eNepal

हतारमा हैन बुजेर र केहि सिप सिकेर आउनुस अस्ट्रेलिया।

देबराज दुलाल इनेपाल

अमृत शर्मा
सिड्नी, अस्ट्रेलिया

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने देश हो । यहाँको शिक्षा प्रणाली, सुरक्षा व्यवस्था, अध्ययन पश्चात रोजगारीको अवसर, विश्वविद्यालयबाट लिएको डिग्रीको विश्वबजारमा माग र पढाइ सकेपछि अध्यागमन प्रक्रियालाई पूरा गर्न सकेमा स्थायी बासिन्दासम्म हुन सक्ने भएकोहुनाले पनि विद्यार्थीको अस्ट्रेलियाप्रतिको आकर्षण बढ्दै गएको छ । अस्ट्रेलियामा पढाइस्रँगै हप्ताको २० घण्टा काम गरेर जसोतसो खान र बस्न सकिने र पढाई सके पछि २ वर्ष को पी एस डब्लु मा फुल टाईम काम गर्न पाउदा केहि पैसा पनि कमाइने भएकोले पनि अस्ट्रेलिया विद्यार्थीका लागि आकर्षणको गन्तव्य भएको हो ।

बाबा एजुकेसन कन्सलटेन्सीले अस्ट्रेलिया र नेपाल दुबै ठाउँबाट विद्यार्थीलाई शिक्षा र अध्यागमन सम्बन्धि सेवा प्रदान गर्दै आएको छ ।
अस्ट्रेलियाको सिड्नीमा मूख्य कार्यालय रहेको बाबाको काठमाडौँको न्यूरोडमा कर्पोरेट कार्यालय छ भने पोखराको चिप्लेढुंगा, इटहरि र भक्तपुरको सुर्यविनायकमा शाखा कार्यलयहरु रहेका छन् । नेपालमा विगत ६ वर्षदेखि विद्यार्थीहरुलाई अस्ट्रेलिया अध्ययन सम्बन्धी यथार्थ जानकारी, उचित परामर्शसँगै सही मार्ग निर्देशन प्रदान गर्दै आएको छ । बाबाले सिड्निमा विद्यार्थीहरुलाई उनीहरुको अध्ययन अवधीमा आइपर्ने शैक्षिक समस्याको समाधानसँगै स्टुडेन्ट भिसा, डिपेन्डेन्ट भिसा, टीआर, पीआरलगायत अन्य धेरै सेवा सुविधाका लागि आवश्यक तयारी गराउँदै आएको छ । बाबा एजुकेसन कन्सलटेन्सीबाट नेपाली बाहेक अन्य देशहरु जस्तै भारत, चीन, कोरिया, फिलिपिन्सलगायत धेरै देशका विद्यार्थीहरुले सिड्नी अफिसबाट सेवा सुविधा लिँदै आएका छन् । यो अर्थमा पनि बाबा एजुकेसन कन्सलटेन्सीले नेपाल र अस्ट्रेलिया दुवै ठाउँमा धेरै विद्यार्थीहरुलाई शैक्षिक मार्गनिर्देशन दिई सहि गन्तव्यमा पुग्न मद्दत गर्दै आएको छ ।

अस्ट्रेलिया धेरै नेपाली विद्यार्थीको रोजाइको देश भएपनि यहाँको काम, पढाइ र अन्य दिनचर्या त्यति सहज चाई छैन् । ठूला–ठूला भवन, लोभ लाग्दो दृश्य र यहाँ आइ सकेका साथीभाई, आफन्तले सामाजिक सञ्जालमा राखेको तस्बिर हेरेरै आकर्षित भई अस्ट्रेलिया आउन हतार गर्नु हुदैन ।
अस्ट्रेलिया अध्ययनमा आउनु अघि विद्यार्थीले, यहाँको पढाइ ,भिसा नीति, पाइने काम, बसोबास लगाएत अन्य धेरै कुराहरुका बारेमा सम्पूर्ण रुपमा बुझेर आवश्यक सीप सिकेर मात्र आउनु पर्ने हुन्छ । विगतमा यी कुराहरुमा विद्यार्थीहरु मानसिक र शारीरिकरुपमा तयार भएर नआउनाले विद्यार्थीलाई यहाँ असहज अवस्था रहेको खबर बेला बेलामा सुनिने गरेको छ ।
तसर्थ अस्ट्रेलियाको बारेमा राम्रो अध्ययन गरेर आए राम्रै फल पाइने र हतारमा आए समस्या भोग्नुपर्ने भएकोले विद्यार्थी अध्ययनमा आउनुपूर्व सचेत हुनु आवश्यक छ ।

विकासको गतिमा हेर्दा अस्ट्रेलिया नेपालभन्दा धेरै गुणा विकसित छ । यहाँको भौतिक, सामाजिक र प्राविधिक विकासले धेरै क्षेत्रहरुमा हाँगा फैलिएको देख्दा हामीलाई अर्कै संसारमा प्रवेश गरेको महसुस हुन्छ ।
अस्ट्रेलियनहरुको कडा मिहिनेत र परिश्रमले नै आज अस्ट्रेलिया संसार भरका मान्छेहरुलाई आकर्षणको देश बनेको छ । यहाँ रहेका हरेक देशका नागरिक वा आप्रबासीहरुले त्यतिनै मिहिनेत गर्नुपर्ने हुन्छ जति अस्ट्रेलियनहरुले गर्छन ।
तर, अधिकांश नेपाली विद्यार्थीहरु प्लस टू सकेपछि आउने, अझ भनौ सानो उमेरमा आफू परिपक्क नभइ आउदा आफूहरुलाई दुःख र पीडा भएको भन्ने गुनासो गर्ने गरेको सुनिन्छ ।
वास्तवमा त्यो दुःख विद्यार्थीले पूर्व तयारी नगर्नाले वा सही परामर्श नपाउनाले निम्तिएको हो । सीप नसिकी अस्ट्रेलिया आउनाले कामको दुःख हुने गरेको छ । त्यसैले विद्यार्थीले अस्ट्रेलिया आउनु अघि सम्पूर्ण रुपमा सावधानी र तयारी अपनाउनुपर्ने हुन्छ । अन्यथा यस्तो अभिव्यक्ति र अवस्थाले गर्दा नेपालबाट वास्तविक रुपमा अध्ययन गर्न आउन चाहने विद्यार्थीहरुलाई पनि नकारात्मक प्रभाव पर्न सक्छ ।
त्यसैले विद्यार्थीले आफूले पीडा भोग्नु अघि नेपालबाटै सम्पूर्ण कुराहरु बुझेर, आवश्यक परामर्श लिएर मात्रै अस्ट्रेलिया आउनु पर्ने हुन्छ । नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया आफैमा अवसर भएको देश हो तर सही तरिकाको अध्ययन र नेपालबाट आउदा देखाइएको कागजपत्र अनुसारको नियम पालना नगरी नकारात्मक हल्ला फैलाउँदा अस्ट्रेलियाको अध्यागमन बिभागले नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलिया प्रवेशमा कडाइ गर्न पनि सक्ने देखिन्छ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349