eNepal

प्रकाश सपुत र शम्भु राईबिच कुरो मिल्यो

गलबन्दी गायक प्रकाश सपुत र शम्भु राईबीच सहमती भएको छ । गायक शम्भु राईले प्रकाश सपुतलाई आफ्नो देउसी भैलो गीतको लय चोरी गरेको आरोप लगाएका थिए । उनीहरुको प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा छलफलमै सहमतिमा भएको छ ।

शम्भु राइले ‘गलबन्दी’ गीत समावेश भाका आफ्नो ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका थिए । उनीहरुबीच लामो समय देखि छलफल भइरहेको थियो । तर, यो विवाद रजिस्टार कार्यलय पुगेर टुंगिएको छ । सहमती अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि आर्थिक अधिकार एवम् प्रतिलिपी अधिकार दाबी नगर्ने सहमति भएको छ ।

शम्भु राइले कानुनी उपचार खोज्दै प्रतिलिपी अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमती पनि दुई गायकबीच सहमती भएको छ । यो विवाद उत्पन्न भएसँगै सामाजिक सञ्जालमा पनि विवाद उत्पन्न भएको छ । त्यसैले सामाजिक सञ्जालमा आउने भ्रमित विषयवस्तु र समाचारलाई अन्त्य गर्दै आगामी दिनमा यस विवादको विषयमा कुरा नगर्ने सहमती भएको छ ।

Related posts

Join Rewards Gambling Enterprise: A Guide to Optimizing Your Rewards

अविलास

Find affordable prices for Custom Research Paper Writing Services

अविलास

Free Demo Slot Games: The Ultimate Guide

अविलास

Sign Up Benefits Gambling Enterprise: Everything You Need to Know

अविलास

अविलास

Leading Neteller Gambling Establishments: A Comprehensive Guide

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349