eNepal

अस्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकालाई छुरा प्रहारगरी निर्मम हत्या गरेका दिनेशलाई जन्मकैदको सजाय

अस्ट्रेलिया जाने तयारीमा रहेकी  प्रेमिकालाई छुरा प्रहार गरी हत्या गरेका दिनेश भट्टराईलाई अदालतले जन्मकैद सुनाएको छ । भेट्ने बहानामा प्रेमिकालाई बोलाएर छुरा प्रहार गरी हत्या गर्ने विराटनगर १० का ३० वर्षीय दिनेश भट्टराईलाई अदालतले आजीवन जन्मकैदको फैसला गरेको हो । भट्टराईले २०७५ भदौ १ गते जरुरी काम परेको भन्दै भेट्न बोलाएर २३ वर्षीय शिखा घिमिरे माथि छुरा प्रहार गरी निर्मम हत्या गरेका थिए । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एक्लो इजलासले अभियुक्त भट्टराईलाई आजीवन जन्मकैद र पीडित परिवारलाई १ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

पहिले जन्मकैद सजाय हुँदा २० बर्षसम्ममात्र जेल बस्नुपथ्र्यो । तर नयाँ फौजदारी अपराध संहिता २०७४ लागू भएपछि भने जन्मकैद फैसला भएकाहरू बाँचुञ्जेल जीवनभर जेलमा बस्नुपर्छ । भट्टराईले ग्रामथान गाउँपालिका ३ सिद्राहास्थित फलैँचामा धारिलो हतियार(छुरा) प्रहार गरी शिखाको निर्मम हत्या गरेका थिए । फलैँचामा बसेको बेला दिनेशले टाउको, घाँटी, पेटलगायत शरीरको विभिन्न भागमा छुरा प्रहार गरेका थिए । शिखाको हत्या गर्नुअघि खुट्टाको एलर्जी ठिक हुन्छ भन्दै दिनेशले विष खुवाएको पनि खुलेको थियो । उक्त घटना देखेपछि गाउँलेहरूले नै घेरा हालेर दिनेशलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुभाएका थिए ।

दिनेश डिप्रेसनको सिकार थिए । नियमित औषधी सेवन गरिरहेका दिनेश र शिखा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने तयारीमा थिए । भिसा नआएसम्म काठमाडौँमा बसेर ब्युटिपार्लरको तालिम लिने सल्लाह अनुसार शिखा काठमाडौँ जाने अघिल्लो दिन(भदौ १)मा नै दिनेशले उनको हत्या गरेका थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349