गधा जस्तो काम मात्र होईन मज्जाले रमाईलो पनि गर्छन् अस्ट्रेलीयाका नेपालीहरु

Get real time updates directly on you device, subscribe now.

रमा आएकी बर्ष दिन भयो मेल्बोर्न। उनी सिङ्गल आएकी हुन्। हाल उनी बिधार्थी भिषामा छिन्। छ महिनाको कलेजको फी तिरेर आएकी रमा काम भने मज्जाले गर्छिन्। 

कलेज र कामको टाईमिङ् मिलेमा काम गर्न खासै गार्हो नहुने बताउने रमा हप्ताको पाँच दिन् एक क्याफेमा काम गर्छिन्। काम भने खासै गार्हो छैन। कहिले काँही गार्हो हुन्छ तर आफुले ब्यबस्थापन गर्न जानियो भने खासै गार्हो हुँदैन। उनी भन्छिन् खै कामले खायो तलाई भन्छन् तर आफुलाई त्यस्तो खासै गार्हो भएको अनुभुती भएको छैन। 

आउँदो सेमेस्टरको फीको पनि जोहो गर्दैछु। त्यस्तै अपुग भयो भने साथीसँग लिएर पछि तिर्ने सर्तमा मिलाउँछु। खान राम्रैसँग खान्छु। कोठा शेयर गरे पनि घरमा भएका सबै मिलनसार हुनु हुन्छ। हप्ताको एक दिन सबै मिलेर खान खान्छौ। रमाईलो गर्छौ। कहिले काँही घुम्न पनि गएकै हुन्छु। छुट्टी भएको बेला मुभी हेर्न पनि जान्छु। नेपाली मुभी समेत सके सम्म छुटाउँ दिन्। ईभेन्टमा पनि पुग्छु। 

साथीहरुको सर्कल पनि रमाईलो छ। कहिले कस्ले बोलाउँछ। कहिले कस्ले। पैसाको पनि खासै कमि भएको महसुस हुँदैन। मन लागेको सपिङ पनि गर्छु तर सेल र डिस्काउन्ट हेर्न चाँही छुटाउँ दिन। हिजै मात्र काम सकेर मन पर्ने ब्राण्डका दुई जोर जुत्ता लिएर आएँ। घरमा पनि अस्ति दशैमा खर्च पठाई दिए। बा आमा र भाई खुसी थिए। 

खाली हावा कुराको पछि लागेर हो हावादारी अफबाह फैलिने। खान पाएका छैनन् रे भन्या छ, भाडा हान्दा हान्दा डाढ गयो रे भन्या छ, बाटोमा बास भयो रे भन्या छ, पाउरोटी मात्र खाएर बसेका छन् भन्या छ। सब हावादारी कुरालाई बढाई चढाई बढाएर लेखेर फोकटमा तनाबको स्थिती श्रृजना बनाईएको छ। 

अब खाएर बिग्रेर जति कमाएको छ त्यो सबै एकै दिनमा झ्वाम पारेर घरमा फोन गरेर उल्टै तनाब दिनेलाई त राम राम सत्यदेखी बाहेक के नै पो भन्न सकिन्छ र। तर गर्नेले आफ्नो पेट मज्जाले पालेका छन् त्यो पनि नेपाली पारामा दालभात मासु खाएर रमाईलो गरेर कलेज गएर र घर पनि हेरर हाँसीखुसी दैनिकी बिताएका छन्। काम बोरु गधा जस्तै गरे पनि मज्जाको लाईफ जिएका छन् यहाँ धेरै नेपालीले। 

रमा भन्छिन् खाली दुख पायो खान पाएनन् भन्ने सन्देश मात्र होईन कमसेकम उमेर हो काम गर्नै पर्छ। फेरी यो काम र उ काम, सानो र ठुलो भन्ने पनि नरहेको देशमा बसेर दुख गर्ने हामी। फोकटमा तनाब चाँही नेपालमा लिन्छन् र भन्छन् कति गधा जस्तो काम गरेको भनेर। बिचरा तिनलाई के थाहा गधा जसरी बसेको छ बाघ जसरी। 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.