मेल्बोर्नमा बसोबास गर्ने आमनेपालीको लागि गौतम लामिछाने खासै नौलो नाम पक्कै होईन।उनलाई समाजसेवीका रुपमा धेरैले चिन्छननै अव उनी जोडिएका छन् चलचीत्र निर्माताका रुपमा पनि।
पछिल्लो समय उनले चलचीत्र “मन त हो” निर्माण गरेका छन् जसलाई निर्देशन गरेका छन् सुवास लामिछानेले भने स्वयम गौतम लामिछानेको कथा रहेको छ।
बिरुवा नेपालको सहयोगार्थ चलचीत्र मन त होको प्रिमीएर शो ३० जुन आईतबारका दिन चर्च अफ साईन्टोलोजी अफ मेल्बोर्न एस्कटभेलमा प्रदर्शन हुने भएको छ। थप जानकारी तलको पोस्टरमा हेर्न सक्नु हुनेछ।
गौतम लामिछाने भन्छन् व्यवसायको लागि होइन समाजसेवा गर्नको लागि फिल्म निर्माणमा पाईला चालेको हुँ। यसबाट उठेको सबै रकम बिरुवा नेपाल नामक सँस्थामा जाने छ।
आखिरी के हो बिरुवा नेपाल यसका बारे यसो भन्नु हुन्छ गोतम लामिछाने –
हाल ” बिरुवा नेपाल ” अन्तर्गत २० जना भन्दा बढि बालबालिकालाई गाँस बास सुवास्थ्य र शिक्षा उपलब्ध गराइरहेको अवस्था छ । खर्च चाहिँ महिनामा नेपाली पैसा करिब ५० देखि ६० हजार जस्तो मैले आफ्नै कमाइबाट पठाउने गरेको छु, गाउँघरबाट पनि सहयोग पाउने गरेको छ। मेरो इच्छा चाहिँ व्यवस्थित र व्यवस्थापन राम्रो बनाउनु पर्ने छ। बालबालिकाका अभिभावकहरुको पनि ध्यान राख्ने गरेको छ बिरुवा नेपालले।
आउँ सबै मिलेर यो च्यारिटी शोलाई सफल पारौ र बिरुवा नेपाललाई सबै मिलेर जति सकिन्छ सहयोग गरौ।