eNepal

ट्वाइलेटमा मोबाइल चलाउनुहुन्छ ? होशियार ! ज्यानै जाला है

आजको युग प्रविधिको युग । प्रविधिले गर्दा हरेक मान्छेको हात-हातमा मोबाइल सहज उपलब्ध भएको छ । हरेक मान्छेको एकान्तको साथी नै बनेको छ मोबाइल । 

के बच्चा- के ठुला आफ्नो अधिकांस मानिस फुर्सदको समय मोबाइलमा नै बिताउने गर्छन् । खानाबेला देखी ट्वाइलेट वा बाथरुममा हुँदासम्म मोबाइलको प्रयोग गर्ने धेरैको बानी हुन्छ । यदि तपाईमा पनि यस्तै बानी छ भने अब त्यसो नगर्नुहोस् ।

ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यमाथी खेलवाड गर्नु हो । यस्तो बानीले मृत्यु पनि हुनसक्छ ।

बाथरुम वा ट्वाइलेमा मोबाइल प्रयोग गर्ने बानीले गम्भिर रोग निम्त्याइरहेको विशेषज्ञहरुको दाबी छ । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्वालेट भित्र प्रयोग गर्न नहुने विशेषज्ञले सुझाएका छन् ।

जब तपाई ट्वाइलेटमा ‘फ्लस’ गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ, हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ । जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ । त्यसैले पनि दिशा बस्दा बोल्न हुँदैन भनिन्छ। यसको अर्थ बाथरुममा हुँदा मुख खोलेमा किटाणु पस्छ भन्न खोजिएको हो।

ट्वाइलेटमा राखिएको ‘पेपर होल्डर’मा सबैभन्दा बढी किटाणु बसेका हुन्छन् । धेरै जसोले आफ्नो फोन त्यही ‘पेपर होल्डर’मा राख्ने गर्छन् । जसका कारण इ–कोइल, सालमोनेला, सि–डिफिसाइलजस्ता ब्याक्टेरिया फोनमा सल्किन्छ। अनि त्यहि फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं।

यति गर्दा पनि ट्वाइलेटमा फोन बिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुहोस् । एजेन्सी

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

Manoj Poudyal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

Manoj Poudyal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349