eNepal

२०७५ का ८० फ्लप चलचित्र

नेपाली फिल्मी बजारमा बर्षको कम्तीमा ७० र बढिमा १२० फिल्महरु पर्दामा लाग्ने गर्छन् । ५२ हप्ता अर्थात एक बर्षमा यति धेरै संख्यामा फिल्म रिलिज हुनको लागि कति फिल्म बर्षमा बन्छ होला भन्ने अनुमान लगाउन सकिन्छ । झण्डै बार्षिक रुपमा १ सय ५० भन्दा बढि फिल्महरु निर्माण हुन्छन् । केही हलमा आईपुग्दैनन् भने केही च्यारिती, युट्युब र हार्ड डिक्स मै सिमति हुन्छन् । यस बर्ष ९६ वटा फिल्म प्रदर्शन भएको छ । १०० हाराहारीको फिल्ममा चैत्र २९ गते यात्रा र ए मेरो हजुर ३ रिलिज हुन बाँकी छ ।

गत बर्ष ४४ वटा फिल्म फ्लप भएको थियो भने यो बर्ष बढेर ८० पुगेको हो । गत बर्ष ९० वटा फिल्म रिलिज भएको थियो । रिलिज हुन बाँकी फिल्मलाई छोडेर रिलिज भएका फिल्म मध्येहरुबाट हामीले फ्लप ८० वटा फिल्मको लिस्ट प्रस्तुत गर्न गईरहेका छौं । औसत व्यापार गरेका फिल्महरु, लगानी सुरक्षित नजिक रहेका फिल्महरु, लगानी सुरक्षित मात्र गरेका फिल्महरु र नाफा गरेका फिल्महरु बाहेकका फिल्महरु जसले औसत व्यापार भन्दा कम अर्थात लगानीको ३५ प्रतिशत व्यापार पनि गर्न सकेन अझै भनु कतिपय फिल्मले प्रचारको पैसा पनि उठाउन सकेन, त्यस्ता फिल्महरुको लिस्ट सार्वजनिक फिल्मी फण्डाले गरेका छौं ।

रामकृष्ण बजगाई निर्देशित फिल्म स्वर्ग मेरो गाउँ २०७५ मा रिलिज पहिलो फिल्म हो । फिल्ममा भावना गुरुङ, अष्ट महर्जन र नरेन खड्का लगायतको मूख्य भुमिका रहेको थियो । फिल्म रिलिज भएको दुई दिनमै हलबाट आउट भएको थियो भने फिल्मले प्रचारको पैसा पनि उठाउन सकेन । यस्तै बैशाख १४ मा रिलिजमा आएको दुई फिल्म कोहलपुर एकसप्रेस र ह्यापि डेजले पनि प्रचारको पैसा भन्दा बढि कमाउन सकेन । कोहलपुर एक्सप्रेस नयिका केकी अधिकारीले निर्माण गरेका हुन् भने ह्यापि डेज मिलन चाम्सको फिल्म हो ।

यस्तै खगेन्द्र लामिछाने अभिनित डमरुको डण्डिवियो, गोपाल चन्द लामिछानेको लम्फु, एन वि महर्जनको हिरोज, सौगात विष्टको हैरान, अर्पन थापाको सुनकेशरी, प्रवेश पौडेलको अमेरिकन ब्वाईज, सफल केसीको हरी, किशोर भण्डारीको चंगा, टेके पौरखी राईको मट्टिमाला, सवीन श्रेष्ठ अभिनित ए सोल्टीनीलगायत फिल्महरु प्रचारको पैसा उठाउन मात्रै ठिक्क भयो ।

यस्तै शोभित बस्नेतको बाबुकान्छा, सुर्य बोहराको भैरे, अनुष्का रौनीयारको चक्कर, दिपक ओलीको पण्डित बाजेको लौरी, दिनेश श्रेष्ठको चि मुसी चि, बोमन कटुवालको झमक बहादुर, शवीर श्रेष्ठको कहिँ कतै, पुरन थापाको पिरिम प¥या छन्, रुपेश तामाङको जय शम्भु, प्रदिप श्रेष्ठको ब्ल्याक, सन्तोष सेनको मेरी मामु, भद्र भुजलेको साली कसको भेनाको, सत्य राज चौलागाईको अनुराग, संगीता श्रेष्ठको कथा काडमाण्डु, यस कुमारको छिरिङलगायत फिल्महरु पनि प्रचारको पैसा फिर्ता व्यापारमा सिमित भयो ।

