eNepal

अस्ट्रेलीया घुम्न आएका अभिभावक भन्छन् सक्नुहुन्छ भने तपाईहरु यत्ति गर्दिनु होस

राम काका छोराको ग्रेजुएसनमा अस्ट्रेलीया आए। घरमा सानै बहिनी छ आमा चाहि आईनन्।म बुढो फुर्सदमै थिएँ। पेन्सन आई आल्थ्यो। खल्ती कहिलै खाली हुँदैन थियो। मन लागेको कुरा गरिन्थ्यो।छोरोले कर गर्यो। लौ त नि एकचोटी ठुलो हवाईजहाज नि चडिन्छ भनेर आई हाले। शुरुका केही हप्ता त रमाईलोनै भयो। छोरो एउटा कोठामा साथीसँग बस्दो रहेछ। मलाई कोठामा सुत्नु भन्यो। उ चाँहि बाहिर लिभीङ रुममै सुत्थ्यो। सातै दिनै व्यस्त रहेछ। दुई ठाउँमा काम गर्दा कहिले त दुई तिन दिन सम्म नाक मुखनै देखिन्न रहेछ।

दुई हप्ता पछी त पट्टाई लाग्यो। जाउ कता जाउँ नजाउँ त्यो टिभी र युट्युब कति हेर्नु। घरमा बसेका पनि कसैलाई फुर्सद छैन रहेछ। के छ बा भन्छन् ठिक छ भन्यो खाईन्जेल लिभीङरुममा बस्छन्। त्यस पछि सब आआफ्नो कोठामा छिर्छन्। बढो गार्हो भयो समय कटाउनै मुस्किल पर्यो भनेर गुनासो गर्दै हुनु हुन्थ्यो। मिले त भोलीनै जान्छु भनेको छु छोरोलाई। छोरो भन्दै थियो अर्को हप्ता छुट्टी लिएको छु। घुम्न जान पर्छ।

हिजै मात्र घुम्न भनेर पार्क तिर गएँ। एकजना बा कमीज सुरुवाल लाएर आउनु भयो। लाग्यो नेपालीनै हुन्। गएर बोले। बा कस्तो छ। कति भयो आउनु भएको। बा बढो खुसी हुँदै ए भाई पनि नेपालीनै हो भन्दै गफ गर्न थाल्नु भयो। हामी आएको गोडा तिनेक महिना भयो तर आमा चाँही त नाती छ घरमा भुल्लिने बाटो पाएकी छिन्। म बुढो घरमा कति बसौ। कति हेरौ टिभी पनि। यसो हिड्यो यहि पार्कमा आयो। दिन काट्नै मुस्किल भयो।आज को दिन जसोतसो काटियो। भोली के गरेर काट्ने भन्ने पिर। 

के गर्नु आएर यसो नाती हेर्दिदा छोरी ज्वाईलाई राहत हुने। काम गर्न सजिलोसँग पाउने। नेपाल गएर नि काम खासै छैन। काम गर्न छोडी हाल्यो। घरै रुङ्ग्ने हो। बोरु यहाँ भए यसो काम गरेर थोरबहुत पैसा जोगाउँथे। भोलीलाई सजिलो हुन्थ्यो।

बाका कुरा गम्भिर प्रबृतीको थियो नै। बाले भन्दै गए यति धेरै समाज र सँस्थाहरु खोलीएको रहेछ। बोरु यसो हामी जस्ता अभिवावकहरुलाई भेटाई दिने पुलको काम गर्दा कति रमाईलो हुने थियो। नेपालीहरुको बस्ती पनि प्राय ठाउँमा बाक्ली सकेको रहेछ। दुई चार घर त मै बसेको ठाउँमा छ भन्दै थिए केटाहरु। तर भेटघाट गराई दिने बाताबरण भई दिए यसो समय कटाउने बाटो हुन्थ्यो। एक्लै हिडौ कता हिड्यौ। फेरी बाटा सबै उस्तै छन्। महिना दिन अगाडी एकजना बा पनि आएको दुई दिनमै बाटो बिराएर हराउनु भएछ। भरे चार घण्टा पछि भेटिएछन्। 

के गर्ने नआई पनि हुँदैन। आफ्नै सन्तानको सहजताको लागि आईन्छ। आएर दुई चार दिन पछि दिन कटाउन बहुतै गार्हो हुनेछ। यो कुराले मन पोल्यो। त्यस पछि यो कुरा म सङ्सग्न रहेको मेल्बोर्न नेप्लिज कम्युनिटी पश्चिममा राखियो। कतै हामीले हाम्रो सहजताको लागि बोलाएका आमा बालाई चार दिवार भित्र मात्रै पो सिमीत गरि रहेका छैनौ जस्तो आभाष भयो। म लगाएत सबै सदस्यलाई त्यहि बोध भयो। त्यस पछि हामीले पहिलो चरणमा हाम्रा वरीपरी रहनुभएका नेपाली समुदाएका साथी भाईसँग फोन या सामाजिक सन्जालका माध्यमहरुको प्रयोग गरेर डाटा कलेक्सन गर्ने निधो गर्यौ।

कहाँ कुन एरियामा कति जना बसोबास गर्नु हुन्छ यकिन भएपछि कमसेकम हप्ताको एक दिन भेट गराई दिने कुरो भयो। दुख सुखको कुरा गर्ने बाटो बनाई दिने कुरामा सहमत भयौ। यदि तपाईहरुको वरीपरि पनि सक्नु हुन्छ भने तपाईहरु एकजुट भएर हाम्रा अभिवावकहरुलाई भेट गराई दिने बाताबरण बनाई दिनु होस्। 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349