eNepal

बाबुआमाको अस्ट्रेलीया भ्रमण स्वर्ग वा नर्क ?

छोराछोरी बिदेश गए पछि आफ्ना बाबुआमा लाई बिदेश घुमाउने रहर कसलाई हुदैन होला र ! उता बाबुआमा पनि बिदेशिएका छोराछोराको कुरा सुनेर एक पटक त जानै पर्छ भनेर सपना बुनेरै बसिरहेका हुन्छन ।

बिदेश गएका छोराछोरीले आफ्ना बाबुआमा लाई दुई तरिकाले बोलाउछन । एक बाबुआमाको इच्छा आकांक्षा पुरा गरि दिन बिदेश घुमाउन र अर्को आफ्नो आबस्यकता परेर या नि कि तेल भिषा, धराले वा डे केयरको लागि ।

बिध्यार्थिहरूको ग्रेजुएसन नाममा पनि बाबुआमाहरू बिदेश घुम्न बोलाउने चलन छ । छोराछोरी बोर्डिडमा पढाउने र बिदेश पठाउन सक्ने प्राय सबै धनि र हुने खानेहरू नै हुन । त्यसैले बिध्यार्थिको ग्रेजुएसनमा आउदा केहि डलर बोकेर आउने र आफैले कंजुस नगरि खर्च गरि छोराछोरी आशा नगर्नु राम्रो होला ।नत्र नेपालमा भएको धन संम्पत्ती र बैक ब्यालेन्स किन र कस्को लागि ? लुरूक्क आउने र खुरूक्क फर्कने नगरि घुमेर फर्कनु होला । यदि जागिर वा ग्रिन कार्ड झारि सकेको अबस्था भएमा कुरा बिपरित हुन सक्छ ।

जुन सुकै तरिकाले भए पनि बाबुआमा बिदेश आउछन । छोरा बुहारी वा छोरी ज्वाई पनि दुई प्रकारका हुन्छन ।

एक बाबुआमा लाई धेरै चोखो माया प्रेम गर्ने र समय निकालेर घुमफिर गराउने र शुख संग राख्ने ।

अर्को चाहिदा सम्म मज्जाले काम गराउने आफ्नो काम सकिए पछि आफ्नो दुख र ब्यस्तता देखाउने अनि नेपाल पठाउने ।

कति बाबुआमाहरू नेपाल बाटै बिदेशको बारेमा कति कुराहरू सुनेर वा देखेर बुझेर आएका हुन्छन । आए पछि छोराछोरीको बोलि बचन र ब्यबहार देखे पछि कुरा बुझ्छन र टाप कस्छन ।

जति नपढेका भए पनि बाबुआमा हुन अनुहार हेरेरै बताई दिन सक्छन । सुत्ने बेलामा बाबु भन्छन “ बुढि चाल निको त छैन नि छ महिना टिकियला र ?” बुढि भन्छिन “ दुई चार दिन हेरौ न भर्खर त आएका छौ ।”

कुनै पनि बाबुआमा बिदेशमा आएर ग्रिन कार्ड , पिआर वा अन्य कुनै प्रलोभनमा परेर एक दिन पनि बस्न चाहदैनन। उनिहरू लाई नेपाल कै स्वतन्त्रता प्यारो छ । सुनको पिजडामा उनिहरू बाच्न चाहदैनन ।

कति छोराछोरीले आफ्नो स्बार्थको लागि बिदेशमा राख्न चाहन्छन । परिबार त के सबै गाऊ र समाज लाई नै थाहा हुन्छ । को कस्तो छ भन्ने कुरा समाजले राम्ररी मुल्याकंन समेत गरि सकेको हुन्छन ।

बिदेशमा निक्कै पढेका, पैसा कमाएको र समाजसेबी कहलिएका हरूको बाबुआमा हरूको गुनासो पनि सुनिन्छ देखिन्छ । नेपालको अबस्था बारेमा पनि सुनिन्छ र देखिन्छ । छोराछोरी बाट गरेका बार्तालाप र ब्यबहारहरू पनि समाजमा छताछुल्ल हुन पुग्छन।न त उनिहरू भेटघाटको लागि नेपाल नै जान्छन , न त हेरचाह नै गर्छन। सुन्दा पनि मन चसक्क दुख्छ ।

