eNepal

बिधार्थीले अस्ट्रेलिया आउनु अगाडी र आईसके पछि जान्नु पर्ने केहि कुराहरु

पछिल्लो एक महिनामा Media मा आएको/नआएको करिब १० जना नेपाली बिधार्थीको दुखद निधन, जुन निकै चिन्ताजनक, दुखलाग्दो र सोच्न बाध्य तुल्याउने कुरा हो।

तेसैले Student ले अस्ट्रेलिया आउनु अगाडी र आईसके पछि जान्नु पर्ने केहि कुराहरु –

1. बिर्सन नहुने सब भन्दा पहिलो कुरा –

Health is Wealth. जान है तो जहान/जहाँ है।

आफ्नो Health लाई नकारातमक असर गर्ने काम नगर्ने। जस्तो – सुत्दै नसुती लगातार “काम हान्ने” मैले लगातार डबल Shift नसुतीकन गर्या, केहि हुन्न Red Bull खाए पछि चट, आदि साथीहरुले भन्छ भने त्यो गफ दिरा छन्, वा साचो नै भएता पनि त्यो Wrong हो। Students साथीहरु संग मिलेर Sharing मा बसेका हुन्छन। कसैको काम राती, कसैको दिउसो, कसैको बिहान हुन्छ। राती काम हुनेले दिउसो आफु सुतेर अर्कोलाई राती नसुतम, सकिन्छ नसुतीकन नै भन्छ भने, आफ्नै दिमागको प्रयोग गर्नुस।

2. Drinking/Red Bull/V/Mother –

कालिको उमेरमा नै सधै Beer/Whisky/Vodka आदि Drinks Daily गर्ने। राती नसुति वा १/२ घण्टा मात्र सुतेर Energy Drink मा भर पर्ने। खासमा Energy Drink भनेको Caffene/Nicotine/High Sugar हो जुन लगातार खाँदा Health मा अति नराम्रो असर गर्छ। Busy हुनाले यस्ता ड्रिङ्क्सले  Health मा परेको Negative Impact को बारे थाहा नै नपाउने र वास्ता नगर्ने गर्छन। यसबाट टाडा नै रहनु होला। यसको लत त लगाउनदै नलगौनुस।

3. High/Low Temperature –

Kitchen मा वा बाहिर High Temperature मा काम गर्नु पर्ने हुँदा Students ले धेरै नै Cold Drink (कोकोकोला, पेप्सी, Gatorade) Non – Stop खान्छन र फेरी Direct AC मुनि वा Fan मा आएर सुत्छन जुन पनि अति नराम्रो हो।

आफ्नो Body Temperature पनि Maintain गर्नुस।

4. आहिले नै जति सक्दो कमाऊछु २ – ३ करोड उठाऊछु अनि फर्किन्छु –

माथिको सोच बिल्कुल गलत छ र ४०% बिल्कुल येही नै प्लान गर्छन सुरु सुरुमा र बिस्तारै बुझ्दै जान्छन।

येही सोचले पढाई/स्वास्थको ख्याल नगरी काम काम गर्छन केहि नेपाली Student र आफुलाई परेको धपेटी बिर्संचन। यो बिल्कुल नगर्नुस। बिस्तारै यसले तपाईलाई खाई राखेको हुन्छ वा बिस्तारै आफै Depression मा गई रहेको हुनु हुन्छ।एकचोटि फेरी सोचनुस त – त्यो २-३ करोड लगातार काम काम मात्र गरेर कमाऊनु भो रे तर के तेतीले पुग्छ नेपालमा बाकी जिन्दगि ?

5. Health Cover 

Student ले Health Cover गर्नै पर्छ र Health Check गरे बापत Insurance ले ८०% Cover गर्छ। तेसैले आफुलाई सन्चो नहुना साथ, Doctor को मा गइ उपचार गराई हाल्नुस।

6. क्रेडिट कार्ड Debt 

घांटी हेरेर हाड निल्ने बानी बसल्नुस। Poker खेल्ने, Pub जाने बानीले दरो ऋणमा परिसकेका हुन्छन कोहि। यस्तो कहिलेयै नगर्नुस।

तेस्तै ब्रान्ड न्यु कार किन्ने, नया नया Laptop, Camera आदि सजिलै लोनमा किन्न पायिनछ तर तेस्को Interest Pay गर्दा Double Triple भाउ पर्छ Time मा नतिरे।