यस्तै पुकार भट्टराईको गुन गुन, सुव्रत आचार्यको सुश्री सम्पत्ति, राज बहादुर सानेको डोली, प्रविण स्याङ्बोको कथा ७२, विप्लव उप्रेतीको जय श्रीधाम, निखिल उप्रेती अभिनित भिलेन, सुवास कोईराको गरुड पुराण, दिपशिखाको प्रेमलीला, राम शरण पाठकको सय कडा दश, महादेव त्रिपाठीको जादुगर जोक्कर, शुशान्त कार्की अभिनित रुमालै छ चिनोलगायत फिल्महरु पनि प्रचार सामाग्रीको पैसा फिर्तामै सिमित भयो ।

यता मनोज पण्डितको खाग, शवीर श्रेष्ठको बाँध मायाले, आकाश श्रेष्ठ अभिनित ड्रिमगर्ल, विषारद बस्नेतको मिस्टर भर्जिन, नरेश कुमार केसीको रोमियो एण्ड मुना, पेमा डोण्डुपको द म्यान फ्रम काठमाडौं, राज बहादुर सानेको विराङ्गाना, निरक पौडेलको प्रदिप खड्का अभिनित रोज, रेखा थापाको मालिका, बसन्त अधिकारीको जानी नजानी, भिषन राईको पुरानो बुलेट, दिपेन्द्र लामाको गोपि, गोविन्द सिंहको रणवीर, मुस्कान ढकालको समर लभ, सन्तोष बाबु लोहनीको शुभ लभ, अपिल विष्टको कागज पत्र, हेमराज बसिीको द ब्रेकअप लगायतका फिल्महरु पनि हल्ला बढि तर औसत व्यापारमा सिमित छन् । यी फिल्महरुले भने प्रचार सामाग्री पैसा फिर्ता गरेर पनि केही थप पैसा फिर्ता गरेका छन् । तर, फिल्महरु भने फ्लप नै हुन् । ३५ प्रतिशत भन्दा बढि रकम भने यी फिल्महरुले फिर्ता गर्न सकेनन् ।

यस्तै एक दिनमै वास आउट हुने अर्थात पानी पनि पिउन नपाएका फिल्महरुमा यादव कुमार भट्टराईको भोर, मनाङ्गे नानी, आयुष रिजाल अभिनित अफिसर, बेबी आई लभ यु, विकास बस्यालको तिमी हुन्छौं जहाँ जहाँ, दिपक लामाको चोखो माया, कल्यान अधिकारीको यो पागल मन, दिनेश पाख्रीनको टिनेज, गिरीश रिजालको रेनी, राजु गिरीको निर्जला, सुरेश उप्रेतीको दैलो, कुमार केसीको अनुग्रह, गजेन्द्र रञ्जीतको कोईला, दिनेश लिङ्गदेनको शान्ती, भिम लामाको गोल, उमेश गुरुङको जे सुकै होस्, अमर ओलीको आरोप, दि प्रकाश याक्सोको बैना, हरी उदासीको साथी तिमी नै हौं, मदन घिमिरेको ब्वाईफ्रेण्ड, नविन निरौलाको फिंगर प्रिन्ट, दिनेश लिङ्गदेनको अदालत, बाबु बलामीको एलान लगायत छन् ।

यी ७६ फिल्महरु ३५ लाख देखी माथि र १ करोड ५० लाख सम्मका बजेटमा निर्माण भएका फिल्महरु हुन् । सरदरमा सबै फिल्मको निर्माण बजेट ९० लाख दरले अनुमान गर्ने हो भने पनि ८० करोड माथिको लगानी लागेको देखिन्छ । यसरी नेपाली फिल्मको गुणस्तरलाई सबैले अपनाउन नसक्दा, बजार व्यवास्थापन नगर्दा र नेपाली बजार अनुसारको लगानीमा फिल्म नबनाउँदा बर्षौं करोडौं रुपैँया बालुवामा पानी सरह भईरहेको छ । यस बर्ष पनि ८० करोड भन्दा बढी लगानी बालुवामा पानी भएको देखिन्छ । साभारः समीर बलामी/फिल्मी फण्डा 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349