eNepal

एनआरएन यूएईका अध्यक्ष श्रेष्ठ दुबईमा पक्राउ

गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ । 

शुक्रबार बरदुवईमा धुर्मुस–सुन्तली साँझ भइरहेका बेला श्रेष्ठलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नुको कारणबारे अहिलेसम्म नखुले पनि पक्राउ परे लगत्तै उज्यालोसँग भएको सम्पर्कमा श्रेष्ठले आफूलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । 

यूएईको स्थानीय समय अनुसार शुक्रबार साँझ साँढे ६ बजे फेसबूक म्यासेन्जरमार्फत सम्पर्कमा आएका श्रेष्ठले भन्नुभयो ‘कसैले मेरोविरुद्धमा उजुरी दिएको रहेछ । म प्रहरीको नियन्त्रणमा छु । सोधपुछ भइरहेको छ । अरु कुरा पछि जानकारी गराउनेछु ।’ त्यसपछि भने उहाँ सम्पर्कमा हुनुहुन्न । 

कार्यक्रमका सहभागीले भने अध्यक्ष श्रेष्ठ पक्राउ परेको बिषयमा बोल्न चाहेनन । कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले पनि श्रेष्ठ पक्राउ परेको बारे शनिबार विहान मात्रै आफूले जानकारी पाएको बताउनुभयो ।  

धुर्मुस–सुन्तली साँझ कार्यक्रम चलिरहेका बेला श्रेष्ठ कसैले बोलाएपछि बाहिरिनु भएको थियो । त्यसपछि श्रेष्ठ नफर्किएको उहाँको भनाइ छ । श्रेष्ठ लामोसमय सम्म नफर्किएकाले टेलिफोन गरेको तर सम्पर्क नभएको घिमिरेले बताउनुभयो । 

श्रेष्ठ पक्राउ परेपछि झापाका शंकर श्रेष्ठले अध्यक्ष रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको बताउनुभएको छ । आफूले पाउनुपर्ने रकम नपाएपछि रमेश श्रेष्ठविरुद्ध आफूले केही समयअघि दुबई र अजमानमा मुद्दा दायर गरेको श्रेष्ठले बताउनुभयो ।  आफूलाई दिनुपर्ने ६० हजार दिर्हाम नदिएकाले रमेश विरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।

दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् । हालै युएईमा एनआरएनलाई नेपाल एसोशिएसनको रुपमा दर्ता गरेका रमेश श्रेष्ठ र व्यवसायिक साझेदारी गरिरहेका व्यवसायी शंकर श्रेष्ठबीच लामो समयदेखि कारोबारका विषयमा विवाद थियो । 

साभार: उज्यालो अनलाई

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349