नाँच्न या नचाँउनु एउटा कला हो जो सबैसँग हुँदैन। नाट्यश्वरीले यो बरदान जो कोहीलाई दिएको हुँदैन तर यदि हामी बिच दृड सङ्कल्प र आत्मबिस्वास हुने हो भने नाच्नु कुनै नौलो र गार्हो भन् पक्कै छैन। नाँचका बिभीन्न शैली र किसीमहरु मध्य जुम्बा नाँच यस्तो नाँच हो जसमा जो कोही चाहे केटा केटी, अधबैंशे होस या बुढा बुढी जो कोही मस्तसँग सङ्गीतको धुनमा झुम्नु हो। यसको लागि कुनै नृत्यकलामा पारङ्गत हुनै पर्छ भन्ने कदापी छैन।
“कामको तनाब, कलेजको तनाब, घर परिवारको तनाव, व्यापार व्यबसायको तनाब यस्ता यावत तनाबहरुले झेलिको परदेशी जिन्दगीमा एकछिन भए पनि नाँचौ झुमौ, मित्रता बढाउँ भन्ने हेतुले The Magic Crew ले आगामी ४ जुन, शनिबार फेरि निशुल्क जुम्बा नाँच आयोजना गर्दैछ”
नाँच्नु आफैमा शरीरलाई स्फूर्त राख्ने सबै भन्दा राम्रो व्यायाम हो जसले तपाईलाई शारीरिक रुपमा तन्दुरुस्त त बनाउँछ नै यसको अलाबा मानसिक रुपमा पनि सबल बनाउँछ। कामको तनाब, कलेजको तनाब, घर परिवारको तनाव, व्यापार व्यबसायको तनाब यस्ता यावत तनाबहरुले झेलिको परदेशी जिन्दगीमा एकछिन भए पनि नाँचौ झुमौ, मित्रता बढाउँ भन्ने हेतुले The Magic Crew ले आगामी ४ जुन, शनिबार फेरि निशुल्क जुम्बा नाँच आयोजना गर्दैछ। पहिलो कार्यक्रमको सफलता र मेल्बोर्न बासीहरुले औधीनै रुचाई दिनु भएकोले समस्त मेलबोर्न बासीको मायाँ र स्नेहलाई मध्य नजर लगाउँदै दोस्रो कार्यक्रम तय गरिएको The Magic Crew का को-अडीनेटर सुशान्त योन्जनले ईनेपाललाई बताउनु भयो।
“यो कार्यशालामा नाँचका किसिमहरु जस्तै बलीयुड, बेली, कन्टेम्पोररी, फ्रीस्टाईल, हिपहप, क्रम्पीङ, लकिङ, एमजे, पोपीङ, बि बोईङ, ब्रेक, साल्सा, टेङ्गो आदि सबै संचालन हुने The Magic Crew ले हामीलाई बताएको छ”
जाडो मोसमलाई केही न्यानो बनाउन अनि पाँच मिनेटमा पसिनै पसिना हुन मन छ भने, तपाईको तौल घटाउन मन छ भने, शारिरीक तन्दुरुस्ती हुन मन छ भने या नृत्य कलालाई तिखार्न मन भएमा यो कार्यशाला पक्कै पनि उपयोगी हुन सक्छ।साथ साथै केही नृत्यमा रुची हुने साथीहरुलाई पनि The Magic Crew मा अनुबन्दीत गराउन यो कार्यशाला गर्न आँटेको हो।यो कार्यशालामा नाँचका किसिमहरु जस्तै बलीयुड, बेली, कन्टेम्पोररी, फ्रीस्टाईल, हिपहप, क्रम्पीङ, लकिङ, एमजे, पोपीङ, बि बोईङ, ब्रेक, साल्सा, टेङ्गो आदि सबै संचालन हुने The Magic Crewले हामीलाई बताएको छ।