिन्दगीबाट हार खाए पछि एउटै मात्र उपाय जो आम नेपालीले अपनाय, उसले पनि त्यही बाटो अपनायो “बिदेश पलायन”।

आमालाई लौ आमा यो देशमा पढेर हुने केही रहेन रहेछ,दक्ष जनशक्तिको कुनै औचित्य रहेन छ,खाली बिटा का बिटा पैसो बुझाउनेले मात्र आफुले भने जस्तो रोजगार पाउँदा रहेछन्। टेबुल मुनीको कारोबारले व्यापक जालो फैलाई सकेको रहेछ।हामी सोझासाझा दिन रात नभनी मेहीनेत गरेर राम्रो अङ्क ल्याउनेको कुनै कदर रहेन छ।बरु जसो तसो तिमी गुजरा चलाउँदै गर अब म अलि कति ऋृणपान गरेर भएपनि जान पर्यो बिदेश।सके पढ्दै तिरौला नसेके सिरान खेत बेचेर भएिन ऋृण तिरौला।आमा आँखा भरि आशु पार्दै यहि बस न त पनि भन्न सक्दिन। जा पनि कुन मुखले भनुन्। आँखा अगाडी खेलेको हुर्केको छोरो एक्कासी बिदेश जान्छु भन्दा कुन चाँही आमाले हाँस्दै जा न त छोरो भन्छिन् होला र।यति भनेर छोरो लाग्छ काठमाण्डौ।

खेत धितो राखेको केही रकम अनि छर छिमेकसँग मागेको केही सापट मागेर पढ्ने बहानामा छोरो लाग्छ अस्ट्रेलीया। उसले खासै सुनौलो सँसार बुनेको हुँदैन। मेहीनेत गर्छु, पढ्छु, लागेको ऋृण चुक्ता गर्छु।बस यत्ति हुन्छ उसको सपना।सरकारले निर्धारण गरेको बिस घण्टे कामले कलेजको फि त परको कुरा आफु बस्ने र रासन खर्च पनि तिर्न नपुगे पछि बाध्यता बश अरु काम नगरि उसलाई धरै भएन। काम गर्ने क्रममा भाँडा माझ्ने देखि घर र अफिस सफा गर्ने।यति मात्र नभएर राती पव र बारको सरसफाईबाट बचेको केही समय पढाईमा लगाउँनु पनि उसको बाद्ययता थियो।कक्षा त उसको लागि थकान मार्ने चौतारी भएको थियो। शिक्षकले पढाई राख्दा उ आफु निन्द्रादेवीसँग लुटुपुटु हुन्थ्यो।घरिघरि झस्किन्थ्यो, अनि साथीहरुसँग नोट मागेर सार्थ्यो।यसरि उसको परदेशको बिधार्थी जिवन बहुत कठिन पुर्ण ढङ्गबाट गुज्रि रहेको थियो।जेनतेन कलेजको फि तिरेर केही बचेको पैसा घर खर्च भनेर आमालाई पठाउँदै थियो।

समय बित्दै गयो, पढाई पनि क्रमिक रुपमा सकिदै गयो। पढाई सक्दा नसक्दै घरबाट साहुले एकदम तनाब दिएको खबर आयो।जसरि पनि त्यो ऋृण चुक्ता गर्नै पर्ने भयो अन्यथा राम्रो खेती उव्जाउ हुने खेत साहुले होडप्ने भयो। त्यो समय सम्म उसले यता केही राम्रा र मनकारी साथी बनाई सकेको थियो। साथी कोही सुखमा मात्र साथ दिने हुन्छन् भने कोही दुख र सुख दुबैमा आँट र साहस दिने हुन्छन्।सिमीत मन मिल्ने साथीलाई कुरा गर्यो।साथीहरुबाट केही रकम सापटी मागेर अनि आफुले भवितव्य भोली केही गार्हो सार्हो पर्छ यो परदेशमा भनेर जम्मा गरि राखेको पैसा सबै मिलाएर नेपाल पठाई दियो। लाग्यो कि जिन्दगीको सबै भन्दा ठुलो बोज हट्यो भनेर, भन्थ्यो त्यो दिनको जस्तो मिठो निन्द्रा जिन्दगीको गोरेटोमा कहिल्यै लागेको थिएन र लाग्दैन पनि होला।

काम गर्नमा एकदमै जाँगरिलो, केही गर्छु भन्ने ईच्छा शक्ती भएको।जे काम भएनि गर्छु र गर्न सक्छु भन्ने सकारात्मक सोच भएको एकदमै मेहीनेती अनि लगनशिल।उसले समय अनुसार बिदेशलाई चिन्दै गयो। के गर्दा राम्रो र फाईदा हुने रहेछ बुझ्दै गयो।उसले यो पनि बुझ्यो कि शिप बिनाको बिदेश बसाई बेकार रहेछ।हातमा शिप छ भने भलै घर रङ्गाउने कामनै किन नहोस, धारा बनाउने कामनै किन नहोस, घरका छाना चडेर सफा गर्ने कामनै किन नहोस।यसको मुल्य रहेछ अन्यथा बेकार रहेछ भन्ने जानेर त्यही अनुसारको शिप सिक्न तिर लाग्यो। फेरी यो परदेशमा शिप सिकेर मात्र हुँदैन भनेर त्यही बिसयमा पढेको हुनु पर्नेछ भनेर अल्प समयको कोर्ष पनि अनिबार्य भएकोले त्यो पनि हासील गर्यो।

