eNepal

भिजन फर मोटीभेसन (VFM ) ले गर्यो एन आर एन् ए चुनाबमा भएको फोहोर संकलन।

देबराज दुलाल (इ-नेपाल)

सुमन पौडेल

कुनै दिन गैर आवसी नेपालीहरुलाई दोहोरो नागरिकता दिनु पर्छ वा दिनु हुंदैन भन्ने बिषयमा बादबिबाद गरेर Nepal’s Top 7 Debators जितेको थिएं। एक बर्ष अगाडि देखिको अस्ट्रेलिया बसाईको दौरानमा गैर आवासिय नेपालीहरुको बारेमा पनि धेरै कुराहरु जान्ने मौका मिलि रहेको थियो।

तात्दै गरेको चुनावि माहोल हेरेरै यस्लाई नेपालको एडु फेयरको सङ्ज्ञा दिउकि नेपालकै चुनावको, रनभुल्ल पर्ने स्थिति थियो। गेट भन्दा पर पर बाटै देख्न सकिन्थ्यो चुनावि प्रचार प्रसार र त्यसमा प्रयोग भ​एका समाग्रि हरु, झट्ट हेर्दा, एस एल सि सकिएपछि भ्रिकुटि मण्डपमा लागेको एडु फेयर जस्तै, भुईमा फालिएका पम्प्लेट्स, फ्लाएर, कलेक्सन गरेर रु २ कै रेटले बेचेको भ​एनि रु ८०० त मजाले कमाईन्थ्यो।

नेपालको चुनावको झल्कोचै यसर्थमा पनि लाग्यो कि, बिभिन्न उम्मेद्वारका पक्ष बाट त्यी उम्मेद्वारको नाम सम्म पनि नसुनेका पनि त्यी ब्यक्तिको नाम ठुल्ठुलो स्वरमा हुडिङ्ग गर्दै भोटरहरुलाई फ्लाएर बांड्दै थिए। सायद बिरलै उम्मेद्वार र टिम थिए होला जस्ले स्वोयेमसेवकलाई ८-१० घन्टा सम्म भोल्युन्टियरिङ्ग गर्दा चिया र नास्ता समयमा उपलब्ध गराए।

बिस्तारै चुनाव सकियो, भिडभाड घट्दै गयो। अनि देखिंदै गयो त्यहाको फोहोरको डुङ्गुर​। केहि थान बिन मात्रै राखिदिएको भ​एनि स्वबिबेक भएका धेरै मान्छेहरुले ति बिनमै फाल्थे होला। तर अपसोच त्यसो केहि प्रबन्ध थिएन​। ति फोहोर देख्दा नि हामी आफैं लज्जासपद महसुस गर्ने स्थितिमा थियौं। भि एफ एम का पक्षबाट हामीले ति सबै फोहोर ब्यबस्थापन गर्ने अठोट लियौं। हामी मध्ये केहि अझै आफुमा आत्मबिस्वास थिएन कि त्यो सबै हामीले सफा गरि सक्नेछौ भनेर​। म्याक्स दाई, सुरज दाई, महेस ब्रो, बद्रि दाई , कन्चन दि हामीले एक्जिट देखि इन्ट्रि पोइन्ट सम्म पुरै सफा गर्यौं।

एन्ट्रि बाट भित्र पस्ने क्रममा उम्मेद्वारहरुलाई नै हौसला प्रदान गर्दै अलिकति भ​ए नि रेस्पोन्सिब्ल फिल गराउन खोज्दै गर्दा केहि सिप लागेन​। दिएका बिन ब्याग हरु बारमा लेर ग​एर छोडिए। कति महानुभावहरुलाई बसिरहेकै बेन्चबाट उठि दिनुस त्यहा भ​एको फोहोर उठाएर सहयोग गरिदिनुह्होस भन्दा नि साह्रै ज्यान भारि गरेर उठिदिन्नु भयो। बिना ग्लोव्स​, चुनाव भवन बाहिरको सम्पुर्ण फोहोर हरु। लन्च बक्स देखि बच्चाको डाईपर सम्म सोरियो। टुटेका फोम ग्लास​, अन्नि पानिको आहालमा डुबिरहेको कागज, न्याप्किन सबै सबैनै डिटेलमा सफा गरियो।

जे भ​ए पनि आफ्नो कार्य बाट सन्तुष्ट भ​एर फर्कियौं। आज बिहान एकाएक सुरज दाईको भिडियो हेर्दै गर्दाचै अवश्य पनि लाग्यो स्वबिबेक हराएका समर्थक र उम्मेद्वारिका क्रममा रित्तिएका मदिराका बोतलहरु यत्रतत्र छरिएका रहेछन कति फोडिएका रहेछन्। अझै कोहि कसैले एन आर एन ए लाइ गैर जिम्मेवार ठहर गर्दै केहि ग्रुप्मा गरेको पोस्ट देख्दा साह्रै नमज्जा लाज्ञो। तर फेरि भि एफ एम का हाम्रा दाजुहरुले पुनः सबै उस्तै पार्नु भ​एछ​।
हामी को हौं?
हाम्रो परिचय हामी आफैंले दिनु पर्छ​,हाम्रो परिचय हाम्रो कामले दिनुपर्छ​।
VFM

Related posts

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

मेल्बर्नमा लकडाउनका कारण तीजका कार्यक्रम प्राए रद्द, तास्मानीयामा हुँदैछ गज्जबको तयारी

Manoj Poudyal

तीज गीतमा नाँचेको भिडीयो पठाउनु होस्, गज्जबको नगद पुरस्कार हात पार्नुहोस्

Manoj Poudyal

अस्ट्रेलियामा एकै साता तीन नेपालीको दुखद निधन

Manoj Poudyal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टामा ११ संक्रमित थपिए, १७ हजार भन्दा बढीले लगाए खोप

Dev Chapagain