eNepal

अन्तरास्ट्रिय बिद्यार्थीकालागि – हेल्प मातृभूमि हुदै।

देवराज दुलाल इ-नेपाल

अमृत शर्मा
सिड्नी, अस्ट्रेलिया

हेल्प मातृभूमि च्यारिटी गाला डिनरको दोस्रो सस्करण हुने भएको छ । विद्यार्थीको सहयोगार्थ स्थापना भएको सस्था भिजन फर मोटिभेसनले हेल्प मातृभूमि दुइ गर्ने भएको हो । अन्तरास्ट्रिय नेपाली बिधार्थीको सहयोगार्थ आर्थिक सङ्कलन गर्नका लागि कार्येक्रम आयोजना गरेको बताउछन् कार्येक्रम संयोजक बीजे पौल (बिजय पौडेल) ।

बाबा एजुकेसन कन्सल्टेन्सी तथा आर के यस अस्ट्रेलियाले भेन्यु प्रायोजन गरेको उक्त कार्येक्रम, सिड्नीको रक्डेलमा रहेको रेड क्याप्सिकम फंग्सन सेन्टरमा येही जुन २२ का दिन आयोजना हुदै छ । कार्येक्रमलाई एक्सेल्सिया कलेजले कर्पोरेट पार्टनर, एङ्ग्लिश वाइजले मेन्यु स्पोन्सर तथा साइन बिजनेस यडभाइजरिले एकाउनटिंग पार्टनरका रुपमा साथ दिएका छन् । साथै सिड्नीमा रहनुभएका कलाकारहरुको विविध सांगीतिक प्रस्तुतिहरु कार्येक्रममा रहने आयोजकले जानकारी दिएको छ ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया तथा कन्सुलेट जनरल अफ नेपाल, एन यस डब्लु अस्ट्रेलिया र एनएसडब्लु युथ फोरमको सहयोगमा हुन लागेको उक्त कार्यक्रममा उपस्थितिका लागि तीन थरिको टिकेटहरु राखिएको छ I बिधार्थीका लागि २९ डलर, स्ट्यानडर ४९ डलर तथा भी आइ पी ९९ डलर टिकेट मुल्य तोकिएको छ भने कार्यक्रमको ड्रेस कोड फर्मल राखिएको भिएफएमका सस्थापक महेश प्रसाईले जानकारी दिएका छन् ।

गत सालको हेल्प मातृभूमि कार्यक्रमबाट उठेको रकमले नेपालको पर्बतमा रहेको मातृभूमि स्कुलको कम्प्युटर ल्याब इस्थापनाका लागि सहयोग पुर्याइएको थियो यो पटक भने स्थानीय स्तरमै रहेका अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरुलाई सिप विकास एबम असहज परिस्थितीमा सहयोग गरिने बताउछन् आयोजक तिर्थ राज कार्की । साथै कार्येक्रममा उपस्थित भएर सहयोग गरिदिनुहुन आयोजकले सबैमा अनुरोध गरेको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349