सन्जिव भन्छन् कुकरी पढ्ने भन्दा भात पकाउने बिषय पढेछ भन्दै नाक खुम्चाउँथे

Get real time updates directly on you device, subscribe now.

सन्जिव श्रेष्ठ सन् २०१३ मा अस्ट्रेलीया भित्रीए। स्कुले जिवनबाटनै उनलाई हस्पिटालीटी सेक्टर मन पर्दै जान थाल्यो। पढ्नमा अव्वल सन्जिवलाई शिक्षकहरु सधै बिज्ञान बिषय पढ्न प्रोत्साहीत गर्थे।तर आफु भित्रको रुचीका कारण उनी हस्पिटालीटी क्षेत्रमै केही गर्छु भन्ने अठोटका साथ अघि बढे। हुन त अहिले नेपालीहरुको सोचमा परिबर्तन आईसकेको छ। पढेर सर्टीफिकेट मात्र थोपार्नु भन्दा शिपमुलक बिषय पढ्नेहरु बढि भेटिन्छन्।

गएको केही बर्ष अगाडीसम्म पनि कुकरी पढ्ने भन्दा भात पकाउने बिषय पढेछ भन्दै नाक खुम्चाउँथे तर बिस्तारै खुम्चिएको भुगोल भित्र सबैमा चेत आउँदै गयो। बोरु सिप जान्यो भने सँसारको कुनै पनि ठाउँमा गएनि के गर्ने होला भनेर सोची राख्नु पर्दैन। शिप जाने पछि काम पाउन खासै गार्हो पनि हुँदैन। 

सन्जिव पनि सानै देखिको हस्पिटालीटी प्रतिको लगाबकै कारण हाई स्कुल सम्म आउँदा आफ्ना साथीहरुलाई समेत यहि बिषय पढ्न लालायित बनाउन सफल भए। भन्छन् आज ति साथीहरु सफल उद्धमी भएर आफ्नो व्यबसायमा व्यस्त भएको देख्दा खुसी लाग्छ। 

हस्पिटालीटीको बिभीन्न बिधा मध्य पनि किचन तिर सन्जिबको अझ बढि लगाब हुँदै गयो। शुरुवातमा ईन्डियाका सेलीब्रेटी सेफ सन्जिब कपुरबाट केही हद सम्म प्रभावीत भएको सन्जिब भन्छन् किचेनमा पकाउने भने पछि भान्सेको दर्जा दिने मात्र रहेनछन् मान र प्रतिस्ठा अनि पैसा पनि उत्तिकै मात्रामा दिईने र पाईने रहेछ। भन्छन् सन्जिव कपुरलाई देखे पछि त झन् सेफ बन्ने भुतनै पस्यो र निरन्तर किचनलाई मितेरी लाउँदै आगो र चक्कुसँग मित्रता गास्दै अघि बढे।

प्राईभेट सेक्टरमा अव्वबल मानिएको हस्पिटालीटी सम्बन्धी पढाउने कलेजको नाम हो आईएसटी जुन काठ्माण्डौको डिल्ली बजारमा अवस्थित छ। ईन्टरनेश्नल स्कुल अफ टुरिजम् एण्ड होटल मेनेजमेन्टमा सन् २००९मा आफ्नो सोख अनि ईच्छा र सङ्कल्पलाई अझ निखारता दिन भर्ना भएका सन्जिब अझ दक्ष शिक्षकहरुबाट धेरै कुराहरु सिक्ने अवसर पाए। भन्छन् त्यस कलेजका तिन बर्ष मैले खाना र भान्साका कुरा गरेरनै बिताए। सेलिब्रेटी सेफ अनि तिनका सङ्घर्षका कुरा गरेर कहिलै थाकेनन्।

नयाँ नयाँ खाना बनाउन रुची राख्ने, खाना बनाउने मात्र होईन आँखाले हेर्दा खाउँ खाउँ लाग्दो कसरी बाउने, खाना कसरी प्लेटिङ गर्ने बारे सधै जिज्ञाशु स्वभावका सन्झिवले आईएसटीको अध्ययनको क्रममा धेरै कुरा सिक्ने मौका पाए। 

भन्छन् सँसारनै मेरो लागि किचेन हुँदै गयो। म तिनसय पैसट्ठी दिनै, सातै दिन पनि मज्जाले चक्कु र प्यानसँग जोहारी खेल्न सक्छु। घर हुँदा होस् या फुर्सद होस् केही नयाँ कुरा पकाउन सँधै अग्रसर हुन्थे।

पढाईकै शिलशिलामा एक बर्ष चाईनाको सान्या बे रिसोर्टमा ईन्टर्नशिपमा जाने अवसर पाए। महत्वपुर्ण कुरा त के भयो भने उनले किचनमै काम गर्ने अवसर पाए। एउटै कुजीनमात्र सिमीत नरही अन्य देशका कुजीन बनाउन र सिक्ने मौका पाए। ब्रेड, सलाड, डेजर्ट, ग्रील देखी करीहरु सबैमा निपुर्ण भए। 

बेकीङको जुन ज्ञान सान्यामा सिक्ने अवसर पाए त्यो शिप उनले साथीहरुको जन्मदिन वा अन्य फङ्सनहरुमा उपयोग गर्दै गए। आफ्ना साथीहरु लगाएत घर परिवारको साथ र सहयोगले उनलाई केक व्यबसाय गर्ने बिचार जागेर आयो।

 

अस्ट्रेलीयाको मेल्बोर्नमा बस्दै आएका सन्जिबले बिस्तारै घरबाट आफ्न पाट्नरको सहयोगमा कप केक लगाएत बिभीन्न डिजाईनका केकहरु बनाउन थाले। मेल्बोर्नमा धेरैले फलो गर्ने श्याम नेपाली पेजमा आफुले बनाएका केकहरु पोस्ट गर्ने थाले। बिस्तारै केकको अडरहरु आउने क्रम बढ्दै जान थाल्यो। हुन उनी एट्लान्टिक ग्रुपमा फुल टाईम काम गर्दै छन् जसको कारण उनीले पुरै समय केक सपलाई दिन सकि रहेका छन्। उनले होलीडे ईनमा ट्रेनी भएर काम गरेका थिए भने ईन्टर कन्टिनेन्टल मेल्बोर्न द रियाल्टोमा सेफ भएर काम गरि सकेका छन्।

 हाललाई ट्राईलको रुपमा केक शपलाई लिएका छन्। तर अडरहरु आउने क्रम धेरै बढेको छ। निकट भविस्यमा केक सपलाई व्यबसायीक ढङ्गबाट अघि बनाउने उनको लक्ष्य रहेको छ। 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.