eNepal

निराजन गौली “एनआरएनए आईसीसी सदस्यका उमेदवार” – एक परिचय

चुनाब, उमेदवार अनि जीत र हार एकातिर होला तर समाजमा को कति कुन हिसाबले सक्रिए छ त्यो उसले गरेका काम र सामाजीक सेवा प्रती दिएको समयबाट धेरैले मुल्याङ्कन गरि रहेका हुन्छन्। 

यो समाजमा धेरै यस्ता समाजसेवी छन् जसले केबल फोटो खिच्नको लागि समाजसेवा गरे र समाजसेवीको पगरी भिरेर सबैको दर्शन खादै हिडे र हिडीरहेछन् पनि।

आज यहाँ कुरा गर्न लागिएका व्यक्ति गफ भन्दा बढि कामलाई बिश्वास गर्छन्। आज यहाँ कुरा गर्न लागिएका व्यक्ति हुन् निराजन गौलीको जो यसपाली एनआरएनएको जुलाइ ६ मा हुन गइरहेकाे निर्वाचनमा आइसिसी सदस्यको रुपमा आफ्नो उमेदवारी दिदै हुनुहुन्छ।

फेरी भन्नु होला यसले पक्कै पैसा खाएर लेख्यो।अहँ म थोरै मान्छेका मात्र कथा लेख्छु जसलाई मैले मात्र हैन समाजले नै अर्थपुर्ण व्यक्तित्वका रुपमा हेरेको हुन्छ। मैले स्वम् यो लेख्नलाई निराजन गौलीसँग अनुमती लिएको थिएँ।

विगत सात वर्षदेखि अष्ट्रेलियाको मेल्वर्नमा बस्दै आउनु भएका निराजन गौली त्यहि समयदेखिनै एनआरएनए संस्थासँग प्रत्यक्षरुपमा आबद्ध रहँदै आउनु भएको छ

परिवारको रोजिरोटीको लागि इन्जिनियर पेशा रुपमा हाल कार्यरत रहेपनि एनआरएनए संस्था मार्फत समुदायलाई विगतमा झैँ आउँदो दिनमा पनि सेवा गर्ने तिव्र इच्छा भएको कारण यसवर्षपनि एनआरएनको चुनावमा एनआरएनए आईसीसी मेम्बरका तर्फबाट आफ्नो उम्मेद्धारी दिदै हुनुहुन्छ । 

उहाँको एनआरएनसँगको संलग्नताको यात्राबारे बुँधागत रुपमा यस्तो रहेको छ।

क) एनआरएनए भिक्टोरीयाको SCC मेम्बरको रुपमा २०१३ देखि २०१५ सम्म आबद्ध । 

ख) एनआरएनए एनसीसीको मेम्बर (NRNA NCC Member) को रुपमा कार्यरत (२०१७ – २०१९)

ग) एनआरएनए एनसीसीको अन्तर्गत Skill, Knowledge and Innovation (SKI) Task force को सचिबको हैसियत काम गरिरहेको र SKI workshop, SA मा प्रमुख भुमिकामा रहि 13 April 2019 मा Workshop सम्पन्न।

उक्त यथार्थसँगै उहाँले कहिल्यैपनि ठूलो पदको लागि एकैचोटि हाम फाल्ने चेस्टा कहिले गर्नु भएन ।सधै प्रोग्रेसिब र निरन्तरतामा विश्वास गर्ने निराजन गौलीले कुनैपनि कामगर्दा त्यससम्बन्धित संस्था होस् वा वस्तु त्यसको बारेमा सतहदेखि बुझ्दै सतहमै रहेर काम गर्ने अठोटका साथ यसपाली आफ्नो उमेदवारी दिनु भएको छ। एनआरएनएमा हुँदा पनि पहिला राज्यको कार्यपाटि बुझ्दै , त्यसपछि नेसनल रुपमा एनआरएनएले गर्ने कार्यको बारेमा बुझ्दै र अब भने चाँही आईसीसीको कार्यदलमा बसेर कार्यपद्धती बुझ्न र समुदायको हितमा अझ वृहत रुपमा काम गर्न पाईयोस भन्नका खातिर यसपाली उहाँको उमेदवारी रहेको छ।

त्यसैगरी विगतमा समुदायमा गरेको कार्यहरुको बारेमा केही मुख्य बुँदाहरु ,यस प्रकार रहेका छन् –

क)  NRNA अष्ट्रेलिया अन्तर्गत बनेको Draught effected Farmer support initiative program को Coordinator को हैसियतले Walgett Shire Council NSW संगको साझेदारीमा “Beat the Heat” कार्यक्रमलाई $7000.00 dollar सहयोग गरि NRNA Australia लाई charitable अर्गनाईजेसनको रुपमा बिकास गर्न र सहयोग लिनेमात्र नभई, आबस्यक पर्दा यहाँको Australian समुदायलाई सहयोग दिन सफल रहनु भयो जसमा उहाँले मुख्य भूमिका खेल्नु भएको थियो। 

ख) समुदायसंगै जोडिएर काम गर्ने सिलसिलामा Australia Nepal Public Link (ANPL) को अध्यक्षको रुपमा कार्यरत र यही संस्थाबाट Road Safety, Water Safety and Home and Car Safety with insurance information program मेल्बर्नको बिभिन्न Suburb हरुमा रहेको नेपाली भाषा पढाईने संघ संस्थाहरुसंगको साझेदारीमा 5 वटा Suburb हरुमा सम्पन्न गरिसक्नु भएको छ र थोरै भएपनि आर्थिक सहयोग जुटाएर एउटा उधाहरणीय काम गर्नु भयो।समुदायको हरेक कार्यहरुमा र एनआरएनएको हरेक क्रियाकलापमा योगदान गर्दै आउनु भएको छ।

ग) बिगतमा नेपालमा भुकम्पको बेला होस वा बाढिले तराईलाई आक्रान्त पारेको बेला होस सबै समयमा उहाँले आफ्नो बलबुताले भ्याएसम्म दिन रात नभनि खट्ने काम गर्नु भएको थियो।

घ) एनआरएनए अष्ट्रेलियाको प्रोग्रामको रुपमा रहेको नेपाल फस्टिवल २०१४ मा Tourism and investment promotion workshop को मुख्य भुमिका सहित गत सालमा स्टल म्यानेजमेन्टको संयोजक भएर काम गर्नु भएको थियो। ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349