eNepal

पर्वतारोहीहरू हिमपहिरोमा पुरिएर मर्नुअघिको भिडियो सार्वजनिक

हिमपहिरोमा परी मर्नुअघि पर्वतारोहीहरूले हिमाल चढिरहेको एक भिडियो भारतीय अधिकारीहरूले सार्वजनिक गरेका छन् । पहिला कसैले नचढेको हिमाल उनीहरूले चढ्न खोजिरहेका थिए ।

भिडियोमा चार बेलायती, दुई अमेरिकी, एक अस्ट्रेलियाली र उनीहरूका भारतीय पथनिर्देशकहरू डोरी समातेर चम्किलो घाममा चुचुरोतिर लम्केको देखिन्छ । अचानक स्क्रीन कालो हुन्छ । 

भारतीय तिब्बती सीमाप्रहरीले आठजना पर्वतारोहीको भारका कारण हिउँ खस्किएको र हिमपहिरो गएको हुनुपर्ने बताएको छ । 

पर्वतारोहीको पंक्तिका अन्तिम आरोहीले क्यामरा बोकेका थिए । सातजनाको शव भेटिएको ठाउँनेर क्यामरा पुरिएको अवस्थामा भेटिएको थियो । 

आठौं पर्वतारोही मार्टिन मोरान अझै हराइरहेका छन् । 

अन्य पर्वतारोहीको शरीर केही दिनमै उनीहरूकै देशमा फर्काइने बताइएको छ । 

https://www.dailymail.co.uk/news/article-7225069/Heart-wrenching-footage-mountaineers-final-moments.html?ico=embedded

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349