कति बाबुआमाहरू “नर्कै रहेछ बिदेश” भनेर कुरा गर्न नै चाहदैनन । कोठा भित्रै थुनिएर बसेको उकुसमुकुस बाट उन्मुक्ति भै स्वतन्त्र भएर नेपाल नै जान चाहन्छन । छोरा बुहारी वा छोरी ज्वाई को नाटक बुझ्न पलभर पनि लाग्दैन उनिहरू लाई ।

कतिका बाबुआमा बिदेश मै बस्न मन पराउछन ।छोराछोरी र नाती नातिनाको माया प्रेम र शुख सुबिधा देखेर नेपाल फर्कन मन गर्दैनन र भन्छन “ ग्रिन कार्ड वा पिआर लिएर यतै बस्ने चाजोपाजो मिलाई दे ।” जसले बाबुआमा बिदेशमा राख्न सके वा बस्ने बातावरण बनाउन सके मेरो बिचार उनिहरू दुवै भाग्यवानी नै हुन र उनिहरूको माया प्रेम चोखो भनिरहनु परेन ।

कति भाग्यवानी बाबुआमाहरू बिदेश भ्रमण पछि प्रफुल्ल हुदै फर्केर भन्छन “स्बर्ग कै टुक्रा रहेछ” अब चाजो पाजो मिलाएर म पनि उतै बस्न जान्छु । भिषा थप्छन र पटक पटक आउने जाने गरि रहन्छन ।बाबुआमा खुशी साथ छोराछोरी नातीनातीना संगै बिदेशमा नै बस्छन रमाउछन र हासी खुशी जिवन बाच्छन ।

मेरो अनुरोध :

बाबुआमालाई बिदेश पठाउदा कसैको टिकटमा टासिएर ट्रान्जिटमा १२-१६ घन्टा नपार्नु होला ।

लाने मानिस संग जबरजस्ति टसाएर नपठाउनु होला।

हुइल चियर राखे ढुक्क भन्दै पढे लेखेका र हिड्न सक्ने बाबुआमा लाई पनि बन्दनमा नपार्नु होला।

ट्रान्जिटमा दुबै, लन्डन वा टर्मिटल नै फरक हुने बाटो हुने प्लेनमा सके सम्म नपठाउनु होला । दोहा(कतार एयर) एउटै टरमिनल र धेरै नेपाली कामदार हुनाले सजिलो ।

ह्यान्ड क्यारिमा औषधी र कागजात राखी सानो ब्याग मात्र दिनु होला ।

सजिलो र कम ट्रान्जिट भएको प्लेनमा टिकट काटेर पैसा संग सैदाबाजी नगर्नु होला ।

आउदा कम्तिमा एयर पोर्ट आफै लिन जानु होला ।

बिदेशको दुख र कष्ट बाबुआमा लाई भनेर वा देखाएर दुखि नपार्नु होला ।बरू नबोलाउनु होला ।

कम्तिमा यत्रो समय, दुख र खर्च गरि ल्याई सके पछि समय निकालेर प्रमुख शहर र टुरिष्ट आकर्षण क्षेत्र घुमाउनु होला ।

बाबुआमाको बिदेश भ्रमण यो नै प्रथम र अन्तिम हुन सक्छ भन्ने कुरा मनमा राख्नु होला ।

जति नै पढे,बढे र कमाए पनि बाबुआमा प्रतिको कर्तब्य इमान्दारी पूर्वक पुरा गरि खुशी संग राख्नु छोराछोरीको धर्म हो ।

बाबुआमाको बिदेश भ्रमण स्वर्ग वा नर्क वनाउने हात छोराछोरी कै हातमा ।

महेश भट्टराई ,मेरिल्याण्ड 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349