eNepal

रक्सी पिएको एक घन्टामा शरीरलाई यस्तो असर पुग्छ

रक्सीको एक पेगमा सय क्यालोरी हुन्छ । तपाईंले सीमाबाहिर गएर पिउनुभयो भने तीव्रताका साथ तौल बढ्छ । तर यसको यो मात्र खराब असर हैन ।

धेरै र खाली पेटमा रक्सी पिउँदा पनि स्वास्थ्यमा धेरै खराब समस्या आइलाग्छन् । शिरदेखि गोडासम्म शरीरका विभिन्न भागमा यसले नकारात्मक असर पार्छ ।

रक्सी पिएको एक घन्टामै दिमागमा डोपामाइन हर्मोन रिलिज हुन्छ । डोपामाइनले रक्तसञ्चार बढाउँछ जसका कारण रक्तचाप बढ्छ । अनि मुटुको ढुकढुकी पनि यसले बढाउँछ ।

रक्सीको असर बढ्दै जाँदा रगतमा चिनीको मात्रा कम हुन्छ जसका कारण आँखा धमिलिन्छ र केन्द्रित हुन पाउँदैन ।

शरीरमा रक्सीको मात्रा बढ्दै जाँदा कार्टिसोल हर्मोनको स्तर बढ्छ । यसपछि तनाव पनि बढ्दै जान्छ ।

रक्सी पिउने मानिसलाई हृदयघात र स्मरणशक्ति क्षयीकरणको समस्या हुन्छ । आँखा धमिलिने र रातो हुने समस्या आउँछ । मुखको क्यान्सर हुन्छ । गलामा रक्तश्राव हुन्छ । सास लिन समस्या हुन्छ । मुटुको ढुकढुकी अनियमित हुन्छ । कलेजो बिग्रन्छ र त्यहाँ बोसो जम्छ । अपच र एसिडिटीको समस्या आउँछ । हाड कमजोर भएर सजिलै भाँचिन्छ ।

एजेन्सी

 

Related posts

Join Rewards Gambling Enterprise: A Guide to Optimizing Your Rewards

अविलास

Find affordable prices for Custom Research Paper Writing Services

अविलास

Free Demo Slot Games: The Ultimate Guide

अविलास

Sign Up Benefits Gambling Enterprise: Everything You Need to Know

अविलास

अविलास

Leading Neteller Gambling Establishments: A Comprehensive Guide

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349