eNepal

अस्ट्रेलीया आए पछि गफ दिन चाही मज्जैले जानियो

मेल्बोर्नको चिसो, पानी फुस्फुस परि रहेको थियो। घामको मुख आक्कल झुक्कल देखिने यो मेल्बोर्नमा अक्सर जाडोनै बढी हुने गर्छ। सवैको एउटै रुटीन अलार्मको तालमा उठ्यो। हुन त तातो व्लेङ्कट फाल्न हम्मे हम्मेनै पर्छ तर पापी पेटको सवाल छ। पेटको भन्दापनि कलेजको फी पुर्याउन सकिन्छ कि सकिदैन त्यसले बढी पेट पोल्छ। आँखा मिच्दै ट्रेन स्टेसन गएँ। समय भन्दा केही ढिला ट्रेन आयो। ट्रेन खासै भरिएको थिएन। गएर एक कुनामा बसे। छेउमा नेपाली खासखास खुसखुस गरेको सुनियो। नेपाली बोले पछि आँखा जानु स्वभावै थियो।

हेर्दा भर्खरै मेल्बोर्न आएका जस्ता देखिन्थे। कलेजको कुरा दुवैले गरेको सुन्दा जहाँ सम्म दुबै बिधार्थी हुन पर्छ। फेरी कुरा गरेको सुन्दा सँगै बस्ने साथी जस्ता पनि थिए। केटा भन्दै थियो हिजो कन्सल्ट्यान्सी गएर आएको शायद एकजना डिपेन्डेन्टमा बस्न मिल्छ होला। दुवैले कलेजको फि त कसरी तिर्ने। बरु तिमी स्टुडेन्ट बन म डिपेन्डेन्टमा बस्छु अनि मस्त पैसा छाप्न पर्छ। फेरी घरमा थाहा पाए भने मार्छन्- केटी अन्कानाउँदै थिई। किन भन्न पर्यो र अहिले घरमा। पछि समय आएपछि भनौला। अव बिदेश गएका छोरा छोरी बुझी हाल्छन्। फेरी हाम्रा बा आमा त्यस्तो नेरो माईन्डेटका नि छैनन्।

भए पनि गार्है हुन्छ नि भन्नलाई तिमीलाई जस्तो सजिले कहाँ हुन्छ र हाम्रो घरमा त गार्है हुन्छ। छोड्देउ यी कुरा पछि समय आएपछि समयले बताउँछ। लाग्थ्यो कि केटा अलिक सिरीयस छैन तर केटी सिरीयस छ त्यो रिलेसन्सिपमा। उ क्षणीक स्वार्थको लागि त्यो सव गरि रहेको छ। मौकामा चौका हान्ने दाउमा छ। यसो जोडीलाई फेरी फर्केर हेरे। आलाकाँचै थिए। शायद परिपक्का र जिम्बेवारी नभएको जस्तो देखिन्थ्यो।

खैर जे सुकै होस् बिदेशमा एक्लै महङ्गो कलेजमा पढ्न आएको उपज हो जस्तो लाग्यो। आत्तिएर के के न छ बिदेशमा, केबल रमाईलो र मस्ती मात्र हुन्छ भन्ने शोचले आएका केटा केटी जस्तो लाग्यो। बाउ आमाको पैसामा बुई चडेर लखरलखर डुलेर त्यहि सम्झिदै बिदेशमा कामको अनुभव खासै नगरेको जोडी जस्तो लाग्यो।

बिच बाटोमा ट्राफीक भयो भन्दै केही बेर ट्रेन रोकीयो। नेपालमा जस्तो ट्राफीक यता नि हुने तर कहिले काँही मात्र त्यो पनि ट्रेनको। अच्मम मान्नु होस। यता नि हुन्छ ट्राफीक ल लोडसेडीङ तर आक्कल झक्कल मात्र। सबै हतार हतार फोन गर्दै थिएँ। काममा आउन ढिला भो भन्दै। फेरी यता समयको एकदम ख्याल राख्छन्। नेपालको जस्तो १० बजे पुग्न पर्ने कामलाई एघारमा पुग्दैनन्। यदि ढिला भई हाले पनि कारण सहित तुरुन्तै जानकारी दिन्छन्। धेरै बेर पनि रोकीएको थिएन मात्र पाँच मिनेट थियो ट्रेन तर सबै मोवाईलबाट जानकारी दिएको गाँईगाई गुँईगँईबाट प्रस्ट थाहा हुन्छ।

मेरो गन्तव्य आयो ट्रेनबाट झरे। यसो बाटो क्रस गर्नै लाग्दा चारपाँच जना केटाहरुको समुह देखे। कोही चरोट उडाउँदै थिए, कोही बिदेशी लिक्युडवाला पाईप तान्दै थिए। लाग्थ्यो कलेज जान हतारमा छन्। एउटाले प्वाक्क बोल्यो ओई सेभेन ईलाभेनको एक डलरको कफी ख्वान। के चरोट मात्र तान्नु। अर्को छेउको साथीले उसलाई खिल्ली उडाउँदै कहाँ यस्तो सस्तो कफीनी खाने । हिड उत्यो क्याफेमा क्यापिचीनो खुवाउँछु। अर्को बोल्यो ओ हो पैसा थापीस् कि क्या हो। ल ल जाउँ जाउँ आज यसको नाममा म चाँही कफी लाट्टे खान्छु। पिछाडीबाट अर्को साथीले हाँस्दै भन्यो चिया खान बुबाको खल्तीबाट दश रुपयाँ झिक्नेहरुले बिदेश आएर रातारात परिबर्तन हुँदै क्यापिचीनोवाला गफ दिएको कत्ति पनि नसुहाएको यार धरोधर्म। सबै गलल हाँसे। मै मोरो पनि खिस्स हाँसे लागे आफ्नो कार्यलय तिर।

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349