झापाको धाईजन अनि अस्ट्रेलीया हुँदै बिरुवा नेपालसम्म: गौतम लामिछानेको कथा

Get real time updates directly on you device, subscribe now.

जब कसैले गरेको कामले मन छुन्छ नि उसको बारे अझ गहिरीएर खोतल्न मन लाग्छ, उसलाई नजिकबाट बुझ्न मन लाग्छ। समाजमा बगरेल्ती मान्छे भेटिन्छन् जो नाम र प्रतिष्ठाको लागि देखावटी समाजसेवाको ढाल ओडेर आफ्नै ढोल पिट्दै हिड्छन्। अनि केही हुन्छन् मनले सेवा गर्छन् तर समाजसेवी बनीन रुचाउँदैनन्। देखावटी नौटङ्कीबाट टाढै रहन्छन् तर आफुले कुनै न कुनै माध्यमबाट समाजलाई सहयोग गरि रहेका हुन्छन्। 

मेरो अस्ट्रेलीयाको बसाईका दौरान मैले धेरै  व्यक्तित्वहरुलाई नजिकबाट चिन्ने मौका पाएँ। कसैले तपाई नभने पनि आफै मपाई हुनेहरु पनि भेटे अनि समाजसेवी बन्न टोपलिनेहरु भेटीए। मिठा बोलीले फस्ल्याङ फुस्लुङ पार्नेहरु भेट। आफुलाई महान समाजसेवी हुँ भन्ने पनि भेटे तर आज म यस्ता समाजसेवीको बारे केही कुरा लेख्दैछु जसले साँच्चै मनबाटै सेवा गर्दै आएका छन्। आफुले सकेको आफ्नो गच्छ्यले भ्याएको सहयोग गर्दै आजको दिन सम्म पनि आफ्नो हात फैलाई रहेका छन्। 

पुर्वी नेपालको ईलाम जिल्लामा बि.स २०२५ सालमा जन्मेका गौतम लामिछाने हाल अस्ट्रेलीयाको मेल्बोर्नमा बस्नु हुन्छ। उहाँको सङ्घर्षको यात्रा साँच्चै मन छुने छ। जिवनको यात्रा जब सङ्घर्षबाट गुज्रिन्छ उसले आफुले गरेको सङ्घर्ष अरु कोही दुखीमा देख्छ र मन बहलाउँछ। अनि सहयोग गर्न हात आफ से आफ हात फैलाउँछ। 

जन्म ईलाममा भए पनि बि.स २०४५ सालमा आफ्नो बुबाआमासँग झापाको धाईजन बसाई सरेपछि जिवनलाई अझ बढि नजिकबाट बुझ्न थाल्नु भयो। बर्सेनी जन्मिएका ६ भाई र ३ बहिनी गरेर नौजनाको परिवारको जेठो छोरो भएकै खातीर घरको दुखलाई नियाल्दै जानु भयो। एक जना बुबाको मेहीनेत र परिश्रमले घर चलाउन गार्हो हुँदै गएको महसुस भएपछि एसएलसी नसकीकन मामाहरुसँग भारत तिर लाग्नु भयो। भाई बहिनीहरुको पढाईको चिन्ताले सदैब सताई रहँदा आईसी ६० रुपयाँबाट काम गर्न थाल्नु भएका गौतम दाईले छ महिना पछि आईसी ९० रुपयाँमा काम गर्न थाल्नु भयो। भाई बहिनीलाई पढाउने अबिभाराले सँधै पिरोली रहँदा भाग्यबश मुसलमान परिवारले सँचालनमा ल्याएको स्कुलको होस्टेलमा काम गर्ने अवसर मिल्यो। सोही मुसलमान परिवारले गौतम दाईको दु:ख बुझेर दुई जना भाईहरुलाई सित्तैमा पढाई दिने व्यबस्था मिलाई दिए। 

गौतम दाईसँग अत्यन्त मिल्ने साथी थिए कालु गुरुङ। उसलाई पनि सिफारिस गर्न लगाएर आफैले काम गर्ने स्कुलमा पढ्न बोलाउनु भयो। केही समय काम गरि सके पछि नेपाल फर्केर एसएलसी दिनु भयो र पुन: भारतनै फर्कनु भयो। फर्कदा आफ्ना भाई बहिनी लगाएत छिमेकीका छोरा छोरीलाई समेत लत्ताकपडा लिएर फर्कनु हुन्थ्यो। 

