संसार नै माया र विश्वासमा अडिएको छ भनि रहेको बेलामा गायक कपिल सापकोटा, भने प्रेमिकाले धोका दिए पछि किन सस्तो माया लगाएउ भन्दै गीत मार्फत आफ्नो मनको पिडा प्रकट गरिरहेका छन् । “नरोउ मेरा यी आँखा उनीलाई सम्झेर, बाचौंला फेरी दुखलाई भुलेर” भन्दै गायक कपिल सापकोटाले अस्ट्रेलियाबाट “सस्तो माया” नामक गीत सार्बजनिक गरेका हुन् ।
यस अघि पनि बिद्यार्थी र नकाब नामक गीतहरु सार्बजनिक गरिसकेका गायक कपिल सापकोटाको यो तेस्रो प्रस्तुति हो । कपिल सापकोटा र रुजन बस्नेतको शब्द रहेको यस गीतमा कपिल सापकोटा स्वयं को आवाज रहेको छ । गीतको रेकर्डिङ्ग भने मेक मनि रेकर्ड्समा भएको हो।
गीतको म्युजिक भिडियोमा कपिल सापकोटा आफैले देखिएका छन् । गीतको पोस्ट प्रोडक्सनको काम बाबा फिल्म्स् प्रोडक्सन ले गरेको हो। म्युजिक भिडियोलाई संजय सेन्चुरी ले कलात्मक तरिकाले खिचेका छन् भने म्युजिक भिडियोलाई संजय सेन्चुरीले सम्पादन र निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई कपिल सापकोटाको युटुब च्यानलबाट हेर्न सकिन्छ ।
भिडियो पनि हेर्नुहोस्: