इ-नेपाल
देवराज दुलाल
नेपाली नया वर्ष २०७६ साल नजिकिदै गर्दा देश तथा विदेशमा बस्ने हामी नेपालीहरु २०७५ लाइ बिदाई गर्दै नया वर्षलाइ स्वागत गर्दैछौ। २०७५ सालमा जे -जति राम्रा नराम्रा काम भएपनि २०७६ सालमा केहि फरक र रोचक बनोस भन्ने चाहना सबैमा हुन्छ। नया वर्ष नजिकिदै गर्दा पक्कैनै सबैको मन एउटा हर्स उल्लासले भरिएको छ,सबैको मनमा नया वर्ष रमाइलोको साथ मनायौ भने वर्ष भरि रमाउन सकिन्छ भन्ने भनाइ हामीले सुन्दै आएका छौ। देश विदेशमा नया वर्ष मनाउने विविन्न कार्यक्रमहरु आयोजनाको तयारीमा भैरहेको छ, यसैगरि अस्ट्रेलियाको सिड्नीमा पनि अबन स्ट्रीट ग्यांग द्वारा नेपाली नया वर्ष भब्यका साथ मनाउने तयारी हुदै छ। सिड्नीमा रहेका नेपाली लोकल कलाकारहरु द्वारा बेजोड प्रस्तुति रहने यस कार्यक्रम, सिड्नीको अवन स्थित सफिरे फक्शन सेन्टरमा हुने भएको छ। इन्ट्री सुल्क कार्यक्रम रातिको १० बजे सम्म नलाग्ने रोशन खतिवोड़ाले जनाउनु भएको छ। थप जानकारीको लागि अबन स्ट्रीट ग्यांग संग सम्पर्क गर्न सक्नु हुनेछ।