eNepal

गौतम लामिछानेले निर्माण गरेको सन्देश मुलक चलचित्र “मन त हो” च्यारिटी शो सम्पन्न

 

मेल्बोर्नमा आज सधै भई रहने कार्यक्रमहरु भन्दा पृथक किसीमको कार्यक्रम आयोजना भयो। गीत सङ्गितका कन्सर्ट अनि व्यबसायिक चलचित्रको प्रदर्शन भईरहेको व्यस्त मेल्बोर्नमा आज सन्देश मुलक चलचीत्र मन त होको च्यारिटी शो सम्पन्न भएको छ।

एस्कटभेल स्थित चर्च अफ साईन्टोलोजी अफ मेल्बोर्नमा भएको शोमा मेल्बोर्नका चिरपरिचीत अनुहारहरुको उपस्थिती रहेको थियो।

आज संयोगनै मान्न पर्छ असार पन्द्र यानिकी दहि चिउरा खाने दिन। उक्त सो हेर्न आएका सबै पाहुनालाई आयोजकका तर्फबाट दही चिउरा खुवाएर स्वागत गरिएको थियो। 

कार्यक्रमको शुरुवातमा मन त होका निर्माता एवम् बिरुवा नेपालका सँस्थापक गौतम लामिछानेले बिदेश आएर सङ्घर्ष गर्दै गर्दा आफ्नो देश, आमाको काखलाई बिर्सन हुँदैन भन्ने सन्देशका साथ बिदेशी भुमीमा बसेका  नेपालीहरुको मनोभाबनासंग मिल्ने खालको फिल्म बनाएको कुरा व्यक्त गर्नु भएको थियो। साथसाथै उपस्थित सबैलाई धन्यबाद दिदै सबैलाई मायाँको चिनो प्रदान गरिएको थियो।

बिरुवा नेपाल अनाथ बालबालिका तथा पिछडिएका एवम् आसहाय बालबालिकाको स्वास्थ्य शिक्षा गाँस बासका लागि खोलिएको सँस्था हो जसमा २० भन्दा बढि बालबालीकाहरु संरक्षणमा रहेका छन्। 

बिरुवा नेपालका सरंक्षक एबम् चलचीत्र “मन त हो”का निर्माता गौतम लामिछानेको स्वागत मन्तव्य 

 

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349