eNepal

यस्ता केटाहरुबाट बच्नुहोस् नत्र धोका खाईन सक्छ

प्रायः युवतीहरू मीठो बोल्ने केटाको कुरा छिट्टै पत्याइहाल्छन् र धोका खान पुग्छन् । तर अलिकति दिमाग लगाउने हो भने धोकेबाज केटाको बारेमा थाहा पाइहालिन्छ । तल लेखिएका कुरा पढेर तपाईं धोकामा पर्नबाट बच्न सक्नुहुन्छ । 

प्रायः केटाहरूले युवतीलाई भेट्नेबित्तिकै आफ्नोपन देखाउँदै मीठोमीठो कुरा गर्न थालिहाल्छन् । कति राम्री भन्दै तारिफ गर्न थालिहाल्छन् । अनि युवतीलाई कस्तो राम्रो केटो रहेछ भन्ने लाग्छ । तर वास्तवमा ऊ राम्रो मान्छे नहुनसक्छ । फ्लर्ट गर्न माहिर र धोकबाज चरित्र भएका युवकहरू मीठो बोल्न माहिर हुन्छन् ।

मीठो कुरामा फस्ल्याङफुस्लुङ पारेर युवतीलाई पट्ट्याउन सकिन्छ भन्ने उनीहरूको सोच हुन्छ । धेरै पुरुषको मान्यता के हुन्छ भने महिलासँग नजिक हुने भनेकै शारीरिक सम्बन्ध बनाउनका लागि हो । अनि यस्ता पुरुषले महिलासँग सेक्स सम्बन्धी कुरा गर्न खोज्छन् । गलत नियत भएका पुरुषको रहस्यमयी व्यक्तित्व हुन्छ । यस्ता मान्छे मोबाइलमा झुण्डिएर बसेका देखिन्छन् तर उनीहरूको इनबक्स हेर्नुभयो भने प्रायः खाली नै हुन्छ ।

धोका दिने प्रवृत्ति भएको मान्छे आफ्ना सबै कुरा लुकाएर राख्न चाहन्छन् । कुनै पुरुषले ज्यादै फ्लर्ट गर्न थाल्यो भने महिलाहरू सावधान भइहाल्नुपर्छ । त्यस्तो मान्छेले तपाईंसँग मीठो कुरा त गर्छ तर तपाईंले भविष्यको कुरा झिक्नुभयो, जिम्मेवारीको कुरा झिक्नुभयो भने टार्न खोज्छ वा भाग्छ ।

यस्तो व्यवहार देखायो भने त्यो मान्छेबाट टाढै रहनु ठीक हुन्छ । तपाईंसँग सम्बन्धित कुरामा लापरवाही देखाउने, तपाईंका महत्वपूर्ण दिनहरू, जस्तै जन्मदिन, बिर्सने अनि जे पायो त्यही बहाना बनाउने मान्छे पनि धोकेबाज हुन्छन् । यस्तालाई भरोसा गर्नु खतरनाक हुन्छ ।

एजेन्सी

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

Manoj Poudyal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349