eNepal

जगद्गुरु महयोगी सिद्दबाबा अस्ट्रेलिया आउने

नेपालका जगद्गुरु महयोगी सिद्दबाबा कृष्णदासजी महाराज अस्ट्रेलिया आउने भएका छन । पटक पटक जमिनमुनि ९ दिनसम्म बिना अक्सिजन भु-समाधि लिएर विश्वलाइ नै आश्चार्यचकित बनाएका जगद्गुरु कृष्णदास नेप्लीज हन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा यहाँ आउन लागेका हुन । नेप्लीज हिन्दु समाजले अस्ट्रेलियाको सिड्नीमा एकसाथ गर्न लागेको पाँचवटा कार्यक्रमको प्रमुख आकर्षण जगद्गुरु हुने आयोजक संस्थाका कोषाध्यक्ष पन्डित प्रकाश ढोडारीले जनाएका छन ।

नेप्लीज हन्दु समाज अस्ट्रेलियाले आगामी जुलाइ ८ देखि १४ सम्म सिद्दमहायोग ध्यान साधना,  श्रीमदभागवत ज्ञानमहायज्ञ, पितृमोक्ष यज्ञ, बटुकहरुको सामुहिक ब्रतबन्ध र कन्याहरुलाइ सामुहिक गुन्यु चोली प्रदान गर्ने कार्यक्रम गर्न लागेको पन्डित ढोडारीले जनाए । सिद्दमहायोग ध्यान साधना जगद्गुरु स्वयं र वाहासंग आउने सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानको समुहले संचालन गर्नेछ भने श्रीमदभागवत ज्ञानमहायज्ञ बाचनको लागि नेपालका चर्चित युवा वाचक पन्डित कुबेर सुबेदी आँउदैछन जस्ले यसभन्दा अगाडि पनि अस्ट्रेलियामा पुराण बाचन गरिसकेका छन । 

पन्डित ढोडारीका अनुसार जुलाइ १३ मा कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम राखिएको छ । सोही दिन पितृमोक्ष यज्ञको पनि आयोजना हुनेछ । उनका अनुसार कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम एबम् पितृमोक्ष यज्ञ अस्ट्रेलियामै पहिलो पटक हुन लागेको हो । 

जुलाइ १४ मा  श्रीमदभागवत ज्ञानमहायज्ञको साँगे हुनका साथै बटुकहरुको सामुहिक ब्रतबन्धको कार्यक्रम पनि आयेजना हुनेछ । कार्यक्रमको समापन जगद्गुरुबाट हुने जनाइएको छ । आयोजकले अस्ट्रेलियाभर रहेका हिन्दु अनुयायीहरुलाइ बिरलै हुने सो कार्यक्रममा उपश्थित हुन आग्रह गरीएको जनाएका छन् । कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान र बटुकहरुको सामुहिक ब्रतबन्ध कार्यक्रममा सिट सिमित भएकोले समयमै आफ्नो नाम दर्ता गर्नुपर्ने आयोजक संस्थाकी अध्यक्ष प्रन्चना शर्माले जनाइन् । 

त्यसैगरी नेप्लीज हिन्दु समाजकै समन्वय र अस्ट्रेलियाको एडिलेडमा रहेका नेपालीहरुको आयोजनामा एडिलेडमा पनि जुलाइ २ देखि जुलाइ ७ सम्म सिद्दमहायोग ध्यान साधना कार्यक्रम हुने र त्यसका लागि जगद्गुरु जुलाइ १ मा एडिलेड पुग्ने सो कार्यक्रमको नेपालमा संयोजन गरीरहेका सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानका महासचिब अधिबक्ता सरोज गिरीले जानकारी दिए । गिरीका अनुसार एडिलेडमा हुने कार्यक्रमको स्थानीय संयोजन हरी प्रसाद ढुङ्गेलले गर्नेछन । 

एडिलेड र सिड्नीमा हुने सम्पुर्ण कार्यक्रमको ॐकार टेलिभिजन नेपालले प्रत्यक्ष प्रसारण समेत गर्ने जनाइएको छ । नेपालभन्दा बाहिर हिन्दु संस्कार र संस्कृतिको संरक्षणका लागि गरीने कुनैपनि कार्यक्रम भन्दा यो बिशेष र ऐतिहासिक महत्वको लागेकोले स्वयं आफै उपश्थित भएर प्रत्यक्ष प्रसारण गर्न लागेको ॐकार टेलिभिजन नेपालका अध्यक्ष तथा धार्मिक अभियन्ता मुकुन्द शर्मा ॐकार ध्वनीले बताए । 

यसअघि नेपाल, भारत, थाइल्यान्ड, क्यानडा, बेलायत, अमेरिका, दुबइ, चिन आदि देशहरुमा सिद्दमहायोग ध्यान साधना सम्पन्न भइसकेको र हाल ति देशहरुमा महायोग साधना केन्द्र समेत संचालनमा रहेको र यो वर्ष अष्ट्रलियामा महायोग साधना केन्द्र खोल्न लागेकोले सो केन्द्रको उद्घाटन समेत जगद्गुरु महयोगी सिद्दबाबा कृष्णदासजी महाराजबाट हुने कार्यक्रमका नेपाल संयोजक अधिबक्ता गिरीले जानकारी दिएका छन् ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349