यसरी उसले खैरेहरुसँग बिस्तारै काम सिक्न थाल्यो।शारिरीक रुपमा एकदमै गार्हो भएपनि पैसा राम्रो हुने काम भएकोले उसले कहिलै पनि हरेष खाएन।निरन्तर दृडसङ्कल्प र आत्मबिस्वासका साथ जोडतोडले लागि रह्यो।घाम पानीको कुनै परबाहनै गरेन। थकान र मकानको कुनै वास्तानै गरेन।आफ्नो भविस्य अव यसमानै बनाउँछु भनेर लागि परि रह्यो।खैरेले थर्काउँदा उ डेग चलेन बरु कसरि हुन्छ सिक्नु पर्छ।मैले समाजमा केही फरक गर्नै पर्छ भनेर उ कटिबद्द भएर लागिरह्यो।

निरन्तरको मेहीनेत र कडा परिश्रमको बाबजुद अन्तत: उसले आफ्नै नाममा कम्पनी दर्ता गर्यो।उसले सिकेको शिप अनि योग्यतालाई सदुपयोग गर्दै उसले बिस्तारै आफ्नै नामको कम्पनिबाट काम सुचारु गर्न थाल्यो। ईन्टरनेटको दुनियाँलाई भर्पुर उपयोग गर्दै आफुले पहिला चिनेका ग्राहकहरुसँग राम्रो नाता बनाउँदै गयो। खैरेहरुलाई काम भनेको सत्प्रतिसत चाहिन्छ अनि एक चोटी बिस्वास गरे पछि सधैंको लागि बिस्वास गर्छन भन्ने बुझेर काममा कुनै कन्जुसायी गरेन। सबैले उसको कामलाई मन पराउन थाले। उसको वेभसाईटमा पनि राम्रो प्रतिक्रियाहरु आउन थाले।

कामको शिलशिलामा उ कहिले मेल्बोर्नको एउटा कुनामा पुग्थ्यो त कहिले अर्को कुनामा। उसले मलाई भन्थ्यो अहिले त कामको चाप यत्ति धेरै छ कि एक्लैले गर्न नभ्याएर मान्छे राखेको छु। ए! भने पछि नेपाली भाईहरुलाई पनि रोजगार दिने भईसक्यौ।उसले भन्यो खै नेपालीहरु डराउँछन् हौ। ए ! अनि कसलाई राखेको छौ नि त?अहिलेलाई दुई जना खैरेलाई काम दिई रहेको छु। राम्रै भई रहेको छ व्यबसाय पनि।त्यहि हो काम अलिक गार्हो छ।तर औजारहरुको प्रयोग अनि आफ्नो सुरक्षाका साधनहरुलाई प्रयोग गरेर काम सहज र सरल रुपमा अघि लगिरहेको छु। काम पनि प्रायले मन पराई रहेका छन्। राम्रो प्रतिक्रिया दिदाँ खुसी लाग्छ। अो हो! ल त्यसो भए तपाईलाई बधाई छ है।खैरेहरुलाई रोजगार दिनुभएको रहेछ।सार्है खुसी लाग्यो।आखिरी यत्तिका बर्षको अथक मेहेनत, लगनशिलता अनि परिश्रमले मुल्य पाएछ।

काम भनेको सानो र ठुलो कहिल्यै नहुने रहेछ यो परदेशमा। हामी अनि हाम्रो मानसिकता मात्र खराब रहेछ कामलाई बर्गीकरण गर्दै यो उच्च स्तरको अनि त्यो निम्न स्तरको भनेर दाँज्ने। यहाँ कामलाई सम्मान गर्छन। हाम्रो देशमा पनि अव मानिसले आफ्नो मानसिक्तामा परिवर्तन गरे पक्कै पनि देशमा केही परिबर्तन हुने थियो। अहिले पनि ज्यामी र कुचीकार भनेर तल्लो नजरले हेर्ने बानी हटि सकेको छैन जतिनै पढेलेखेका शिक्षीत भए पनि।जे भए पनि तपाईले अरुहरुको भन्दा फरक व्यवसाय अप्नाउनु भयो।यो समाजको लागि पनि उदाहरणिय काम हो। आखिरी गरे के हुन्न रहेछ र यो परदेशमा तपाईसँग कुनै काम प्रति लगाव,झुकाब र अनराग रह्यो भने।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.