eNepal

यसरी फस्यो सचिन अस्ट्रेलीया आउने बहानामा

दिनको दुई बज्नै लागेको थियो। एकाएक मोबाईलमा घण्टी आयो। काममा भएको बेला फोन खासै उठाउँदिन कामका देखि बाहेक। हतार हतार साउण्ड अफ गरे र पुन: काममा लागे। एकहोरो आएको फोनले गोजीमा घ्यार्र घ्यारे मात्र गरि रह्यो। एकैछिनलाई अफिसबाट बाहिर निस्के। थाहा थियो नेपालबाट कसैले गर्दैछ। पछि गरौला भन्दै ईन्कार्दै थिए। तर लगातारको फोनले मनमा शङ्का उव्जियो। कतै कसैलाई केही त भएन। राम्रा भन्दा पनि नराम्रा कुराहरु अगाडी आउने। हतार हतार फोन उठाएँ। फोन सचिनको रहेछ। 

उसको दाई र म साथी थियौ स्कुल देखिको। म साने भनेर जिस्काउँथे। सचिनको दाई यानिकी मेरो साथी अहिले ट्राभल एण्ड टुर्स चलाएर बसेको छ। भन्छ तैले जति पैसा त कमाएको छैन तर तँ जस्तो व्यस्त भएर दौडिएको पनि छैन। हुन पनि हो कहिले कता त कता घुम्दै रमाईलो गरेर घरको भात खाएर मोज गरेर बसेको छ। जिस्काउँदै भन्छ खै बेलामा गएको भए त हुन्थ्यो होला यसो कमाईन्थ्यो होला। अ्व बुढेसकालमा के जानु हो परदेश।

अँ साने कहाँबाट आज सम्झिस्। सबै ठिकै त छ नि। सबैलाई सन्चै त छ। सबैलाई सन्चै छ दाई, अलिक हतारो भए जस्तो गरि सुन्नु न दाई म पनि तपाईको देश अनि तपाई बस्ने शहरनै आउन लागेको। आउँदो बिहीबारको टिकट छ। कोठा बुझ्दी राख्नु होला अनि काम पनि मिलाई दिई राख्नु। म अक्क न बक्क परे। हैन तिमीले अस्ति भर्कर प्लस टु सकेको होईन र। अनि किन यति हतार गर्यौ त साने। दाई त्यस्तै भयो अव नेपालमा पढेर पनि खासै केही नहोला जस्तो बुझे अनि एउटा त्यस्तै आई पर्यो, लौ त नि बोरु भनेर हुईकिन आँटेको। 

अव मैले के त्यस्तो आई पर्यो, किन आउन आँटेको। अहिले नआएको भए हुन्थ्यो। एता काम पाउन गार्हो छ, सोचेको जस्तो छैन कलेजको फि तिर्न हम्मे हम्मे हुन्छ भनेर भने भने उ हेर्न आफु गयो, पैसा कमायो, ढलक्क परेर चिल्ला गाडीमा हिड्छ,टलक्क परेका फोटा हाल्छ अनि हामीलाई चाँही नआईज भनेर भड्काउँछ भन्छ भन्लानको पिर भनेर केही बोलीन। ए हुन्छ साने। म कोठा बुझि दिउँला। बोरु पैसा चाँहि अलिक धेरै बोकेर आउनु। दुईचार महिना थेग्ने गरि। फेरी महिना दिनमै नेपालबाट पैसा मगाउन पर्यो भने खासै मज्जा आउँदैन। यो चाँहि बिचार पुर्याएर आउनु। यति भनेर फोन राखे र आफ्नो काममा लागे मनमनै सोच्दै आजकालका भुराभुरी। ओठ निचोर्दा दुधनै आउँछ होला बिदेश जाने भन्छन्। पैसो कतिको फल्दो रहेछ आएर भोग्छ।

काम सकेर एक दुई जना साथीलाई फोन हाने। मेरो साथीको भाई आउँदै छ अर्को हप्ता कोठा छ भने बुझ्दि राख है भने ।नभन्दै भिषाको कारणले साथीसँग बस्ने एक जोडी तास्मानिया जान तयारी अवस्थामा रहेछन्। त्यहि कोठा ओगट्न लगाए। 

