eNepal

काठमाडौँमा घडेरी किन्ने सोच छ, यस्तो छ है मूल्य ?

काठमाडौँ महानगरपालिकाले काठमाडौँ भित्रका १ सय ७७ स्थानको घडेरीको मूल्य सार्वजनिक गरेको छ । महानगरपालिकाको प्रमुख सडक र सडकको दायाँबायाँ जग्गाको सम्पत्ति कर मूल्याङ्कनका लागि घडेरीको मूल्य निर्धारण गरेको हो ।

महानगरले पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा घडेरीको मूल्य सार्वजनिक भएको हो । यही मूल्यका आधारमा महानगरले कर उठाउनेछ ।

काठमाडौँ उपत्यकामा घडेरीको मूल्य निकै महङ्गो छ । महानगरले प्रतिआना ४ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको मूल्याङ्कन गरेको छ । पछिल्लो समय काठमाडौँमा घडेरीको मूल्य अकाशिएको छ । ५० लाख रुपैयाँ भन्दा महंगा घडेरी पनि छन् । तर महानगरले अधिकतम ५० लाख रुपैयाँसम्मको प्रतिआना घडेरीको मूल्याङ्कन गरेको छ ।

मनोहरा पुल, अरनिको राजमार्ग, चक्रपथ, रिङरोड, गैह्रीगाउँ तिलगंगा सिनामंगल, गौशला चावहिल हुँदै मालपोत कार्यालयको सिमानासम्मको जग्गा प्रतिआना २८ लाख रुपैयाँसम्म तोकिएको छ ।

यता बालकुमारी पुलदेखि कोटेशवर हुँदै तिनकुने मिनभवन, नयाँबानेश्वर, विजुलीबजार थापाथली, त्रिपुरेशवर हुदै विष्णुमती पुलसम्म मूलसडकसँग जोडिएको जग्गाको प्रतिआना मूल्य ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

सबैभन्दा महङ्गो मूल्याङ्कन हनुमानढोका, न्युरोड, ठमेल, केशरमहल, जमल, दरबारमार्ग, माइतीघर, त्रिपुरेश्वर, कमलादी, पुतलीसडक, भद्रकाली लगायतको मूल्य प्रतिआना ५० लाख निर्धारण गरेको छ ।

बाटो नभएको घडेरी प्रतिआना ४ लाख रुपैयाँ, गोरेटो बाटो भएको घरेडी प्रतिआना सात लाख रुपैयाँ, कच्ची मोटरबाटो भएको घडेरी १२ लाख रुपैयाँ प्रति आना पर्छ ।

यसैगरी, सहायक पक्की सडकको घडेरी १३ लाख रुपैयाँ प्रतिआना पर्छ । सोल्टीमोडदेखि हिमालय हाइट र छिन्नलता पुस्तकालयसम्मको पक्की सडक वरपरको घडेरी प्रतिआना १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

सीतापाइला चोकदेखि छाउनी वडा नं. १३ सिमानसम्को मुल सडकको घडेरी प्रतिआना १६ लाख रुपैयाँ निर्धारण गरिएको छ । महानगरले वडा नं. १५ अन्र्तगतको गोरेटोबाटोको घडेरी ९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ सोही वडाको बाटो नभएको घडेरी सात लाख प्रतिआना निर्धारण भएको छ ।

डिल्लीबजारदेखि पुतलीसडक जोड्ने ओरालो बाटो जोडिएको दाया बायाँका जग्गाहरु प्रतिआना ३० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

–रातोपाटीबाट

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal