eNepal

एक प्रेम कहानी

भाग १

यस्तै +२ पढ्ने समय शहरी हावापानीले छोएको थियो मलाइ ! हल्ला गर्दै हिड्न सार्है मन पर्ने ! केटाहरु ग्याङ बनायर मस्त कलेज जाने आउने अनि दिउस भरी कलेजको क्यान्टिनमा बिताउने गर्दथे । समय यस्तै यस्तै तरिका ले चल्दै जादा एक जना नबिना नामक केटि माथी खुबै नजर जाने गर्थ्यो  ! किन किन असाध्यै मन पर्थीन उनी एकनासै प्रेमका पालुवाहरु पलाएझै गरि मनका भावनाहरु पलाउथे उनिका लागि ! दिनहु उनी सङ्ग नजर जुथ्यो तर त्यतिमै सिमित हुन्थ्यो !! त्यो भन्दा माथी कैले पनि अघि बड्न सकेको थिइन ! समय राम्रै सङ्ग उनलाइ एक तर्फि प्रेम गर्दा गर्दै बिति रहेको थियो ! मैले नबिनालाई प्रेम गर्छु भन्ने कुरा सबैलाइ थाहा थियो तर नबिना लाई बाहेक ! खै किन को उनलाइ पाउन हो या गुमाउन मुटुको एक कुना पट्टि छुट्टै डरको आभास हुन्थ्यो ! समय राम्रै सङ्ग चल्यो र चल्दै जादा एकदिन नबिनाले एउटा प्रश्न गरिन जस्ले म छागा बाट खसे झै भए ! उनी सरासर म तिर आएर मलाइ प्रेम गर्छौ किनाइ ? भन्दै प्रश्न गरिन ।

“हँ तिमिलाइ कस्ले भन्या ?” म बोले !

जवाफ स्वरुप ” पहिला भन मलाइ मन पराउछौ हो ?” भन्दै प्रश्न गर्न थालिन ! मैले पनि निडर हुँदै “उम मैले मन पराउथे तर भन्न मात्र डर लागेको हो भन्दै उनलाइ उन्को प्रश्नको जवाफ दिए !

त्यस पछि उनी घर तर्फ गैन ! कलेज पनि अब १ हप्ता बिदा हुने भएको थियो ! त्यसैले एक हप्ता सम्म  नबिनालाइ देख्न पाउने आस मारेको थिए ।   बेलुका मेरो मोबाइलमा एकाएक मेसेज आयो “बिवस ! आइ लब यु टू” भन्दै । यो नम्बर नबिनाको थियो ! सबै भन्दा खुसी सायदै त्यस दिन भाको थिए होला ! यस्तै बेलुकी पख हामी फोनमा बोल्ने गर्थेउ ! कहिले कलेज खुल्छ र हामी भेट्न पाउछौ भन्ने कुराले मन अत्तालिरहन्थ्यो ! नभन्दै कलेजका दिन पनि सुरु भए । हामी दुबै लाज मान्दै कलेज आएका थियौ । जब टिफिन टाइम भयो हामी दुइ क्यान्टिनमा आएर बसेउ ! अनि लज्जा मिश्रित स्वरमा कुरा कानी गर्न थालेउ ! सुरु दिन अफ्ट्यारो मानेता पनि अब का दिनमा अफ्ट्यारो नमान्ने भन्दै मैले उन्लाइ भनेर क्लास तिर गयौं । नभन्दै बिस्तारै हामी झनै नजिक हुन थाल्यौ । झन भन्दा झन गहिरिदै गयो हाम्रो प्रेम ! कति अनौठो आभास भै रहन्थ्यो मैले उन्लाइ आफ्नो जिवन सङ्गिनी मानी सकेको थियो लाग्थ्यो कि हामि एक अर्का बिना बाच्न सक्दैनौ । कता कति डर पनि लागि रहन्थ्यो यति माया किन लाग्दै छ ? अनि के का लागि लाग्दै छ ? कतै छुटिन त हैन ? यस्तै यस्तै प्रश्न मैले उन्लाइ राख्थे । उन्ले मलाइ आश्वासन दिदै भन्थिन हामी छिटै एक हुन्छौ….

क्रमशः …

 भाग २

तर भने जस्तो भने कहिल्यै भएन । मैले मेरो सम्बन्ध घरमा पनि भनेको थिए तर अपसोस उनि म भन्दा जेठि थिइन र मेर बुवा पन्डित भएका कारण यो सम्बन्ध स्विकार गर्नु भएन । त्यही पनि हामी नछुटिने भन्दै सम्बन्धमा थियौ तर  समय बित्दै जादा हामी बिच दरार उत्पन्न हुदै थियो । हाम्रो +2 को परिक्षा सकिए लगत्तै हामी बिच बोलि चाली कम-कम हुदै थियो । यतिकैमा मेरा घरकाले आइ.एल.टि.एस. गर्न जिद्दी गरे पछि अस्ट्रेलिया जाने सोचले आइएल्ट्स क्लास जोइन भए । हामी बिच बोलि चाली लगभग ठप्पै भैसकेको थियो । हप्ताना यस्तै एक दुइ दिन मात्र । सबै काम सकि सके पछि अस्ट्रेलियाको भिजा एप्लाइ गर्ने बेला भएको थियो तर नबिना सङ्ग भने अझै राम्रो सङ्ग कुरा भएको थिएन । यस्तै एक महिना पैतालिस दिन सम्म कुरा नभैसके पछि म उनि सङ्ग सम्पर्क मा आउन धेरै प्रयासका बाबजुत पनि आउन सकिन । नबिना मेरो पहिलो प्रेमिका थिइन । उस्लाइ भुलाउन यसै सजिलो पनि थिएन । उन्लाइ याद गर्दै थिए । भिजा एप्लाइ पनि गरे । भाग्यले साथ दिएर हो या नदिएर हो मेरो भिजा लागेछ क्यार अब यता नबिना सङ्ग छुटिन पर्दै थियो अब त भेट हुने आस पनि मरिसकेको थियो । घर मा रमाइलो गर्दै थिए भिजा लागेको खुसिमा तर मलाइ भने किन किन दुख लागी रहेको थियो । टिकेट पनि काटियो सामान पनि प्याक गरियो फ्लाइटको यस्तै ४ दिन अघि मलाइ हाम्रै कलेजमा पढ्ने नबिनाको साथिले फोन गरेर एउटा नराम्रो खबर सुनाइन ।

नबिनाको त बिहे भएको पनि १ महिना भएछ र खै पारिवारिक समस्या हो या अन्य उन्ले आत्महत्याको प्रयास गरेकी रहेछिन र अहिले हस्पिटलमा रहेछिन ।

आखा भरी आसु टिल्पिल बनाउदै म नबिना भएको हस्पिटलमा गए । उनिलाइ अझै राम्रो सङ्ग होस आएन । घर साथिको मा छु भन्ने बहाना बनाएर फ्लाइटको अघिल्लो दिन सम्म हस्पिटलमै कुरि रहे । नचाहदा नचाहदै पनि म नबिना सङ्ग उन्लाइ हस्पिटलमै छोडेर जान पर्दै थियो ।

 भाग ३

अस्ट्रेलिया आइ सकेपछि पनि म नबिनाकै यादमा हुन्थे ! उन्को याद आएकाले एक्लै भौतारिन्थे । मेरा साथी हरुको लै लै मा आएर रक्सी चुरोटलाइ आफ्नो सिकार बनाए । अस्ट्रेलिया आएको यस्तै ६ महिना पछि खबर पाए कि नेपाल बाट नबिना आउदै छिन रे । म मेल्बोर्न मा बस्थे उनि चाही सिड्निमा रे । काम मा नगएर म नबिनालाइ भेट्न सिड्नी गए । उन्लाइ भेटे धेरै बेर कुरा गरेउ मनलाइ शान्ती पनि मिल्यो अब ढुक्क भए कि नबिना मेरो कहिल्यै हुन सक्दिनन उनि आफ्नै शृमान सङ्ग खुसी हुन लागिछन ।

समय बित्दै गए एक्लाइ रमाइ रहे । मेरो भाग्यमा त जहिल्यै प्रेम बियोग मात्र लेख्या रहेछ क्यार ।

नबिनालाइ भेटेको ३ महिना पछि नेपाल बाट एउटा साथिले मेसेन्जरमा फोन गर्यो । उतैको एक जना बहिनिको (कबिता) भिजा मेल्बोर्नमा लागेको रहेछ त्यसैले उस्ले त्यो बहिनिको जिम्मा मलाइ दियो । मैले पनि हुन्छ भनेर उनि सङ्ग कन्ट्याक्टमा बस्न थाले चार दिन पछि उनि मेल्बोर्न आइन । उन्लाइ रुम खोजिदिएर र एउटा काममा लगाइदिए । हामी बिच त्यस्तो केहि थिएन सुरुमा तर बिस्तारै हामी फेस्बुकमा  बोल्न थालेउ । झन भन्दा झन कुरा हुन थाल्यो न खै किन मलाइ प्रेममा पर्न लेखेको रहेछ म उनि सित दुख सुख सबै पोख्न थाले ।