बिहीबार आयो। सानेलाई लिन एयरपोर्ट लागे। एयरपोर्ट जाँदा कोही न कोही चिनेको नेपाली पक्कै भेटीन्छन्। नभन्दै एकजना दाई साली लिन आएका रहेछन् ।अर्का दाई आमा बा लिन आउनु भएको रहेछ। धमाधम मान्छे निस्कन थाले। जुङ्गाका रेखी बसेका भाईहरु अनि भर्खर कोपीलाबाट फक्रने क्रममा रहेका बहिनीहरु एकहातले लगेज घच्चाट्दै अर्को हातमा ह्याण्ड क्यारी बोकेर आफ्ना मान्छेलाई दायाँ बायाँ हेर्दै थिए। सोचे आफ्नै बारेमा राम्रोसँग नबुझेका यि बिस एक्काईस बर्षका कलिला युवाले यहाँको यो दौडधुपको लडाई कसरि थेग्लान र खोई। किन यसरी हतार गरेर परदेशिएका छन्। प्रश्नहरुको उत्तर दिने ममा त सामर्थ्य थिएन। म केबल सानेको पालो कहिले आउँला र लिएर घरमा राखेर काममा दौडौला भनेर अलिक हतारोमा थिएँ। 

नभन्दै साने आयो ट्रलीमा लगेज घचाड्दै। परैबाट नमस्कार गर्यो। एकजना अपरिचीत केटीलाई वहाँ दाई भनेर चिनायो। उसले पनि नमस्कार त गरिनन् तर हाई चाँही भनिन्। मैले पनि हाई भने र ट्रली लिएर कार पार्क तिर लागे। करिब पन्ध्र मिनेटको दुरीमा थियो म बस्ने घर। लगेजहरु लिभीङ रुमको कुना राखि दिएर मेरो कोठा देखाई दिए। तिम्रो कोठा एउटा स्ट्रीट छोडेर जानु पर्छ। आज यतै बस। एकछिनमा भाउजु आउछ। खाना खाएर आज यतै रेस्ट गर भोली म्याट्रेसको बन्दोबस्त गरेर पकाउने सामान किनेर अनि जाउँला भनेर म कामको लागि जान तयार भए। बाहिर निस्केर सानेलाई बोलाए र सोधे को हुन नि ति नानी। उसले भन्यो दाई कथा लामो छ। पछि बिस्तारमा भनौला। अहिलेलाई यत्ति बुझ्नु होस् कि म उसको डिपेन्डेन्टमा आएको। पैसा धेरै मेरो परेको छ। 

लौ भाई सोच बिचार गरेर नै यत्तो ठुलो निर्णय गरेको हौला। पछि सबिस्तार गफ गरौला भन्दै म आफ्नो काम तिर हुँईकिए।

साँझ अबेर कामबाट फर्किए। रातभरिको थकान अनि अनिदो शरिर नयाँ देश अनि नयाँ परिवेश, बिरानो लागेर होला सुती सकेछन्।

बिहान सबेरै उठेर केही अतिआबस्यक सामानहरु किन्दिन बजार तिर लगिदिएँ। बजार भाउ सुनेर बेलाबेला जिब्रो निकाल्दै थियो। बैकमा लगेर खाता खोली दिए। ट्रेन चड्नलाई टिकट काट्ने ठाउँ अनि प्लेटफम एबाट सिटी जान्छ बि बाट यता आउँछ भनेर बुझाई दिएँ। बेला बेलामा लौ है दाई काम चाँहि बुझ्दि हाल्नु। ल्याएको पैसा त महिना दिन पनि नधान्ला जस्तो छ भन्दै अत्तालिएको जस्तो गर्दै सुनाउँदै थियो। सामानहरु किनि दिएर उसको बस्ने कोठामा पुर्याई दिए। मेरो साथीलाई चिनाई दिए र त्यहाँबाट बिदा भए।

समय बित्दै जान थाल्यो। कामको धपेडी अनि व्यस्तताले गर्दा भेटघाट खासै हुँदैन थियो। उही फोनमा कहिले काँही के छ खवर बुझिन्थ्यो। सबै ठिकै छ , काम खासै चित्त नबुझेको र राम्रो काम पायो भने बुझ्दिन आग्रह गर्थ्यो तर यहाँ राम्रो र चित्तबुझ्दो काम के रहेछ स्वम् मैले यतिका बर्षको अन्तरालमा नबुझेको अवस्थामा सानेलाई कसरी बुझाऔ म आफै रन्नभुल्लमा थिएँ। 

