eNepal

बिदेश भन्दैमा सुनको अण्डा झर्दैन है

एकाएक मोबाईलमा घण्टी बज्छ। अरे यि काकीले त कहिलै सम्झिदैन थिईन्। आज कताबाट सम्झिछन्। अचम्ममै पो भो त। मन न हो दश थरीका कुरा खेलाउन थाल्छ। कहिले फोन नगर्ने मान्छेले एकाएक फोन हाने पछि मन चिसो हुनु स्वाभाबिकै हो। कतै केही पो भयो कि, कतै अप्रीए घटना पो घट्यो कि। उठाउन मन नलाग्दा नलाग्दै मन दर्हो बनाएर फोन उठाएँ। बाबु के छ हालखबर सन्चो बिसन्चो। कहिले आउछस् यता अहँ केही छैन। बाबु छोरोले एसईईमा राम्रो ग्रेड ल्याएर पास गर्यो। अब कस्तो छ कुन्नी तँ गएको ठाउँ। सबैले राम्रो छ भन्छन् पैसो नि कमाईन्छ जस्तो छ। लौ है कसरी हुन्छ तान्न पर्यो। पैसो सैसो के कती लाग्छ। तेरो आश छ है बाबुलाई तै भए तिर ल्याउन पर्यो। 

झनक्क रिस उठ्यो। कहिलै फोन नगर्ने ति काकीले पक्कै केही भन्न त फोन गरिन् जस्तो लागेको थियो। उनको कुरा सुन्दा लाग्यो कि मै हुँ भिषा लगाई दिने मान्छ अथवा अस्ट्रेलीयिामा मेरो नेपालको जस्तो सोर्स फोर्स चल्छ अनि आजको भोली भिषा लगाएर केटो अस्ट्रेलीया आउँदैछ। 

अब भन्न त मिलेन हुन्छ म डोरी पठाईदिन्छु अनि भाईलाई त्यहि डोरीमा झुन्डाई दिनु यताबाट म तान्छु। अरे यार बाईकमा मैयाँलाई सरर घुमाएको जस्तो, साग भुटुनमा झ्वाईयाँ पारे जस्तो अनि हाटबजार गएर तरकारी किन्दा दलाल गरे जस्तो हो र बिदेश आउन। 

फलानो गयो यति कमायो, चिलानो गयो आएर बिहे गरेर केटी पनि लिएर गयो, फलानोले चार बर्षमै घर बनायो। फलानीकि छोरी गएकी बर्ष दिन भा छैन पिआरवाला केटोसँग बिहे गरिछ। हो यहि अरुसँग दाँझेर, अरुसँग तुलना गरेर हामी आफै मृत्युको मुखमा पुगी रहेछौ। म कहाँ छु, मेरो धरातल के हो, म कतिको बुझ्न सक्ने भएँ। मेरो भोलीको लक्ष्य के हो। म किन जाने, के का लागि जाने। जाँदा बढि फाईदा छ कि छैन। अहिले जान के म सक्ष्यम छु। कतै चाँडो पो भएन। भोली केही भवितव्य परे यसो मन बहकाउने, संरक्षण गर्ने कोही छ की, अभिवावकत्व जिम्मेवार गर्ने कोहो पो छ कि। यस्ता अती आवस्यक कुरा नबुझी, हो हो र लहै लहैको भरमा लागेर। फलानो र चिलानो अनि ढिस्कानाले यसो गरे, उती गरे भनेर हतार हतार आउने अनि जि्दगी भरि पछुताउनेहरु देखेर उदेक लागेर आयो।

अव ति काकीलाई माथीका कुरा सवै बेली बिस्तार लगायो भने उँ हेर्न आफु गयो। सेटल भयो अनि हाम्रा छोरा छोरीको राम्रो हुन्छ, प्रगती गर्छन् भनेर ढाडिएर “आईज” “म छु” त के भन्थ्यो। नानाभातीका कुरा बुन्छ रिसले मरि सक्यो भनेर गाँउ भरि ढोल पिट्छीन त्यो पक्का हो। आउँ भन्यो भने कतै भोली ढिला चाँडो फेरी अर्को काठको बाकसमा जान पर्ने पो हो कि। के थाहा भोलीको कुरा। 

सुनेको कुरा, कल्पिएका कुरा अनि मनगणन्ते कुराले केही समय खुसी भईएला, केही दिन रमाईएला अनि केही दिन बाँचिएला तर हिम्मत छैन, आँट छैन, पारिवारीक स्थिती खासै राम्रो छैन, मन छोटो छ भने ढिलो चाँडो मान्छेले अप्नाउने बाटो त्यहि हो। 

बिदेश पठाउनु वा आउनु मात्र ठुलो हुँदै होईन।बिदेशमा हुने चुनौतीहरुको सामना गर्न पनि अर्को महान चुनौती हो। 

बिचार गरौ, ठण्डा दिमागले सोचौ। गएका साथीभाईलाई सरसल्लाह गरौ। आफ्नो हैषीयत हेरौ। आफ्नो पारिवारीक पृष्ठभुमी हेरौ।दश तिर नजर नडुलाउँ। हिम्मत र सङ्घर्ष गर्न सकिन्न भने सोच्दै नसोचौ बिदेशको कथा। सुन फल्दैन बिदेशमा, ला तँलाई गार्हो छ भनेर कसैले केही दिदैन। कठै बिचरा भन्छन्। मरे पछ् बोरु लाश पठाउन सहयोग गर्छन् तर जिउदो हुँदा कस्तो छ कसैले भन्दैन जव सम्म आफ्नो भित्रको पिडा बोलिन्न वा भनिदैन। पिडा छ भने भन्नु होस्, पक्कै कसैले सुन्छ। सुल्झाउने तिर जानुहोस् तर होतोत्साही भएर नराम्रा बोटो नपहिलाउनु होस्।आफु नहुँदा जन्म दिने आमा बालाई कस्तो असर पर्ला एक चोटी सम्झिनोस्। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349