अस्ट्रेलीयाको भिषा लाग्दैमा भोजनै खुवाउन जरुरी छैन

रवि तिन महिना देखी कहिले कन्सल्ट्यान्सीको फोन आउला, भिषा लागेको खवर सुनिएला भनेर ब्यग्र प्रतीक्षामा थियो।साथीहरुले पनि हैरान बनाएका थिए कहिले ट्रिट दिन्छस् भनेर। सबैलाई उसले पहिला भिषा लागोस् न अनि ट्रिट त दिई हाल्छु नि भनेर थम्थमाएर राखेको थियो। सबै मुख वाँ गरेर बसेका थिए पाटी खानलाई। 

ढाड सेकिने गरि ऋण लिएर रवि अस्ट्रेलीया जान लागेको थियो। उसले सुनेको थियो पैसा  मज्जाले कमाईन्छ रे। हो यहि रे ले आजकाल धेरै नव बिधार्थीहरु सोचे अनुरुप नपाउँदा तनाबमा झेलिनु परेको छ। डिप्रेसनको शिकार बनेका घटना मनग्य छन्। 

घरमा घुर्की लाएर बाउ आमालाई दङ्गाएर खाएको जस्तो छैन बिदेश। काम पढाई अनि आफु बस्ने खर्चको अलाबा नेपालको ऋणले हर बखत पोली रहन्छ। भन्ने बित्तिकै काम पाईन्न। अझ सिधै भन्दा कोहीले भनसुन नगरी काम पाउने त चान्सले मात्र हो। काम पाउन कसैले भन्दिनु नै पर्छ। काम खोज्दा खोज्दा आजित होईन्छ। कलेज पनि जानै पर्यो। घरखर्च पनि चलाउनै पर्यो। नेपालबाट ल्याएको पैसाले कतिनै पो थेग्थियो र। पाईला पिच्छे खर्च हुन्छ। 

त्यसैले भिषा लाग्दैमा कुनै पहाड खसी हालेको छैन। डलरको रुखमा पैसा टिप्न जान लागेको पक्कै होईन। जिन्दगीले पुरै तिनसय डिग्रीको टर्निङ गरि हालेको छैन्। जाने बित्तिकै कोही काका मामाले काम खोजेर ठिक्क पारिदिएको पनि छैन। पुरै मालामाल हुने जसरि, के के न भयो जसरि, अब जिन्दगीनै फिलीली हुने जसरी पहिलै ऋणले ढाढ सेकि सकेको बेला फेरी ऋणको भारी थप्न दुनियाँलाई भोज खुवाई राख्न कुनै जरुरी छैन। बोरु त्यो भोज खुवाउने पैसा ल्याए थप एक महिना बोरु यता बस्न सहज हुन्छ। बिचार गर्नु होस्।अनि आफ्नो जिवनलाई सहज बनाउनु होस्।