नेपाली दर्शकहरुले औधीनै रुचाई दिनु भएको शुद्ध नेपाली चलचीत्र बाटो मुनीको फुल -२ मेल्बोर्नमा लाग्ने भएको छ। केही महिना अगाडी मेल्बोर्नमा प्रिमीयर शो गरिसकेको यस चलचीत्रको शुरुवातमा खासै उल्लेखनिय नतीजा हाँसील गरेको थिएन।तर जब दर्शकहरुले चलचीत्र हेरे पछि दिनु भएको प्रतीक्रीयाका आधारमा यस चलचीत्र यसरी हिट भयो कि योसँगै लागेका चलचीत्रहरु सबै ओझेलमा परे। चलचित्र हिट हुनलाई हिट कलाकारको कुनै आवश्यक पर्दैन। कथा बस्तु , अभिनय र निर्दसकीय गुण अव्वल भएमा चलचीत्र हेर्न दर्शक त्यसै लालायीत हुन्छन् भन्ने कुरालाई साबित गरेको छ बाटो मुनीको फुल-२ ले।
नेपाली समाजमा आजसम्मपनि उन्मुलन हुन नसकेको बिध्यमान जातीय बिभेद जहाँ उपल्लो बर्ग र तल्लो बर्गको भनेर जातको नाममा समाजबाट अवहेलीत हुनुपरेको साँघुरो मानसिक्ताबाट ग्रस्त समाजको तितो बास्तबिकतालाई यस चलचीत्रमा देखाउन खोजीएको छ। यो चल्चीत्र बाटो मुनीको फुलको सिक्वेल चलचीत्र हो जसमा दिलीप रायमाजी, यश कुमार, बाबु बोगटी, रीचा शर्मा, रीमा बिस्वकर्मा, अशिस्मा नकर्मी र अर्पन थापा लगाएत भिम न्यैपानेको बेजोड अभिनय रहेको छ।विदेशी फिल्मको गन्ध समेत नआउने नेपाली सामाजिक फिल्म ‘बाटो मुनिको फूल २’ हेर्न विशेष गरी युवा आएका छन्/ प्रेम मिलन बिछोड, पारिबारिक मनोरन्जन सामाजिक द्धन्द अनि राजनीति आदि कथा बोकेको नेपाली फिल्म बाटो मुनिको फुल २ सबै दर्शक मन जित्न सफल भएको छ।
दर्शकहरुको मागलाई ध्यानमा राखेर आगामी ६ जुनमा मेल्बोर्नको चाईना टाउन सिनेमा हलमा बाटो मुनीको फुल -२ बेलुका ६:०० बजे लाग्दैछ।