सलोन बस्नेत नेपाली रजतपटमा रुचाईएको नाम हो। उनको कलालाई नेपाली चलचीत्रका दर्शकहरले औधीनै रचाईएको छ। होस्टेलमा आफ्नो शसक्त अभिनयबाट दर्शकको मन जित्न सफल सलोन बस्नेतले पछिल्लो समय त्यति उत्कृस्ट चलचित्र दिन सकेका थिएनन्।उनले खेलेका प्राय चलचित्र फ्लप भई रहेको स्थितीमा उनीद्वारा अभिनय गरिएको चलचित्र गाँजलु अव नेपाली सिने नगरीमा प्रदर्शनको लादि तयार भएर बसेको छ।
गाँजलुबाट सलोन पुर्णरुपमा आशाबादी रहेका छन्। आशाबादी यस अर्थमा चलचीत्र हिट र फ्लप हुनुमा स्क्रिप्टले मुख्य भुमीका खेल्छ। जस्तो पायो त्यस्तै स्क्रिप्ट नपढी कन हुन्छ भन्ने बानीले गर्दाले लगातार फ्लप मुभीहरु दिन परेकोमा आत्मग्लानी भएको बताउँछन्। आफ्नो बुवा सोभीत बस्नेतको कुनै दोष नरहेको र आफ्नो सहमतीमानै चलचीत्र खेलेको बताउने सलोन बस्नेतले गाँजलुबाट भने ठुलो आशा राखेका छन्।गाँजलु उनको महत्वाकान्छी चलचीत्र रहेको छ।उनले यस चलचीत्रमा आफ्नो सशक्त भुमीका रहको दाबी गरेका छन्। हेमराज विसीद्वारा निर्देशित गाँजलु आउँदो १२ जुनमा मेल्बोर्नमा लाग्दैछ। उनको पात्र चरित्र होस्टेलमा जस्तै देख्न सकिन्छ । अर्थात कुरा नबुझ्ने खालको केटो, साथीहरुलाई उडाइदिने र ठट्टा गर्नुपर्ने । ट्रेलरमा देखेको भन्दा पृथक भुमिकामा देख्न पाउनु हुनेछ गाँजलुमा सलोन बस्नेतलाई।