eNepal

मेल्बोर्नमा मुक्तक संग्रह ” गुराँसहरु पलाँसहरु ” पस्कदै सुशील चालिसे

अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत मेलबोर्न शहरमा 7 EPIC Entertainment को आयोजना तथा मेल्बोर्न कम्युनिटी वेस्ट पश्चिमको संयोजनमा मुक्तककार सुशील चालिसेको पहिलो कोशेली मुक्तक संग्रह गुराँसहरु पलाँसहरु पुस्तक बिमोचन समारोह यहि आउँदो शनिबार ०७ जुलाईका दिन बिहान ११ बजे 495 Lygon Street , Brunswick East VIC 3057 मा अबस्थित साईप्रस सामुदायीक भवनमा हुन गइरहेको छ। उक्त कार्यक्रममा यहाँ अबस्थित विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरुद्वारा चालिसेद्वारा लिखित पुस्तक एक समारोहका बीच बिमोचन गर्ने कार्यक्रम रहेको छ। सो  बिमोचन समारोहलाई मेलबोर्न भिक्टोरियामा बिगत लामो समय देखि सेवा प्रदान गर्दै आएका नेपाली समुदाय बीच चिरपरिचित BMW Educational Consultancy , Melbourne ले प्रायोजन गर्दै छ।

हाल मेलबोर्न अस्ट्रेलियामा स्थाई रुपमा बसोबास गर्नु भएका मुक्तककार सुशील चालिसे नेपालको भक्तपुर कटुन्जेमा जन्मिनु भएको हो। बिधार्थी जीवनकाल देखि नै साहित्यका विभिन्न विधामा कलम चलाउदै आउनु भएका चालिसे नाताले बरिस्ठ साहित्यकार स्व. चक्रपाणी चालिसेका नाति हुनुहुन्छ जसले नेपालको पुरानो रास्ट्रीय गानका  साथै अन्य धेरै साहितिक विधामा आफ्ना  रचना पुस्तकहरुका रुपमा प्रकाशित गर्नु भएको थियो। विदेशको बसाइ संगै उहाले आफ्नो लेख्ने कलालाई भ्याएसम्म निरन्तर रुपमा कलम चलाउन प्रयाशरत हुनुहुन्छ। उहाँको यस मुक्तक संग्रहमा समाजका विभिन्न बिषय बस्तुलाई समेटेर आफ्ना भावनाहरु मुक्तकका रुपमा पोख्नु भएको छ।  यसरी विदेशको ब्यस्त समयका बाबजुत पनि आफ्नो नेपाली साहित्यलाई उजागर गर्दै आउनु भएका मुक्तककार सुशील चालिसे जस्ता साहित्यकारहरुको साथमा साथ् र थप हौसला मिलोस भन्ने अभिप्रायले यो कार्यक्रम आयोजना गर्न पाउदा खुशीका साथै गर्व महसुश भएको कार्यक्रम आयोजक तथा प्रायोजकहरु बताउनुहुन्छ। 

उक्त कार्यक्रममा बेचिएका पुस्तकहरुबाट उठेको रकमको ५०% प्रतिशत मेलबोर्न भिक्टोरियामा अबस्थित नेपाली बालबालिकाहरुका लागि सामाजिक कार्य संचालन गर्दै आएको न्याभ बाल चौतारी पश्चिमलाई हस्तान्तरण गरिने मुक्तककार सुशील चालिसेद्वारा व्यक्त गर्नु भएको छ।  त्यसैले धेरै भन्दा धेरै नेपाली समुदायहरु यस कार्यक्रममा उपस्थित भएर बाल चौतारीलाई बढी भन्दा बढी टेवा मिल्ने आयोजकहरुले आशा ब्यक्त गर्नु भएको छ। साथै यस कार्यक्रममा साहितिक विधामा रुचि राख्नु हुने सम्पूर्ण नेपालीहरुले आ-आफ्ना रचना बाचन गर्न इक्छुक हुनुहुन्छ भने ०४ जुलाई  सम्ममा आयोजक कमिटिलाई सम्पर्क गरि आफ्नो नाम दर्ता गर्न सक्नु हुनेछ। कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई कार्यक्रम समापन पश्चात खाजाको व्यबस्था रहेको पनि आयोजकहरुले जानकारी गराउनु भएको छ। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349