eNepal

श्रीलंका बम विस्फोट अपडेटः एक सय ५ जनाको मृत्यु

श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘इस्टर सन्डे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा एक सय ५ जनाले ज्यान गुमाएका छन् भने झण्डै ३ सय घाइते भएका छन् । घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ । 

कोलम्बोको सेन्ट एन्टोनियो चर्चमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको हो । 

विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन । इस्टर सन्डे इसाई धर्मावलम्बीहरुको प्रमुख पर्व हो । 

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal