eNepal

११ महिनामा आठ खर्ब रुपैयाँ रेमिट्यान्स

आर्थिक वर्ष २०७५-७६ को ११ महिनाको अवधिमा आठ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रियाे ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितमा सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको उल्लेख गरिएकाे छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको छ जुन अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ जुन अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ १६.६ प्रतिशतले वृद्धि भई रु नौ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या त्याे अवधिमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.६ प्रतिशतले घटेको थियो ।

काठमाण्डाै उपत्यकामा मूल्यवृद्धि:-केन्द्रीय बैंकका अनुसार २०७६ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति काठमाण्डाै उपत्यकामा ७.१ प्रतिशत रहेको छ । हिमालमा ६.५, तराईमा ५.८ र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१, ६.४ र ४.२ र ४.९ प्रतिशत रहेको थियो । नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत छ । अघिल्लो वर्षको त्यही अवधिमा नेपालको मुद्रास्फीति ४.१ र भारतको पाँच प्रतिशत रहेको थियो ।

व्यापार घाटा १२ खर्ब नाघ्यो:-आर्थिक वर्ष २०७५-७६ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब ९७ करोड पुगेको छ। निर्यात आयात अनुपात ६.८ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा त्याे अनुपात ६.७ प्रतिशत रहेको थियो।वस्तु आयात गरिने देशका आधारमा भारतबाट १५.१ प्रतिशत, चीनबाट ३०.७ र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको उल्लेाक छ।

पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पाटपूर्जा, तयारी पोशाक, विद्युतीय सामानलगायतको वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पाटपूर्जा, दूरसञ्चारका उपकरण, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमास, तेललगायतका वस्तुको आयात भने घटेको देखिन्छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाहा र नेपालगञ्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट निर्यात वृद्धि भईरहेकाे छ। आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट आयात बढेको केन्द्रीय बैंकले उल्लेख गरेकाौ छ।

शोधनान्तर घाटा ९० अर्बमाथि:-केन्द्रीय बैंकका अनुसार गएकाे जेठ मसान्तसम्म शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको जुन अघिल्लो वर्षको त्यही अवधिमा शोधनान्तर स्थिति चार अर्ब ३४ करोडले घाटामा रहेकाे थियाे।समीक्षा अवधिमा पूँजीगत ‘ट्रान्सफर’ १३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८१ करोड छ जुन अघिल्लो वर्षको पूँजीगत ‘ट्रान्सफर’ १५ अर्ब दुई करोड र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ८८ करोड रहेको थियो।

विदेशी सञ्चिति घट्यो:-गएकाे जेठ मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिति १० खर्ब ३० अर्ब ८८ करोड रहेको छ जुन २०७५ असार मसान्तमा त्यस्तो सञ्चिति ११ खर्ब दुई अर्ब ५९ करोड थियो। २०७५ असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ८ करोड रहेकामा गत जेठ मसान्तमा नौ अर्ब २५ करोड रहेको छ।

साभार:- उज्यालो अन्लाईन

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349