अमेरिकी निर्वाचनमा मेरिल्याण्डबाट नेपाली मूलका ह्यारी भण्डारी संसदमा विजयी

Get real time updates directly on you device, subscribe now.

पहिलो पटक अमेरिकामा नेपाली मूलका ह्यरि भण्डारीले संसदमा बिजय हाँसिल गरेर इतिहास रचेका छन् ।

अमेरिकाको मध्यावधी चुनावमा मेरिल्याण्ड राज्यको संसदको प्रतिनिधिसभामा नेपाली मूलका ह्यारी भण्डारी विजयी भएका हुन् ।

मंगलबार भएको निर्वाचनमा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ बाट भण्डारी २० हजार ९ सय ७७ मत ल्याएर विजयी भएका हुन् ।

१ लाख १९ हजार ३ सय १ मत खसेकोमा भण्डारी १७ दशमलव ६ प्रतिशत मत ल्याउन सफल भएका हुन् ।

३ जना निर्वाचित हुने मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ मा भण्डारीसहित डेमोक्रेटिक उम्मेदवार एरिक ब्रोमवेल र रिपब्लिकन उम्मेदवार जोसेफ बोटेलर विजयी भएका छन् ।

एरिक ब्रोमवेल २१ हजार ३ सय ६३ मत र रिपब्लिकन उम्मेदवार जोसेफ बोटेलरले २० हजार ८१ मत ल्याएएर विजयी भएका छन् ।

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका अमेरिकी नागरिकले चुनाव जितेको यो नै पहिलो हो ।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्र्याट पार्टीमा करिब दशक बढी देखी सक्रिय राजनीतिमा छन् । भण्डारीले चुनाव जितेसँगै अमेरिकी राज्य संसदमा पहिलो पटक नेपाली मुलका युवाका प्रतिनिधित्व हुने भएको छ ।

सन् २०१४ को चुनावमा यो क्षेत्रबाट दुईजना रिपब्लिकन र एकजना डेमोक्रेटिक उम्मेदवार विजयी भएका थिए । तर यसपटक भने एकजना रिपब्लिकन र दुईजना डेमोक्रेटिक उम्मेदवार विजयी भएका छन् ।

भण्डारी अमेरिकाको केन्द्रिय संसदमा नभई मेरिल्याण्ड राज्यको संसदमा निर्वाचित भएका हुन् । अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा सिनेट र हाउस अफ डेलिगेट्स गरी दुईवटा सदन रहेका छन् ।

एजेन्सी

 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.