eNepal

यस्तै पाराले त आएको ऋण तिर्न पनि एकादेशको कथानै होला जस्तो छ

राम बडो जेहेन्दार केटो।पढाई एकदम अब्वल।एसएलसीमा बिशीस्ट दर्जा पाएर पास भएको थियो। पुरै गाउँ घुमाएका थिए फुलमाला लगाएर।नघुमाउन पनि किन गाउँकै पहिलो थियो उत्कृस्ट नम्बर ल्याएर पास गर्ने।पुरै गाउँको आखामा थियो राम।बडो ईमान्दार अनि मायालु स्वभाब।घर सामान्य निम्न बर्गीए परिवार।बुवा सरकारी जागीरे आमा गृहिणी।परिवारको एक्लो छोरो, अलि बडि पुपुल्याए घरमा सिन्को भाँच्ने काम पनि नगरेको।

सवैले विदेश जा भनेर किच्किच् गरे पछि स्वदेशमानै पढ्ने ईच्छ्या हुँदा हुँदै पढ्ने बहानामा फुलमाला गलामा भिरेर सुन्दर सपना बोक्दै अनि ऋृणले थला परेको घरलाई उकास्ने सपनामा हवाईजहाज चड्छ। आउने बित्तिकै काम पाउनु भनेको भाग्यको कुरा हो। धेरै हन्डर र हरेष खाए पछि जेनतेन काम गर्छ।कामबाट फर्किदा खेरी गहभरी आँशु पार्दै घर सम्झन्छ।थालमा चुठेर हिड्ने छोरोलाई कसैले के खाईस्, कस्तो छ भनेर पनि सोद्धैनन्।सोधुन् पनि कसले, सबैको मार्का त्यही हो।सबै थकित मुद्रामा हन्छन्।यसरि दिन, हप्ता, महिना हुँदै बर्ष बित्छ।

अस्ट्रेलीया आएको लगभग बर्ष दिन भयो।काम भनेको त्यही हो कनिकुथी बिस घण्टा गर्छु।घन्टाको नर्मल $१८ हो। २० घण्टाको $१८ का दरले हप्तामा $३६० कमाउँछु।महिनाको $१४४० कमाउँछु। अब कोही मेहिनेती र भाग्यमानी भएर क्यासमा पनि काम गरेर अलिक बढि कमाउँलान् त्यो छुट्टै कुरो हो। प्राय बिधार्थीले कमाउने रकम भनेको यहिनै हो मोटा मोटी रुपमा भन्नु पर्दा।

डिग्री र पैसा

अव खर्च कहाँ हुन्छ त्यो भन्छु ल आमा।एक्लै बस्न धेरै मार्का पर्ने भएकोले मिलेर साथीसँग बस्छु। कोठाको भाढा सबै ग्याँस, पानी, बत्ती र ईन्टनेट गरेर लगभग ५५० तिर्छु। तर ठाउँ र कस्तो घर हो त्यसले फरक पार्न सक्छ। यत्ति बुझ्नु कि बिधार्थीको मोटामोटी बस्ने खर्च यस्तै पर्न जान्छ। कहिले काही फोनमा कुरा हुँदा के पकाईस भन्नु हुन्छ नि। अनि म जहिले नि कुखुराको मासु भन्छु नि।तपाई सोच्नु हुन्छ होला वहा! जहिले मासु खाछस् तर कहिल्यै सोध्नु भयो किन सँधै कुखुराको मासुमात्र खान्छस् भनेर। किन कि मासुको हिसाबमा तरकारी अलिक महङ्गो जस्तो लाग्छ। फेरी दाल अचार बनाउने झन्झटीलो पनि भएन।मुख्य कुरा कामबाट एकदम् थाकेर आईएको हुन्छ।तेती धेरै समय पनि हुन्न पकाएर बस्नलाई।थाकेर कति खेर ढलौँ जस्तो भएको हुन्छ। पिज्जा र बर्गर खाएर भोको पेटलाई सान्त्वाना दिन्छु।अलिक बडि जाँगर चलि हाल्यो भने एउटा कुखुरा ल्यायो अनि झोल हाल्यो टन्न भात खायो।दुई छाक मस्तसँग पुग्छ।तेस्तै $२०० देखी $२५० रासनमा खर्च हुन्छ त्यो पनि साधारण खाना र खाजा गरेर।

आमा हिसाब गर्दै जानु अनि पल्लो घरकी काकीलाई नि भन्दीनु। खुब फूई लाउँदै हिड्छिन रे। अस्ट्रेलीया गएको छोरो पैसा त मनग्य कमाउँछ रे भन्दै। अस्ती कुरा हुँदा दिनको कति कमाउछस् भनेर सोधेकी थिईन्।मैले नि तेही $१०० हुन्छ के भन्देको थिएँ। $१०० लाई नेपालीमा कन्भर्ट गरेर आम्मामा दिनको लगभग ८००० रुपयाँले महिनाको लगभग २४०००० कमाउँछ भन्दै गाउँ भरि ढोल पिट्दै हिड्छीन् रे।बाफ्रे बाफ यत्ती धेरै त नेपालमा कसैले कमाउन्नन् भन्दै कुर्लीन्छीन् रे। ति काकीलाई नि यो हिसाब बुझाई दिनु।

