युवा पुस्ताको अस्ट्रेलिया मोह र चलचित्र निर्माताको चलचित्रलाई अस्ट्रेलियामा प्रदर्शन गर्ने मोह उस्तै बनेको छ । पछिल्लो समय नेपालमा लगानी उठाउन नसकेका चलचित्रले पनि अस्ट्रेलियामा आफ्नो चलचित्र प्रदर्शन गरेर कम्तिमा आफ्नो खर्चमा केहि राह बटुल्ने काममा तिब्रता बढेको देख्न सकिन्छ । राम्रा र चलेका चलचित्रले विगत केहि वर्षा यता अस्ट्रेलियामा राम्रै कमाइ हात पारेका पनि हुन् र कन्ट्री राइट ३० लाखको हाराहारिमा पुगेको पनि थियो । तर समय कहाँ उस्तै हुन्छ र? केहि समय अघी नै अस्ट्रेलियामा कुनै पनि ओभर्सिजले चार सो भन्दा नपाउने र ट्याक्स समेतको नियम बनेको थियो तर कार्यान्वयन भने भएको थिएन। नेपाली निर्माताहरु १० लाखमा चलचित्र बेचेर २० को धाक लगाउनेको संख्या बढिरहेको थियो । अब भने त्यस्तो नहुने भएको छ, ओभर्सिज सिनेमाको सो को विषयलाई लिएर चार सो भन्दा नपाउने कानुन लागु हुने सुचना सार्वजनिक गरेको छ ।आफ्नो लगानी शुरक्षित सुने आशा लिएर अस्ट्रेलिया धाउने संस्कार अब भने सुस्ताउने निश्चित छ ।