eNepal

यी हुन अमेरिकी ‘भिजिट भिसा’ अस्वीकृत हुने कारण

अमेरिका जान चाहने नेपालीको संख्या धेरै छ । धेरैले पर्यटकीय भिसा (भिजिट भिसा) मार्फत अमेरिका जाने योजनासहित आवेदन दिएपनि भिसा पाउँदैनन् ।

अमेरिकी भिसा अधिकारीहरुले आवेदकको अमेरिका जानुपर्ने कारण, उद्देश्य, अमेरिका बसाईमा हुने खर्च, फर्केर आउने विश्वसनीयता, व्यवसायिक प्रयोजन र आर्थिक अवस्थामा विश्वस्त हुन नसके भिजिट भिसा अस्विकृत गरिदिन्छन्।

भिसाका लागि अमेरिकी अध्यागमन कानुनले विभिन्न योग्यताहरु राखेको छ। ती योग्यता आवेदकले पुरा नगरेमा भिसा अस्वीकृत हुन्छ। अमेरिकी कन्सुलर अधिकारीहरुले भिजिट भिसाका लागि धेरै आवेदन पर्ने हुँदा निकै छोटो समयमा निर्णय लिन्छन।

भिजिट भिसाका आवेदकले निकै छोटो समयमा आफ्नो मनसाय स्पष्ट पार्न नसक्दा भिसा अस्वीकृत हुन्छ। एकपटक भिसा अस्वीकृत हुँदैमा अर्को पटक नपाइने भन्ने होइन।

तपाईंको अमेरिका जानुपर्ने स्पष्ट कारण र असल मनसाय भएमा पुनः आवेदन भर्ने र अन्तरवार्ताका लागि अर्को समयको तय गर्नुपर्दछ। तर सम्पूर्ण प्रक्रियाका लागि पहिले झै नयाँ प्रक्रिया र शुल्क तिर्नुपर्दछ।

भिसा अस्वीकृत भएपछि अमेरिकी दूतावासको वेभसाइटमा गएर पुनरावलोकन पनि गर्नसकिन्छ । भिसाका लागि कन्सुलर अधिकारीहरुले स्वतन्त्र निर्णय गर्छन । उनीहरु कुनै बाह्य दबाब वा प्रभावले काम गर्दैनन्।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349