eNepal

पाल्पा रामपुरका सतिश चापागाईं अमेरिकामा सम्मानित

पाल्पा रामपुरका सतिश चापागाईं अमेरिकामा सम्मानित हुनुभएको छ । मेरिल्याण्ड हाउस डेलिगेट ह्यारी भण्डारीको कार्यालयले अमेरिकाका विभिन्न ब्यक्ति र संघसंस्थालाई सम्मान गरेको हो ।

मेरिल्यान्डको राजधानी एनापोलिसस्थित मेरिल्याण्ड हाउसको सभा कक्षमा एक बृहत कार्यक्रम सहित उक्त सम्मान गरिएको हो । समाजमा आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त सम्मान गरिएको हो ।

पत्रकारिताका माध्यमबाट उल्लेखनिय योगदान गरे बापत चापागाईंलाई सम्मानित गरिएको आयोजकले जनाएको छ । नेपालदेखि नै पत्रकारिता गर्नु भएका चापागाईंले रेडियो नेपाल र नेपाल समाचार पत्र दैनिक लगायतका नेपाली संचार माध्यममा लामो समय काम गर्नु भएको थियो ।

उहाँले पाल्पाका पाल्पा टाईम्स, नव जनचेतना, देउराली लगायत श्रीनगर एफ एम, पश्चिमाञ्भल एफएम र स्याङ्जाको आँधिखोला एफएममा विभिन्न जिम्मेवारी बहन गर्नुभएको थियो । अमेरिकामा द नेपाल टुडे का संस्थापक प्रधान सम्पादक चापागाईंले अहिले नेप्लिज डायस्पोरा अन्लाईन आफैले संचालन गर्नु भएको छ ।

चापागाईं १० वर्षदेखि श्रीमती र दुई छोरीहरुका साथ अमेरिकामा बस्दै आउनु भएको छ ।

कार्यक्रममा सतिश चापागाईं लगायत डाक्टर एलिना शाक्य, डाक्टर उत्तम गौली, डाक्टर कृष्ण सिजापती, द. अनुप श्रीवास्तब, डा कृष्ण बिष्ट, रमेश भट्ट, गोपाल बिश्वकर्मा, डिल्ली ढुंगाना, लक्ष्मीकान्त जैसी गौडेल, दीपक खतिवडा, बिनोद मोक्तान, अनिल पाण्डे, तिर्थराज पाण्डे, महेश्वर पन्त, सारंगा श्रेष्ठ, रेणु शर्मा, बिश्वराज थापा, भक्त थापा, अनु वन्त, रुद्र गुरुङ, प्रेम श्रेष्ठ, इन्द्र थापा, कुमार कार्की (एभरेष्ट तेक्वान्दो), टीईसी ग्रुप, डा।माउन्ट एभरेष्ट रेष्टुरेन्ट, मुरली अधिकारी, बासुदेव खनाल, अर्जुन मैनाली, कुल गुरुङ, रुद्र गुरुङ, हिमालय डेमोक्रेटिक क्लब, साईकियाट्रिक स्पेशियालिटी क्लिनिकलाई सम्मान गरिएको थियो ।

मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट सिनेटर क्याथी क्लाउजमायर, स्टेट डेलिगेट ह्यारी भण्डारीका तर्फबाट सम्मान पत्र वितरण गरिएको थियो । उपस्थित सयौं नेपालीलाई मेरिल्यान्डको हाउस अफ डेलिगेट र सिनेटको कार्य कक्ष अबलोकन गराईएको थियो । यो त्यही भवन र त्यही च्याम्बर हो जहाँ अमेरिकाका फाउन्डर फादरहरु जर्ज वाशिंगटन र थोमस जेफर्सनले काम गरेका थिए ।

अमेरिकाको नेपाली समुदायमा बिभिन्न क्षेत्रमा बिशिष्ठ योगदान गरेका नेपाली व्यक्तित्व र संघसंस्थालाई सम्मान गरिएको नेप्लिज अमेरिकन्स एलायन्स फर एक्सनका उपाध्यक्षले अर्जुन हमालले जानकारी दिनुभयो ।

यो समाचार कालीगण्डकीढटकमबाट साभार गरिएको हो।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349