यी किन्नु भन्दा पहिले आफ्नो खल्ती छाम्ने गर्नुस।

7. परिवारको माग 

आफ्नो परिवारलाई आफ्नो स्तिथिको सकेसम्म सहि कुरा खोल्नुस। तपाईको परिवार नै हुन् सब भन्दा साथ दिने तपाईलाई। भाई, भातिज, भान्जा, Uncle को छोराले Iphone माग्यो भन्दैमा पठाई हाल्नु पर्छ भन्नि होइन।

परिवारले पनि छोरा,छोरीले पैसा पठाको पठाई गर्छ भन्ने गलत भ्रम रख्चन भने त्यो भ्रम तोड्ने काम तपाईको हो।

8. Plan B 

अस्ट्रेलिया आउनु भन्दा पहिला प्लान B बारे सोच्नुस। हो प्राय धेरैले यहाँ आएर काम गरेर आफ्नो फी, गुजारा र केहि बचत गर्न सक्छन। तर यसको मतलब 100 % सबैले आउने बित्तिकै काम पाउने, त्यो कामले बस्न, खान, फी तिर्न पुग्छ भन्ने होइन।

कोहि कोहिले ६ – ७ महिना काम नपाउन पनि सक्छन। काम नपाय के गर्ने त ? फी कसरि तिर्ने ? बस्ने, खाने खर्च के घरबाट Support हुन्छ त ? भन्ने बारे पहिले नै सोच्नुस।

9. CIty/Beach/Laptop/Mobile 

बिदेसी साथीको फोटो पछाडी सधै Beach, Tall Building, Ferrari आदि हुन्छन जो हेर्न ज्यादै मज्जा लाग्छ तर त्यो Building वा Car साथीको आफ्नै हुँदैन। त्यो चमक धमक ले तपाईलाई अवस्य तान्छ।

तर Iphone, Laptop किन्न त्यो साथीले कति मेहनत गरेको छ ? एकचोटी पनि सोध्नु भाको छ ? छैन भने पहिले सोध्नुस।

10.Over Expectation 

TV. Film मा देखाको जस्तो सजिलो हुन्न काम गरेर आफुलाई पाल्न बिदेसमा। दुख गर्नै पर्छ जसको लागि तयार हुनुहोस तर दुख गर्ने भनेर आफ्नो शारीरले नाधन्नी गरि होइन।

आफ्नो Limit मा बस्नुस। Iphone, Car पैसा सबै बिस्तारै तपाइको पनि हुन्छ।

11. Studies 

आफ्नो Studies लाई Ruin हुन नदिनुस्। एउटा Subject फेल हुनु भयो भने ३ हजार डलर, १ टा Semester बिगार्नु भयो भने $१० हजार डलर कम्तिमा तपाइको फेरी तिर्न पर्ने हुन्छ। यसको साथ साथै तपाईको Time खर्च।

अझ पढाई बिगार्नु भयो भने Immigration ले Visa Cancel गर्छ। तेसैले Sutdent को पहिलो धर्म लाई पहिलो प्राथमिकता दिनुस।

12.Consultancy/System/अरुलाई दोश –

Facebook मा वा आफैले Consultancy ले डुबायो भन्ने प्रसस्त देखिन्छ र धेरैले तेही गर्छन। तर त्यो भनेको आफै लाचार हुनु, Frustate हो एक प्रकारले वा नजानेर हो।

Internet मा सबै Information हुन्छ सब कुराको। Consultancy हरु पनि Business केहि नाफाको लागि नै संचालित हुन्छन।

केहि Consultancy ले गलत काम गर्लान तर तेस्को बारेमा आफै सजक हुनु पर्ने होइन र?

मानौ तपाईलाई ठग्यो रे पनि ! कति ठगयो? १ हजार, २ हजार वा १० हजार? तेती भन्दा बडी त हुँदै होइन।

तेसो भए के तपाईको जीवन को मूल्य $१० हजार त?  ठगिएको लाई आफै पैसा कमाएर वा अन्य तरिका Compensate गर्नुस। दुनिया गोलो छ ! तपाईलाई ठग्ने लाई पनि अरु कसैले ठग्छ।

आत्माहत्या गर्नु भनेको Depression को सिकार हुनु हो एक प्रकारले र आफैबाट भाग्नु हो जुन माथिको नाकारातमक कुराले र बडी Pressure पर्ने कारणले हुने गर्छ। आफुलाई Pressure छ भने आफ्नो नजिकको बुझ्ने साथी लाई भनेर मन हल्का गर्न कहिले पनि पछि नपर्नुस।

फेरी पनि “Health is Wealth” Take Care and be successful.

प्रभात अर्यालको फेसबुकबाट साभार

Please share/tag for your friends/relatives to care…….

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349