तन मन र लगनशिलका साथै निस्वार्थ कटिबद्द भएर लाग्ने मान्छे नै समाजको सेवी हुन्छ।जिवनमा मुख्य कुरा के हो भने हामीले कस्तो परिवार, साथीभाइ वा वातावरण संग उठ्ने बस्ने गरिउँ र आमाबुवाले हामीलाई कस्तो संस्कारमा हुर्काउनु भयो त्यस्को नै परिणाम हाम्रो जिवनले देखाउँदै लैजाने छ । जिवनको गोरेटोमा अचाँइदोलाइ वा अन्यायलाई असल आँखाले देखेपछि मन त्यसै पग्लिन्छ र मनले मनलाई प्रश्न गर्न थाल्छ तँ केही गर्न चाहन्छस् भने यो अफ्ट्यारोमा परेको मानिसलाई सहयोग गर र सन्तुष्टीको सास फेर अनि राती सुत्नु कति मिठो निन्द्रा लाग्छ भनेर मनले भन्छ । साँच्चै समाजसेवा गर्नका लागि कुनै संस्थाको हाकिम बन्नुपर्छ जस्तो मलाई लाग्दैन, स्वार्थ मनले होइन निस्वार्थ मनले समाजसेवा गर्दा मिठो निद्रा लाग्छ ।
समाजको दु:ख सुखमा बिरलै मान्छे निस्वार्थ रमाउने गर्दछन् किन कि जसले लोभ लालचलाई आफ्नो छेउछाउमा राख्न चाँहदैन उसैले मात्र समाजसंग हातेमालो गर्न रमाउने छ ।
जिवनमा स्वार्थ राख्नुपर्ने हुन्छ तर त्यो स्वार्थ जिम्मेवारीको स्वार्थ हुनुपर्छ आफ्नो घरपरिवारलाई खुशी दिनका निम्ति साथीभाइसँग पारदर्शी हुनका लागि ताकि साथीहरुबाट यस्तो सन्देश पाइ राखीयोस कि समाजको काम गर्न हौसला र जाँगर मन भित्रबाट आपसेआप आवोस् ।
मैले केही पाउँछु मलाई कसैले स्याबासी दियोस् वा नातोगोतोलाई फाइदा पुगोस भनेर समाजसेवी गर्न उच्चित हुँदैन । समाजमा भएका विकृति साथै अन्यायमा परेकालाई न्यायिकको बाटो देखाउन र विकृतिलाई परिवर्तन गर्नका लागि प्रष्ट धारणा मनमा राखेर समाजमा उभ्भिन सकिन्छ भने मात्र म समाजसेवी गर्छु भन्नु उच्चित हुन्छ । हामीले एउटा कुरा ध्यानमा राख्नु पर्ने हुन्छ त्यो केहो भने समुदायबाट समाजलाई संचालन गरिएको हुन्छ र व्यक्तिबाट समाज कहिले पनि संचालन हुन सक्दैन । असल मान्छेले वा असल समाजसेवीले उनीहरु देखि टाढा रहनु राम्रो हुन्छ जसलाई धनाढ्यहरुले आफ्ना दलालहरुलाई आफ्नो दुनो सोझ्याउनका लागि समाजसेवी बनाएका हुन्छन् ।
जिवनमा आफुले आफुलाई सचेत राख्नुपर्ने हुन्छ किनभने समाजसेवी यस्तो कार्य हो कि अरुलाई प्रेरणादायी बनोस् ।असल समाजसेवीलाई बदनामीबाट बच्नको लागि धेरै कसरत गर्नुपर्ने हुन्छ यहाँ सम्म कि मृत्युलाई अंगालेर आउने पुस्तालाई प्रेरणाको स्रोत बन्न सक्नुपर्छ ।