eNepal

विद्यार्थी जीवन – अष्ट्रेलिया भन्दा जापान कठिन !

गत महिना चर्चित पत्रकार रवि लामिछाने अष्ट्रेलिया पुग्दा त्यहाँ रहेका नेपाली विद्यार्थीहरुले आफ्ना सबै दुख र पिडाको पोखो खोले । पढाई, पैसा र परदेशको पिरलोमा पिल्सिएका उनिहरुले अष्ट्रेलियन विद्यालय देखी एजेन्ट र नेपालका कन्सल्टेन्सी समेतबाट ठगिनुपरेको आफ्ना वास्तविकता रवि लामिछानेमार्फत सबैका सामु राखे ।

निशब्द बनाउने विद्यार्थीका पिडा र भावुक भनाईहरु सुनेर कहिँ कतै न नेपालका सरोकारवालाहरुले आफ्ना गल्ति महशुस गरेको पाईयो न त नेपाल सरकारले नै परदेशमा रहेका विद्यार्थीको पिडा आत्मसाथ गरेको पाईयो ।

केवल आफ्ना समस्या र पिडालाई भरोसा गरिएको एउटा माध्यम मार्फत खोल्दा केही साथीहरु ट्रोल र जोक्सका पात्र बनाईए, जे जतिले आत्मसाथ गरे ती उस्तै पिडामा परेका पात्रहरु मात्रै भेटिए ।

कुरा अष्ट्रेलियाको मात्र होईन । विश्वको जुनसुकै देशमा पुगेका नेपाली विद्यार्थीहरुको पिडा र समस्या कहालीलाग्दो छ । भलै ठाउँ अनुसार त्यसको रुप र मात्रामा केही तलमाथि होला ।

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवस्थालाई अष्ट्रेलियामा सार्वजनिक भएका विद्यार्थीका समस्याको चांङसँग तुलना गरेर हेर्ने हो भने यहाँ झन विकराल रहेको पाईन्छ ।

प्रत्येक सेकेण्ड अनुसार आफुलाई अभ्यस्त पार्नुपर्ने यहाँको यान्त्रिक जीवनशैली । विश्वमै महंगो शहरको रुपमा दर्ज टोकियो शहर अनि यो देशको जीवनयापन, तोकिएकै समयमा सबै भुक्तानी गर्नुपर्ने अनिवार्यतामा बाँधिनुपर्ने साँघुरो घेरालाई चीर्नु साँच्चै फलामको चिउरा चपाए सरह छ ।

नेपालमा महिनाको दुई देखी तीन लाख कमाई हुने त्यो सपना, जापान आएपछि कथा बनिदिन्छ जव मासिक तिर्नुपर्ने रकम नै सोही बराबर निक्लन्छ ।

नेपालमा बर्षदिन तिर्नपुग्ने कोठाभाडा एक महिनाको लागि तिर्नुपर्दा अनि बर्षदिन खर्च हुने मोबाईल फोनको खर्च महिनादिनमै बिल आउँदा मुटु ढक्क फुल्छ निन्द्रा बेचेर कमाएको पैसा तिनुपर्दा ।

रेलको महंगो शुल्क, मासिक स्वास्थ्य बिमाको भार, थोरै आर्जेको रकममा पनि काटिने कर, यस्ता करबलले तिर्नुपर्ने अनेक शिर्षक छन् जो पाईलै पिच्छे अनिवार्यता बनेर बसेका छन् ।

हरेक रात सपना किन्न निन्द्रा बेच्ने यहाँका नेपाली विद्यार्थी निन्द्रा पुर्याउन सुत्ने भन्दापनि अनिदो देखिएलाकि भन्न हप्ताको एकाधपटक केही घण्टाका लागि आँखा चिम्लने गर्दछन् ।

दिनको पढाई रातको काम, दुईदिनमा एकपटक केही घण्टा मात्र सुत्ने नेपाली विद्यार्थीहरु साप्ताहिक बिदा र सार्वजनिक बिदामा रम्ने भन्दापनि सुत्न रुचाउँछन् ।

साताको दुईदिन हुने बिदा र सार्वजनिक बिदामा समेत आँखा अगाडी आईरहने आफ्ना रहर र सपनालाई सजाउन एक बोतल भिटामीनले निन्द्रा जगाउने विद्यार्थीहरु यहाँका हरेक पार्कहरुमा विश्रामको केही घण्टा टोलाईरहेका भेटिन्छन् ।

घरको आशा, साथीभाईको अपेक्षा, आफ्ना रहर र सपना सबैलाई जोड्ने हो भने जापानका नेपाली विद्यार्थीहरुलाई दिनको २४ घण्टा आधा दिनजस्तै अपुग हुन्छ ।

‘नेपालमा बसेर यो ल्याईदे र त्यो ल्याईदे भन्नेले बुझुन् जापानमा डडाँल्नो अरर्रिनेगरि घोटिनुपर्छ’ 

यि सबैको तात्पर्य जापानमा कडा मेहनत, दुख र कष्ट मात्रै छ भन्ने होईन ।

जवाफदेही सरकार, विकासको उच्चतम नमुना, नागरिक जीउधनको सुरक्षा, हरेक कुरा र आवश्यकता पूरा गर्ने विलासी सुविधा सबै उपलब्ध छन् ।

आवश्यकताका वस्तु भान्सामै उपलब्ध हुने यहाँको बजारीकरणले जीवन त विलासि बनाएको छ, मात्र अन्तर छ आम्दानी र खर्चको अन्तरको ।

कमाएको रकमबाट आफ्ना अत्यावश्यक आवश्यकताहरु सम्वोधन गर्न कठिनाई हुने यो द्रव्यआश्रित शहरमा बसेर परदेशिंदा बोकेको ऋण तिर्नु पर्छ भने, सपना साकार बनाउने उत्कठ अभिलाषालाई जीवीत राखिराख्नुपर्छ ।

संघर्षमय जीवनको यही बेतालको यात्रालाई ताल मिलाएर अघि बढाउन नसक्दा कयौं साथीहरुले गलत बाटो रोज्दै जीवन समाप्त पारेको दुखद घटनाको साक्षी समेत बन्नु परेको छ ।

तर जीवन सँधै कहाँ यही गती र रफ्तारमा बग्ला र रु संघर्ष र मेहनत अनि त्यसको निरन्तरता अष्ट्रेलिया होस् वा जापान, अमेरिका, बेलायत, क्यानडा, युरोपियन देशहरु सहित विश्वको जुनसुकै देशमा किन नहोउँ लक्ष्यलाई शिरमा राखेर सत्कर्मले अघि बढ्यो भने ढिलो चाँडो मात्र हो लक्ष्य अवश्य भेटिन्छ । किनभने जीवनमा उत्कठ चाहना राख्नुपर्दछ । उदेश्य के लिनु उडीछुनु चन्द्र एक त्यसै कहाँ भनिएको हो र ?

सुमन केसी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349