एकदिन फोनमा सोधे के तिमीहरु साँच्चै बिहे गरेर आएका हौ कि के हो। सानेले भन्यो त्यस्तै नै हो। अब गएर बिहे गर्ने। हतारमा यसो टिकाटालो गरेर आएको। ए ए तेसो भए ठिकै छ। खासमा अस्ट्रेलीया जाने कुरा भईरा थियो। एकजना काकीले एकजना बहिनी छिन् मिलेर गए सजिलो हुन्छ। पढ्नमा अव्वल छिन्। पैसा चाँही खासै छैन। मिल्छ भने मिलेर जाओ भन्नु भयो। मलाईनि खासै पढ्न रुची नभएको। कोहीपाए जाने थिए भनेर सोच बनाई रहेको थिएँ। पछि राम्रो भए बिहे गर्छु नभए पनि पिआर हात नपरिन्जेल चुपचाप बस्छु भन्ने सोच राखेर आएको भन्दै सुनाउन भ्यायो।

दिन बित्यो महिना बित्यो अनि बर्ष। एकाएक पातिलिदै गएको थियो भेटघाट अनि फोन सम्पर्क। लाग्थ्यो व्यस्त होलान काम कलेजले गर्दा। यस्तै हो सबैको दैनिकी। कसलाई पो फुर्सद हुन्छ गफ लगाएर बस्ने यहाँ। शनिबारको दिन थियो। पानी झमझम परिरहेको थियो। मेरो बिदाको दिन ओच्छ्यानमा मोबाईल चलाउँदै बसि रहेको थिए। म जस्ता धेरै नेपाली भने विकेन्डको पे बढि आउने भएर अक्सर काममै जान खोज्छन् बिशेष गरेर बिधार्थीहरु। सानेको फोन आयो।

फोनमा उ अत्ताली रहेको आभाष भयो। एकचोटी भेटौ न दाई एउटा सल्ला गर्नु छ भन्दै। म घरै छु आउन त भनेर फोन राखे। उ हतारमा घरनै आयो। दाई म आज एकदम अत्ताली रहेको छु। सबै पैसा हालेर आए। हेर्नु न म त बर्बाद भए। किन र के भयो। आज काममा जाँदा मोबाईल छोडेर गईछ। मोबाईल हेरेको त उसको अर्को कुनै केटासँग अफिएर रहेछ। लगभग बिहेको पक्का भई सकेको रहेछ।यहाँ आउनलाई केबल बहाना गरेकी रहेछ। अस्ती भर्खर कलेजको फि समेत मैले गएर बझाई दिएँ। आजकाल खासै राम्रो त थिएन। घरको तनाब होला भनेर मैले खासै चासो दिएको थिईन। तर कुरो अर्कै रहेछ। मलाई त केबल प्रयोग गरेर आफ्नो भविस्य बनाउन लागेकी रहेछ। अब म घरको न घाटको अवस्थामा पुगे। 

सायद कुरा बुझ्दा मसँग डिभोर्ष गरेर नेपाल गएर बिहे गरेर आफ्नो डिपेन्डेन्ट बनाएर ल्याउने तयारी छ जस्तो लागेको छ। अव म कस्लाई भनौ, कसलाई सुनाउँ यो कुरा। आफै चम्केर सबै पैसा हालेर आईोयो। हल्लै हल्लामा बास्तबिकता नबुझी हाम फालीयो।मलाई नि अस्ट्रेलीया जान थियो उसलाई लगानी गर्ने व्यक्ति। एक अर्काको आआफ्नै स्वार्थ रहेछ। त्यो अहिले थाहा भयो तर ढिला थाहा भयो। 

अस्ट्रेलीया भन्दैमा पैसै पैसा छ, फेशबुकका फोटा माथि ठुलो भरोषा अनि कन्सल्ट्यान्सीका गलत परामर्षले कैयौ युवा आझ बिचल्लीमा परेका छन् ।यसको दोष कसलाई दिने। स्वम् नबुझी रे को पछि हामफाल्ने युवालाई वा अरुलाई कि अर्काको देखासिकी गरेर पठाउन अभिप्रेरीत गर्ने अभिभावकलाई। छोरा छोरी कहाँ छन् भन्दा अमेरीका अनि अस्ट्रेलीया भनेर यत्रो गर्धन तेर्साउनु भन्दा अगाडी सहि परामर्श लिएर बुझेर पठाउँदा या आउँदा उचित हुन सक्छ अन्यथा सचिनको जस्तो कथा तपाईको नहोला भन्न सकिन्न ।

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349