सपनाको देश

सबैले मिठा सपना देखेका हुन्छन्।चिल्ला गाडी, गगनचुम्बी घर र बडो सान्दार बसाई।मुख्य कुरो त कलेजको फि जोह गर्न पर्यो।सेमेस्टर भनेको ६ महिनाको नि हुन्न।१२ हप्ताको सेमेस्टर यति छिटो बित्छ कि पत्तै पाईन्न। फि हुन्छ $८००० देखि माथि $१२००० कलेज हेरि हेरि।३ महिनामा त्यो फि नि जम्मा गर्न पर्यो। यता म सेन्ट सेन्ट जम्मा गर्छु त्यता गाउँमा लाखको कुरो गर्छन् रे। खै त तिम्रो छोराले गएको बर्षदीनमा पनि पठाएन त बोरु मलेसीया गाको त्यो केटोले महिनै पिच्छे पैसा पठाउँछ हौ पो भन्छन् रे। ए बाबा! मलेसीया जस्तो होईन नि त अमेरीका र अस्ट्रेलीया। अनि फेरी हामी काम गर्न पनि त गएका होईनौ ताकि कसैले काम तयारी अवस्थामा राखेको होस। ति काकीलाई यो कुरा नि राम्रोसँग बुझाई दिनु। छोरो त पढ्नपो गएको हो।पछि पढाई सकेपछि उसको भविस्य बनाई हाल्छ नि भनेर सम्झाउनु है। फेरी फलानोले जग्गा किन्यो, घर बनायो, खै तिम्रो छोरोले केहि गरेनन् भन्दै किच्किच गर्दै तपाईलाई दुःख दिलीन्।

 

असाईन्मेन्टको तनाब

साईला दाई पनि पल्लाघरको रामे कतार गाको गोडा दुईबर्ष जति भयो, बर्षेनी आउँछ हौ,चाडबाड पारेर भन्दै हुनुहुनुथ्यो रे। उहाँलाई नि सम्झाईदिनु कि कामदार भिषामा कतार गएको जस्तो होईन बिधार्थी भिषामा अस्ट्रेलीया जानु भनेर । कलेजको पढाई देखि कामको व्यबस्थापन अनि ईमिग्रेसनको नियम पालना नगरि आफै जे मन लाग्यो तेही गर्न पाईन्न रे। फेरी कलेज गए नगएको सबै ईमिग्रेसनले हेरिरहेको हुन्छ रे,केही गडबढ गर्यो भने सिधै नेपाल पठाई दिन्छ।यस देसको कानुनको दायरामा रहेर हरेक काम गर्नु पर्छ भन्दिनु। कतारमा पो बर्षको एक चोटी बिदा दिन्छ र दाईहरु जान्छन् त! ए साच्चै! कम्पनिले पो टिकट काट्दिन्छ र पो बर्षेनी जान्छन् त।कोही त्यस्तै राम्रो कम्पनी पर्यो भने। तर यो बिरानो देसमा त सवै कुरा आफैले गर्नु पर्छ भन्दिनु होला।

त्यसैले गाउँका काका काकीहरुलाई धेरै नानाभातीका कुरा नगर्नु भन्दिनु। बिदेस गएर पैसा कमाउन त्यती सजिलो छैन। त्यस माथि पनि बिधार्थीलाई आफ्नो पढाई नसकुन्जेल आकाशको फल आँखा तरि मर भने जस्तै हो।पैसा कमाएर कलेज, कोठा, रासन, यातायातको पैसा तिर्न त फलामको चिउरा चपाए सरि हुन्छ। अनि कसरी कमाउनु पैसा र पठाउँ म। फेरी फोन पनि गर्दैन रे भन्नु हुन्छ रे। कसरि फोन गरुँ जबकि तीन दिन त कलेज जानु पर्छ। बाँकी दिन काममा जोतीन पर्छ अनि मध्य रातमा लखतरान् परेर कति खेर ढलौ जस्तो हुन्छ।फेरी त्यहाँको समय र यहाँको समय नि फरक छ अनि म कसरी फोन गरौं। यस्ता बिबीध समस्याहरु छन् जुन बिदेस आएका बिधार्थीले भोग्नु पर्छ आफ्नो पढाई अवधी भर।

आमा बिदेसमा पैसाको रुख फल्दैन रे ताकि टिपेर पैसा पठाउनलाई। यहाँ कति पसिना बगाउनु पर्छ आफ्नो हात मुख जोड्नलाई भनेर कुरा काट्ने कुरौटेहरुलाई सुनाईदिनु तर यो पक्का हो कि म मेरो सुनौलो भविस्यको चित्र कोर्नमा कटिबद्द भएर लागी रहेको छु अनि एउटा स्वाभलम्बी बन्ने कोशीशमा अहोरात्र खट्टीदै छु। त्यसैले सबैलाई सुनाईदेउ कि छोरोले यो अवस्थामा कसरि ऋृण चुक्ता गर्छ। अनि तिमीनै भन त आमा म ऋृण कसरी तिरौं।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349