eNepal

बेलायतमा नेपालीलाई सफलता,काउन्सिलर पदमा केसी विजयी

पछिल्लो समय डायस्पोराका मुख्य देश तथा शहरका मुल धारको राजनितिमा समेत नेपाली मुलका युबाहरुको सक्रिया बढ्दो छ भने सफलता समेत मिलिरहेको छ । गत बर्ष अमेरिकाको एक राज्यमा नेपाली मुलका युबा ह्यारीको विजयी संगै अमेरिका,युके र अष्ट्रेलियाको मुल धारको राजनितीमा युबाहरुको आकर्षण बढ्दो छ ।यसै क्रममा हालै बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा अल्डरसट काउन्सिलर पदमा नेपाली मुलका युबा प्रबेश केसी विजयी बनेका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको सो क्षेत्रको काउन्सिलर पदमा नेपाली समुदायका उम्मेदवार प्रवेश केसी विजयी भएका हुन ।

विहीवार भएको स्थानीय निर्वाचनमा म्याग्दीमा जन्मिएका केसी अल्डरसट क्षेत्रको वलिङटन वार्डबाट विजयी भएका हुन । सो निर्वाचनमा उनले ३२८ मत प्राप्त गरेका थिए ।युवा व्यवसायी तथा समाजसेवी केसी बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार भएका थिए । उनले आफ्ना प्रतिद्धन्द्धी भन्दा ४५ मत बढी प्राप्त गरेका छन् । सो वार्डमा ७ सय १० मत खसेको थियो ।निर्वाचित भए पछि केसीले नेपाली समुदायतको आवाजलाई समेत समेटेर वेलायती समुदायतसँग काम गर्ने प्रतिक्रिया दिएका । केसीले चुनावी अभियानमा आफूलाई मत दिने र आफ्नो चुनावी अभियानमा सघाउने प्रति सबैलाई धन्यवाद दिए । उनी सन् १९९६ मा नेपालबाट बेलायत गएका थिए । बेलायतमा केसीको घरजग्गा लगायत अन्य व्यवसायमा सञ्चालनमा छन् ।

अल्डरसटमा वसोबास गर्दै आएका केसी कन्जरभेटीभ पार्टीबाट काउन्सिलर पदको उम्मेदवार बनेका थिए । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरटमा बस्दै आएका युवा व्यवसायी तथा समाजसेवी केसीको पक्षमा नेपालीहरुले प्रचारप्रसारमा समेत सहयोग गरेका थिए । अल्डरसटमा नेपालीको जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुर्याउने उदेश्य रहेको उनको भनाई छ ।यस्तै अहिले अष्ट्रेलियाको मुल राजनितिमा समेत नेपाली मुलका युबाहरुको सक्रियता बढ्दो छ । यहि मे १८ मा हुने सांसदिय निर्बाचनमा लिबरल पार्टी बाट नेपाली मुलका प्रमेज श्रेष्ठ बार्टन क्षेत्रका उमेद्दवार भएका छन् । श्रेष्ठ अष्ट्रेलियाको राजनीतिमा समेत अनुभबी मानिएकी यसअघिकी लेबर पार्रीकी बिजेता लिण्डा संग चुनाब लड्दैछन् ।

साभारः भोईस अफ नेपाल

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349