उनि र म भएर एक्दिन भेट्न जाने पनि फैसला गरेउ । र नभन्दै उनि आएको २ महिना पछि भेट्न भनेर मेल्बोर्नमा रहेको Royal Botanical Garden मा गएउ म पनि हेन्सम भएर गए । चिसो चिसो मौसम थियो त्यसैले हुट लगाएको थिए । मेरो जिन्दगी एउटा फिल्म स्टोरी भन्दा कम थिएन । घर फर्कने बेला पानी परेको थियो । मैले उन्को नियत सहि थियो भनौ या गलत उन्ले मलाइ चरप्प अङ्गालोमा बाधिन । त्यस पछि हामी बिस्तारै बिस्तारै माया मा पर्न थालेका थियौ तर कसैल भनेको थिएन कि माया गर्छौ भनेर ।

भाग ४

उनि र उन्को साथी (सङ्गिता) रुम सर्ने भनेर मैले आफु नजिकैको रुममा शिफ्ट गर्दिए । कबिता र म फ्र्यान्क भएको देख्दा सङ्गितालाइ शंका लागेछ क्यार उन्ले सोधिन तैले बिबेसलाइ माया गर्छेस हो ? उन्ले हो भने सकि पछि सङ्गिता आएर म सङ्ग कुरा राखिन दुबौ तिर बाट हो भनी सकेपछी सङ्गिताले हामिलाइ प्रेम सम्बन्धमा बाधी दिइन । मैले कबितालाइ साने भनेर बोलाउथे ।  हामि धेरै जसो घुम्न जान्थेउ हामी belgrave मा थियौ यसै बखत मेरो दिमागमा के खेल्यो मैले उन्लाइ रेलमा मै ओठमा चुम्बन गर्दिए । उता तिर केहि हुदैन थियो कसैलाइ मतलब पनि नहुने । यस्कै मौका छोपेको थिए । उनि त्यती बेला मेरो उत्तेजना मा सामिल भएकी थिइन तर घर पुगि सकेपछी उन्ले मलाइ यस्तो काम अब कहिल्यै नगर्न आफ्नी कसम दिलाइन । हामिलाइ एक अर्का बिना बाच्न पनि मुस्किल पर्थ्यो । कबिताको घरमा बुवा हुनु हुदैन थियो बस उन्को दिदि, आमा, र हजुरआमा ।

उन्को दिदि पनि कसै सङ्ग प्रेम सम्बन्धमा बाधिएर धोका पाएकी रहेछीन त्यसैले उन्लाइ प्रेम बाट सधै पर राख्नु भयो । एक्दिन उनि र मैले आफ्नो घरमा यो सम्बन्ध सुनाउने निर्णय गरेउ । तर म जैसी बाहुनको छोरा थिए कबिता चाही उपाध्धाय । मेरो बुवाले कदापी स्विकार गर्नु भएन । उन्को घर बाट पनि आफ्नो दिदिको उदारहण दिदै यो सम्बन्ध स्विकार गर्नु भएन र बिहे गर्ने भए भागेर गर्ने जस्तो कुरा गरिन म घरको एक्लो छोरो दिदैन थिय भगाएको भए आमा बाबुको आसुले सराप्ने थियो । एकदिन उनि आइन र सिधै मलाइ झमिटिएर रुदै अब हामी एक हुन सक्दैनौ म मेरो परिवार को खिलाफ जान सक्दिन भन्दै थिइन । म पनि बिगतमा दिन सम्झिदै आफुलाइ र भगवानलाइ सराप्दै थिए । त्यस पछि कबिता र मेरो बिच दुरि पैदा भयो । उनि म सङ्ग बोल्न कम गर्दै गैन । कबिताले त आफ्नो कलेज र रुम सबै फेर्ने निर्णय लिगिछिन मलाइ हेका पनि भएन ।

सङ्गिता सङ्ग कबिताको खबर लिगिरहन्थे उनि नेपाल गएकी रहेछिन । दिदिको बिबाहको लागी । त्यस पछि आज सम्म पनि उनि सङ्ग मेरो गफ भएको छैन । । अस्ट्रेलिया आको ४ बर्स पनि भैसकेको थियो र म नेपाल फर्किए । बिबाहको धेरै प्रयास पछि पनि म अस्विकार गर्दै गए कतै कबितालाइ पाउन सक्छु कि भनेर । कबिताले मलाइ मन पराउथिन तर आफ्नो परिवार खातिर र मैले मेरो परिवारको खातिर एक अर्कालाइ भुल्न परेको थियो । मैले सुनेको कबिताले पनि अझै बिबाह गरेकी छैनिन अरे आशा छ अझै पनि उन्को दिलमा मै छु र मेरै प्रतीक्षा मा छिन र हाम्रो मिलन एक्दिन अवस्य हुनेछ ✌✌✌✌✌

धन्यवाद ✌✌कथा काल्पनिक हो र कसैको जिवनमा मेल खाएमा संयोग मात्र हुनेछ ?

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349