eNepal

सबै पत्रकारलाई बदनाम गरायो : उपप्रधानमन्त्री यादव

समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हिजो एभिन्युज टेलिभिजनको प्रत्यक्ष प्रशारणमा आफूलाई ‘तपाईँ जानसक्नुहुन्छ’ भनेपछि कार्यक्रम छाडेर हिँडेको विषयमा आफूले कुनै पनि प्रतिक्रिया जनाइरहनु आवश्यक नरहेको बताएका छन्।

काठमाडौंप्रेससँग सङ्क्षिप्त कुरा गर्दै उनले भने, ‘यो मेरो व्यक्तिगत कुरा हैन। यसले सबै पत्रकारलाई बद्‌नाम गरायो नि !’

सामाजिक सञ्जालमा देखिएको त्यसको प्रतिक्रियाबारे भने, ‘ठीकै छ।’ उपप्रधानमन्त्री यादवले भने,‘ठीक छ। त्यो त यहाँहरूले नै जज गर्ने विषय हो। इथिक्स र मोरालिटी लस्ट भइसकेपछि बाँकी के कमेन्ट गर्ने ? म कमेन्ट गर्न सक्दिनँ।’

मिडियाले अतिथि भनेर बोलाएर दुर्व्यवहार गर्‍यो भन्ने तपाईँको भनाइ हो भन्ने अर्को प्रश्नमा उनले भने, ‘नैतिकता लस भएपछि, इथिक्स पनि नरहेपछि पत्रकारिताको न्यूनतम मोरालिटी लस्ट भएपछि सबै पत्रकारलाई बद्‌नाम गरायो नि। यो मेरो व्यक्तिगत कुरा हैन।’

उता एभिन्युज टिभीका समाचार प्रमुख चिरञ्जीवी शाहले भने आफूले जुनसुकै पनि चुनौतीको सामना गर्ने

बताए । उनले भने, ‘अन्तर्वार्तामा सवालजबाफ त भइहाल्छ। उहाँले माइक आफैँ निकाल्नुभएको हो। कि चाहिँ उहाँलाई अनुनयविनय गर्नुपर्थ्यो।’

उनले अन्तर्वार्ताको विषयलाई लिएर आफ्नो कार्यालयमा तोडफोड भएको बताउँदै भने, ‘हामी जुनसुकै चुनौतीलाई पनि सामना गर्न तयार छौँ। कार्यालय आक्रमणको घोर भत्र्सना गर्दछौँ।’

काठमाडौँप्रेसबाट

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349