दाई भन्नु हुन्छ – म १७ वर्षको हुँदा इन्डियामा देउसीभैलो गरेर झापामा आफ्नो गाउँमा हलीबसेका (गोठाला खेती गर्ने ) वहाँहरुका छोराछोरीलाई पढ्नका निम्ति देउसी खेलेको पैसा ल्याएर स्कुलमा भर्ना गराउँन पाउँदा मलाई आनन्द आउँथ्यो । यसरी नै मेरो जिवनमा असक्षम बालबालिका र परिवारलाई सहयोग गर्न मन लाग्छ । मेरो गच्छे अनुसार भगवानले पनि राम्रै बाटो देखाउँदै गए मैले आफ्नो घर परिवारसंगसगै सबैलाई धेरथोर सहयोग गर्ने अवसर पाउँदै गए।

मनोज भाईलाई मैले भन्न छुटाएछु अस्ट्रेलीया आए पछि पनि धाइजन गाउँ कै यो ७/८ वर्षको अन्तरालमा दुइटा परिवारका एउटा सुबेडी कि छोरीलाई अनि राइ परिवार कि छोरीलाई बिएड ब्याचलर सम्म पढाएर बिहे गरिदिएको छु ।

भारत लगाएत केही सार्क देश घुम्दै जिवनमा आई पर्ने हण्डर अनि ठक्करलाई सहर्ष आत्मासाथ गर्दै अस्ट्रेलीया आउनु भएका गौतम दाई हाल बिरुवा नेपालमा सक्रिय भएर लाग्नु भएको छ। असक्षम परिवारका बालबालिका वा आमाबाउले फालेका बालबालिकालाई गाँसबास सुवास्थ्य र शिक्षाका लागि सहयोग गर्ने उद्देश्यका साथ आफुले जति सकिन्छ आफ्नो गच्छे अनुसार सयोग गर्ने उहाँको सङ्कल्प रहेछ।  मेरा छोराछोरी अष्ट्रेलियामा पढदैछन आउने वर्ष स्कुल सकेर कलेज जान थाल्नेछन पैसा पनि राम्रै कमाउलान  , तर मैले यसरी बिरुवा नेपाल मार्फत काम गर्दा छोराछोरीले मलाई धेरै हौसला दिएकाछन् साथै उनिहरुको भनाइ हामीले हाम्रा अष्ट्रेलियाका साथीहरुलाई समावेश गरेर बिरुवा नेपाललाई सहयोग गर्न सक्छौं भने। मलाई पनि आँट आयो हाम्रो दोस्रो पुश्तालाई हामीले यसरी नेपाल प्रति मायाले प्रेरित गर्न सक्छौं जस्तो मलाई लाग्यो । अन्त यस्तै छ मनोज भाइ मलाई चाहिँ वास्तविक जिवन मन पर्छ साँचोसत्य जिवन आनन्द हुन्छ जस्तो मलाई लाग्छ   

हाल ” बिरुवा नेपाल ” अन्तर्गत १२ जना बालबालिकालाई गाँस बास सुवास्थ्य र शिक्षा उपलब्ध गराइरहेको अवस्था छ । खर्च चाहिँ महिनामा नेपाली पैसा करिब ५० देखि ६० हजार जस्तो लाग्छ जसको लागि गौतम दाईले आफ्नै कमाइबाट पठाई रहनु भएको रहेछ, थोरबहुत गाउँघरबाट पनि सहयोग मिलेको रहेछ ।  बिरुवा नेपाललाई व्यवस्थित र व्यवस्थापन राम्रो बनाउने लक्ष्य दाईको रहेछ।

साच्चै दाईका यि कुरा सुने पछि निक्कै भाबुक बने। अस्ट्रेलीयाको जिवन शैली आफैमा सङ्घर्षपुर्ण छ। त्यस माथि परिवार भए पछि थप जिम्मेवारी बढ्छ नै। देख्दा सुन्दर अनि व्हा जस्तो लाग्ने अस्ट्रेलीयन जिवनशैली त्यस्तो सम्झे जस्तो सहज पक्कै छैन। खान र सुत्नको टुङ्गो नहुने व्यस्तताका बाबजुद पनि केही समय समाज र सामाजिक  हितको लागि छुटाउनु पक्कै उदाहरणीय कामनै ठान्छु म। बिगत चार बर्षदेखी हरेक बर्ष नेप्लीज एशोसीयसन अफ भिक्टोरीया न्याभले आयोजना गर्ने गरेको न्याभ बालदिवस कार्यक्रममा आफ्नो गक्ष्यले जतिसकेको फलफुल, जुस लगाएत खाजाको व्यबस्था पनि गर्दै आउनु भएको छ। सलाम छ गौतम दाई तपाईको आकाश जस्तो फराकीलो मनलाई। 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.