eNepal

उभौली पर्व चन्डी नाँच आज मेल्बोर्नमा हुँदै

image

किराँत समुदायमा बिशेष गरेर मनाईने उभौली पर्व आज मेल्बोर्नमा मनाईदै छ।किराँत समाज भिक्टोरीयाले आयोजना गर्न लागेको यो पर्व बिरारुङ मार पार्क मेल्बोर्नमा दिउँसो १२ बजे देखी राती १० बजे सम्म हुनेछ। बिदेशी भुमीमा आफ्नो कला, सँस्कृतीलाई प्रबर्दन जगेर्ना गर्ने हेतुले हरेक बर्ष मनाईने गरिन्छ।

“परापुर्व कालमा किराँतहरु गर्मी र औलो जोरो छल्न पहाड,लेक तिर जाने गरेको र आफ्नो बाली नाली सप्रियोस र धन सम्पती मनग्य आर्जन होस भनेर आफ्नो पुर्खा र प्रकृतीलाई पुजा गर्ने गरेको भनाई रहेको छ”

image

हरेक बैसाख महिनाको बैसाख शुल्क पुर्णीमाको दिन मनाईने एक महत्वपुर्ण पर्वको रुपमा लिने गरिन्छ।किराँतहरुको पुरानो ग्रन्थ मुन्धुम अनुसार ३६५ दिनको बर्षलाई दुई भागमा बाँडेर उभौंली र उधौली मनाईने गरिएको छ जसलाई प्रकृतीसँग जोडीएर चराचुरुङ्गीहरु बसाई सर्ने समयलाई यस पर्वसँग जोडीएको पौराणीक कथा रहेको छ। परापुर्व कालमा किराँतहरु गर्मी र औलो जोरो छल्न पहाड,लेक तिर जाने गरेको र आफ्नो बाली नाली सप्रियोस र धन सम्पती मनग्य आर्जन होस भनेर आफ्नो पुर्खा र प्रकृतीलाई पुजा गर्ने गरेको भनाई रहेको छ।

“राईहरुको पुरोहित जसलाई नाक्चोङ भनिन्छ उनीले चुला पुजा गरेपछि सुरु हुन्छ यो पर्व। चोखो थानमा भालेलाई पुजा गरेर बिधीवत रुपमा पुजा गरेपछि नाक्चोङले नाँच्नको लागि ईसारा दिए पछि चन्डी नाँच शुरु हुन्छ”

किराँतहरुमा आफ्नो पुर्खाहरु रिसाए भने अशुभ हुन्छ र अनिस्ट हुने भएकाले आफ्ना पुर्खा र प्रकृतीलाई खुसी बनाउन हरेक बर्ष दुई चोटी एकै पर्व उभौली र उधौलीका रुपमा मनाईने गरिएको छ।नेपालको ईतिहासलाई हेर्ने हो भने नेपालको पहिलो राजा यलम्बर रहेको र उनको राज्य पुर्बी नेपालको रहेको भनाई छ। दुई राज्य अरुण नदीको वारी वल्लो किराँत र पारी पल्लो किराँत रहेको कथन छ। अरुण नदी नेपालको पुर्बी भागमा अवस्थित रहेको छ। त्यसैले पनि नेपालको पुर्वी मेची र कोसी अंचलमा किराँतहरुको बढि बाहुल्यता रहेको छ।

“चोखो थानमा भालेलाई पुजा गरेर बिधीवत रुपमा पुजा गरेपछि नाक्चोङले नाँच्नको लागि ईसारा दिए पछि चन्डी नाँच शुरु हुन्छ”

यो चाडसँग जोडीएर नाँचिने चण्डी नाँच नेपाली समुदायमा एकदम लोकप्रीय रहेको छ। आफ्नो मौलीक भेषभुषा लगाएर बिभीन्न उमेरका मानिसले हातमा हात मिलाएर गोलाकारमा सोई ढोल सोई अर्को ढोले खै भन्दै हातमा ढम्फु र झ्याम्टा लिएर नाँच्ने गरिन्छ जसमा केटाहरुका अगुवालाई सिलीमाङ्पा भनिन्छ भने केटीहरुको अगुवालाई सिलीमाङमा भनिन्छ। राईहरुको पुरोहित जसलाई नाक्चोङ भनिन्छ उनीले चुला पुजा गरेपछि सुरु हुन्छ यो पर्व। चोखो थानमा भालेलाई पुजा गरेर बिधीवत रुपमा पुजा गरेपछि नाक्चोङले नाँच्नको लागि ईसारा दिए पछि चन्डी नाँच शुरु हुन्छ।यो नाँच हाँस, धोबी चरा, कल्चुँढ, मृग र कस्तुरी मृगको पाईलाको ईसारामा नाच्ने गरिन्छ र नाक्चोङला आफ्ना पुर्खाहरु कसरि दुध कोशी, तामा कोशी र सुन कोशी तर्दै अन्त्यमा दुध कोशीको किनारामा आएर बसोबास गर्न थाले भन्ने कथा नाँचको चालसँगै भन्ने गरेको पाईन्छ।

image

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349