eNepal

सुन साइली’ गीतका चर्चित अडियो इन्जिनियर उज्वलले गरे आफ्नै बुहारीकाे खुकुरी प्रहार गरी हत्या

सुन साइली’ बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महत बुहारीकाे हत्या गरेकाे आराेपमा पक्राउ परेका छन् । महतलाई बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ 

‘एक्सीस ब्यान्ड’ मा संलग्न महतले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ । परिवारमा कसैसँग नराम्रो नभएकाे महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले जनाएका छन् ।  एउटै घरमा बुबा-आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे।

२५ वर्षीय बुहारी अन्जना महत्तकाे विभत्स हत्या गरेर आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस् भन्दै महत् आमा भएकाेमा पुगेका थिए । बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ। खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेकाे चाेट छन्।

प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ। बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो। पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो। उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ। बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन् । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349